ट्रेंडिंग:

>> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी

जहाँ भयो ‘निजी क्याम्पस मर्ज’

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल, १८ मंसिर ।
देशभर क्याम्पसस्तरमा विद्यार्थीको अभाव छ । कक्षा १२ उत्र्तीण गरेपछि अधिकांस विद्यार्थीहरू विदेश पलायन हुँदा क्याम्पसस्तरमा विद्यार्थीको संख्या न्यून हुने गरेको छ । प्राविधिक धारका सरकारी निकायबाट सञ्चालन भएका कतिपय स्नातक र स्नातकोत्तर तहका अध्यापन हुने क्याम्पस बन्द हुने अवस्थामा छन् । तर रूपन्देहीको एउटा क्याम्पसमा भने बन्द हुने अवस्थामा रहेको निजी स्तरबाट सञ्चालित क्याम्पस मर्ज भएको छ । निजी स्तरबाट सञ्चालनमा रहेको क्याम्पस सामुदायिक स्तरको क्याम्पसमा मर्ज भएको संभवत यो रूपन्देहीमा पहिलो घटना हो ।

त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त देशको सबैभन्दा कान्छो क्याम्पसको रूपमा रहेको ‘बुटवल कालिका क्याम्पस’ ले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ चाँदबारीमा सञ्चालनमा रहेको अन्नपूर्ण मोडल कलेजका सबै कार्यक्रमहरू बुटवल कालिकामा संचालनमा हुँदै आएका छन् । केही बर्षसम्म सोही क्याम्पसको नामबाट परिक्षा फारम, भर्न लगायत सबै प्रशासनिक काम गर्दै आएको क्याम्पसले एक बर्ष देखि पूर्ण स्वामित्व नै कालिका क्याम्पसको मातहतमा ल्याएको हो ।

स्नातकतर्फ शिक्षा शास्त्र तर्फ विएड, नेपाली, गणीत, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या अध्यापन हुँदै आएको अन्नपूर्ण मोडल कलेजका कार्यक्रम कालिकाको मातहतमा आएका हुन । यस्तै विए तर्फ अंग्रेजी र समाजशास्त्र, स्नाकोत्तर तर्फ ग्रामिण विकास र अंग्रेजी विषय पनि कालिका मातहतमा सञ्चालनमा रहेका हुन । विएएसडब्लु तर्फ सोसल वर्क विषय पनि अध्यापनमा आएकोमा कालिका क्याम्पसको मातहतमा आएको छ । यस्तै स्नाकोत्तर तह तर्फ आरडी (ग्रामिण विकास) को पनि कालिका क्याम्पसको मातहतमा आएको बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले जानकारी दिए ।

त्रिभुवन विश्व विद्यालयबाट वि.सं. २०७० सालमा तत्कालिन कालिका माविको कक्षाकोठा, उपकरण, फर्निचर भौतिक सामग्रीको प्रयोग गरि विविएस कार्यक्रमबाट बुटवल कालिका क्याम्पस सुरुवात भएको थियो । यसको अलवा बुटवल कालिका क्याम्पसका व्यवस्थापन समूह तर्फ फाईनान्स, मार्केटिङ्ग, एकाउन्टेन्सी, स्माल विजनेश, प्रोजेक्ट म्यानेजमेन्टका कक्षा सञ्चालन छन्  भने विसीए तर्फ आईटी कोर्स सञ्चालनमा रहेका छन् ।

वि.सं. २०७५ सालमा बुटवल कालिका क्याम्पसले बीसीए कार्यक्रम सुरुवात गरेको थियो । यस्तै वि.सं. २०७७ सालमा आफ्नै भवन निर्माण गरेर बुटवल १० रामनगरमा सामुदायिक क्याम्पसको रूपमा क्याम्पस सञ्चालित रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त बुटवल कालिका क्याम्पस देशकै कान्छो क्याम्पस हो । सुरुवाती दिनमा ३४ जना विद्यार्थी भर्ना भएर सुुरुवात भएकोमा अहिले ३ हजार ९ सय ३६ जना विद्यार्थी क्याम्पसमा अध्यापन रहेको विद्यालयका सहायक क्याम्पस प्रमुख महेश पाण्डेले जानकारी दिए । अहिले गुणस्तर सुनिश्चिता प्रत्यायन (क्युएए) को प्रक्रियामा रहेको यो क्याम्पसले प्राप्त पछि विएससी सीएआईटी, बिबिए, बीएचएम, एमबीएसका कक्षा थप गरी सुरुवात गर्ने योजना बनाएको छ । पूर्णरूपमा प्रविधिमैत्रीरूपमा अध्यापन हुँदै आएको यो क्याम्पसमा विद्यार्थी तथा शिक्षक, अभिभाव सबैको अवस्थाबारे जानकारी दिने, पहुँच पु¥याउने गरी सफ्टवेयर जडान गरिएको छ । यस्तै वि.स. २०८० को बीबीएस तर्फ पहिलो बर्षमा परिक्षाफलमा बुटवल कालिका क्याम्पसका विद्यार्थी नेपाल प्रथम भएका थिए । क्याम्पसले युजिसीबाट डिजिटलाइजेसन शीर्षकमा ४० लाख ५० हजार रूपैयाँ समेत प्राप्त गरेको छ । यस्तै क्याम्पसले आर्थिक बर्ष २०८०/८१ मा १ हजार २ सय १५ जना विद्यार्थीलार्य पूर्ण छात्रवृत्ती समेत प्रदान गरेको छ । क्याम्पस प्रमुख पाठकले भने–‘शिक्षक, विद्यार्थी, अभिभावकसैको साझा पहलबाट हामी नतिजामा अब्बल भएका छौं । ’
क्याम्पस सञ्चालक समितिका अध्यक्ष होम बहादुर गलामीले क्याम्पस स्थापनाको लागि आफ्नो नीजी जग्गाधानी पुर्जा राखेर बैंकबाट कर्जा लिएर सञ्चालकहरूले सुरुवात गरेको क्याम्पस सबैको साथ र सहयोगबाट नमुना बन्दै गएको बताए । उनले भने–‘यो सबैको साथ र सहयोगबाट संभव भएको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?