© २०२३
भैरहवा–
केही सातायता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्दै आएको कतार एयरवेजको उडान स्थगित गरेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत् दोहा–भैरहवा–काठमाडौं–दोहा रुटमा दैनिक एक व्यवसायिक उडान गरिरहेको थियो ।
कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्नक लागि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । विमानस्थलका अनुसार त्यसपछि उसले अनुमति लिएको छैन । ‘पहिला लिएको अनुमती सकिएको छ । फेरि अनुमत िनलिँदा आइतबारदेखि उडान रोकिएको हो’, विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले भने ।
भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न ईमेल मार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडान रोकिएको हो’, उनले भने ।
उनले आफूहरुले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए । ‘कतार एयरवेजले अनुमति लिँँदा ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर कार्तिक २७ गते देखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको थियो’, उनले भने, ‘उक्त समयावधिको अनुमति लिँदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो । तर, अहिलेसम्म थप अनुमतिको लागि प्रस्ताव गरेको छैन ।’
उक्त समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एशियाले नियमित उडान भर्दै आएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तत्काल सरकारले कतार एएरलाई नियमित गर्न पहल गर्नुपर्ने बताए । कतार एयरले उडान सुरु गर्दा पर्यटन क्षेत्रमा उत्साह जागेको थियो । तर, उडान रोक्दिा पुन्ः चिन्ता थपिएको छ । सरकारले तत्काल पहल गरेर पुनः उडान सुरु हुनुपर्छ भन्ने हाम्रो माग छ’, उनले भने ।