ट्रेंडिंग:

>> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
रोटरी क्लब अफ बुटवल चार्टर नाईट

दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल, १८ मंसिर ।
रोटरी क्लब अफ बुटवलको ३२ औ चार्टर नाईट आईतबार सम्पन्न भएको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै दिगो र प्रभावकारी परियोजनामा काम गर्न आग्रह गरे । नेपालका धार्मिक पर्यटकिय क्षेत्रका रूपमा लुम्बिनी देखि कोरला नाका जोड्ने गरि प्रचारका अभियान ल्याउन चाहेको बताए । बुटवलले नेतृत्व गरेर छिमेकी पालिकाहरूसंग साझा मुद्दाका बारेमा छलफल गर्न चाहेको बताए । यस क्षेत्रमा रहेका सामाजिक संघसंस्थासंग सहकार्यको प्याकेजमा पालिका जान चाहेको बताए । समुदायको समस्या पहिचान गरि शिक्षा, स्वस्थ्यको लागि सहकार्य गर्ने गरि पटकपटक आग्रह गरेको बताए । नगरमा सार्वजनिक शौचालय आवश्यकता भएको भन्दै देखाउने र प्रचारको लागि भन्दा पनि दिर्घकालिन हुने गरि परियोजना चाहेको भन्दै यो अवधारणामा सहकार्य रोटरी क्लबसंग चाहेको बताए । ‘एउटै कामबाट नै दिगोपन हुने काम गरौ ।’—उनले भने । नगरको उज्यालो, हरियाली, सरसफाई, छाडाचौपाया, सुरक्षा लगायतको विषयमा सहकार्य गर्न चाहेको उनले बताए । विद्यालयमा लर्निङ बोर्ड स्थापनाको तयारी गरिरहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले क्लब स्थापनाको स्मरण गर्दै चार्टर सदस्यको अनुभव बताए । रोटरी सेवा र नेतृत्व विकासमा काम गर्दै आएको बताए । रोटरीले सम्बन्ध बिस्तारमा समेत महत्वपुर्ण काम गर्न सफल भएको उनले बताए । शिक्षा, स्वस्थ्यमात्र नभई रोटरी समुदायमा धेरै महत्वपुर्ण काम गर्न सफल भएको उनले बताए।तिलोत्तमाको मगरघाटमा सेमी ईलेक्ट्रिकल शवदाह गृहको नमुना काम अन्तिम चरणमा पुगेको उनले बताए । छिमेकी स्थानीय पालिकासमेत अब अब विकास र सौन्दर्यकरणमा लाग्नुपर्ने उनले बताए ।कार्यक्रममा पुर्व डिजि राजेन्द्र ध्वजुले रोटरी बुटवल डिष्ट्रिकमा नै ईतिहास बनाएको भन्दै नया ढंगबाट कामहरू गर्दै आएको बताए । आरआईको लक्ष्य भेट्ने गरि काम डिष्ट्रिकका क्लबहरू लाग्न आग्रह गरे । क्लबबाट भएका गतिविधिहरूलाई रिपोर्टिङ, अपडेटलाई समेत ध्यान दिनुपर्ने आग्रह गरे ।

क्लबका अध्यक्ष प्रज्वल थान्जुले सामुहिक र दीर्घकालिन परियोजना प्राथमिकतामा राखेको बताए । यस क्षेत्रका रोटरी क्लबहरूबिच संयुक्त बैठक बसेर दिर्घकालिन परियोजना ल्याउने तयारी रहेको उनले बताए । बुटवलका ३ स्थानमा स्थानीय पालिकासंग समन्वय गरि सार्वजनिक शौचालय निर्माणको तयारी रहेको छ । क्लब अन्तर्गत ३ वटा आरसिसि भिलेजहरूमा समेत काम गदै आएको उनले बताए । रोटरी क्लब अफ गोरखपुर सिस्टर क्लबसँग समन्वय गरि शिक्षा क्षेत्रमा सहकार्य गर्ने तयारी रहेको छ ।

कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ पि का डिजि पुरुषोत्तम प्रधानाङ्ग, रोटरी क्लब अफ गोरखपुर मिट टाउनका अध्यक्ष डा. सुधिर अग्रवाल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष दुजेन्द्र बस्नेत, क्लबका संस्थापक सदस्य पुर्व अध्यक्ष मनोहर श्रेष्ठले रोटरी पोलियो न्युनिकरण अभियानमा थालेका छन ।
यसैबिच क्लबका पूर्वअध्यक्षहरूद्वारा स्थापना गरिएको आठ वटा अक्षयकोषहरूबाट ९ जना तथा एक जना उत्कृष्ट पत्रकारीता पुरस्कारबाट बुटवल टुडे अनलाईनका सम्पादक लक्ष्मण पौडेललाई पुरस्कृत गरिएको छ । डिल्लिकुमार श्रेष्ठबाट स्थापना गरिएको अक्षयकोष आरसि बसन्तपुरका फुलबारी आधारभुत विद्यालयका रिजन बिक, करण थारु, यसैगरि आरसिसि भाटाका दुर्गा भवानी स्कुलकी जमुना थापा, सान्ची जैसवाल, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका सोनिया थारु, अनुस्का थारु, सिद्घार्थ गौतम बुद्ध कलेजमा कक्षा ११ मा अध्यरत पुष्पा नेपाली, पुर्व अध्यक्ष जिवकान्त काफ्लेबाट स्थापना भएको पूर्ण ओभी अक्षयकोषबाट १० हजार रूपैया नवरत्न विद्यालयमा अध्ययरत निशु कार्की र अनुभा चौधरीलाई ५—५ हजार रूपैया बराबरको रकम हस्तान्तरण गरिएको सहसचिव छबिन्द्र भटटराईले बताए । यसैगरि कार्यक्रममा संस्थाका संस्थापकहरू, पुर्व अध्यक्षलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?