ट्रेंडिंग:

>> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा

यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

सुर्खेत, १७ मंसिर ।

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा निर्वाचित आठ जना जनप्रतिनिधिमध्ये माओवादीले दुई स्थानीय तहको उम्मेदवार जितेको छ भने एउटामा अग्रता लिएको छ । आइतवार भएको उपनिर्वाचनबाट नेकपा एमाले र काँग्रेसका उम्मेदवार दुई÷दुई स्थानमा विजयी भएका छन् भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एउटा स्थानीय तहमा विजयी भएका छन् ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार एक सय २७ मत ल्याउँदै विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुईहजार ६ सय ७५ मतल्याए । त्यस्तै, नेकपा माओवादी केन्द्रका जंगबहादुर बराल मगरले ८ सय ४२ मतप्राप्त गरे । यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ दुईहजार नौ सय ७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने चार हजार दुई सय ७२ मतका साथ विजयी भएकी हुन् । उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई पराजित गर्दै विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ । आज दिउँसोसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले चार सय ७७ मतसहित अग्रता लिएकी हुन् । एमालेकी उम्मेदवार जाना शाहीले चार सय ३ र नेपाली कांग्रेसकी सविता बुढाले तीन सय ४८ मत पाएकी छन् । यस्तै राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले पाँच मत पाएका छन् ।

दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनी पााँच सय ७४ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कांग्रेसबाट रेशमबहादुर शाहीले ५ सय ७१ मत ल्याएका छन् भने माओवादीबाट ढकेन्द्र शाहीले दुई सय ७८ मत मात्रै ल्याए । यहाँ रास्वपाले ५३, नेमकिपाले ४, राप्रपाले १३ र ३३ मत बदर भएका छन् ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले पाँच सय ९० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले चार सय ३७ मत ल्याए । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए ।

जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट खम्बबहादुर सिंह तीन सय ४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले तीन सय ३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले दुई सय ५२ मत ल्याएका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का नरबहादुर झाक्री विजयी भएका छन् । उनी एक सय ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले एक सय १६ र नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत पाएका छन् ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्वर चारमा नेमकिपाका खड्गराज शाहीले एक सय ४३ मतका साथ विजय हासिल गरका छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी नैसोभा शाहीले एक सय १५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?