ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

फूलबारीमा ‘छायाँ दरबार’

आर्थिक वर्ष २०८०/२०८१ मा कुल ६ लाख ९९ हजार ३ सय ९४ जना पर्यटक भित्रिएका छन जसमा साधारण ७० प्रतिशत र भारतिय १०.५ प्रतिशत पर्यटक रहेका छन् ।
३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

बुटवल, ३० कार्तिक ।
सामरिक र पर्यटकिय स्थल फूलबारीको रूपन्देहीको उत्कृष्ट गन्त्ब्यका रूपमा चिनिन्छ । कुनै बेला ऐश्वर्य पार्कबाट संरक्षणको काम अघि बढेको यो पर्यटकिय स्थल पछिल्लोसमय लुम्बिनी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्त्ब्य बन्न सफल भएको छ । यसको ईतिहास केलाउँदा यो सामरिक महत्वको स्थल रहेको प्रमाण भेटिन्छ । मणिमुकुन्द सेनको शितकालिन दरबार रहेको पुरातत्व कार्यालयबाट प्रमाणित भएपछि यसको गरिमा बढेको पाउछौ । त्यसपछि मणिमुकुन्द सेन उद्यान संरक्षण समिति गठन गरि विकास र संरक्षणको काम अघि बढेको पाउँछौ ।

शान्त, सुन्दर पार्कमा पर्यटकहरू रमाउने गर्दछन । यहाँ आन्तरिक साथै बाह्य पर्यटक समेत भित्रने गर्दछन । यो उद्यान अधिकाश पर्यटकको पहिलो रोजाईमा पर्ने गर्दछ । नाम अनुसार पनि यसलाई फूलहरूको बारी र सामरिक महŒव झल्काउने गरि दरबार संरक्षणसमेत अघि बढाइएको छ ।

भग्नावशेष सेन वंशिय दरबार कसरी संरक्षण गर्ने भन्ने विषय अहिलेको मुख्य चुनौती भएको ईतिहासकार बिमल बहादुर शाक्य बताउँछन । पूर्खाको पौरखका रूपमा रहेको यो दरबार नयाँ पुस्तालाई बुझाउने गरि संरक्षण जरुरी रहेको उनले बताए । ‘पुरातत्वबाट स्वीकृति लिएर सेन वंशिय दरबारको झल्को दिने गरि नजिकै छायाँ दरबार उत्तम बिकल्प हो ।’ उनले भने ।
छाया दरबारलाई संग्राहलयको रूपमा विकास गर्ने र तत्कालिन समयमा युद्धमा प्रयोग भएका सामग्रीहरू प्रदर्शन गर्ने योजना सरकारबाट बनाउनुपर्ने उनी सुझाव दिन्छन । सम्पदामा धनि पुरानो बटौलीलाई संरक्षण र विकासमा तीन तहकै सरकारबाट आवश्यक पहल जरुरी रहेको उनले बताए ।

यता मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले देशकै आर्थिक विकासमा पर्यटनको बिकल्प नरहेको बताए । ‘हाम्रो क्षेत्रमा रहेका पर्यटकिय गन्तब्यलाई आकर्षण र पर्यटकमैत्री बनाउने गरि काम गरिरहेका छौ ।’—उनले भने । मणिमुकुन्द उद्यानको विकासमा दिर्घकालिन र अल्पकालिन योजना बनाएर क्रमवद्ध रूपमा अघि बढेको उनले बताए । पुरातत्व विभागबाट स्विकृति र आवश्यकता बिना दरबार क्षेत्रमा उत्खनन गर्न नपाउने ब्यवस्था रहेको तर्क दिदै यसको संरक्षणमा संघ सरकारको विशेष चासो बढाउने गरि काम भएको उनले बताए । ‘छाया दरबार संग्राहलयको आवश्यक प्रक्रिया पुर्याएर डिपिआर गर्ने योजना छ ।’—उनले भने । दिर्घकालिन रूपमा दरबारको झल्को दिने गरि नमुना दरबारको योजना प्रस्ताव (२० करोड) बराबरको प्रदेश र नगरपालिमामा लगेको छ । विद्यार्थीहरूलाई लक्षित गरि तारामण्डल निर्माण (डेढ करोड बजेट), बोटानिकल पार्कको रूपमा विकास गर्ने, एनिमल कर्नललाई जोलोजिकल कर्नलका रूपमा अध्ययनको केन्द्रका रूपमा विकास गर्ने, पार्कभित्र हस्पिटालिटी दिने गरि आकर्षक रेष्टुरेन्ट चलाउने, मुनामदन बाटिकालाई थप आकर्षक बनाउने गरि अघि बढाउने योजना रहेको छ ।

उद्यानलाई सौन्दयीकरणको काम अघि बढेको उनले बताए । एक वर्षको अवधिमा २७ हजार ५ सय स्क्वयर फिट एरियामा हरियाली दुबो लगाउने काम सम्पन्न भएको र भविष्यमा बोटानिकल गार्डेनको अवधारणालाई अध्ययन अघि बढाएको उनले बताए । यसैगरि फुलबारीमा पर्यटन महोत्सव, दरबारमा नाट्यशाला प्रदर्शनका कार्यक्रम समेत अघि बढाउने लक्ष्य रहेको उनले बताए ।

बुटवल उपमहानगरपालिकाले बुटवल वडा नं. १ र २ को विकासमा यो वर्ष ७ करोड रूपैया बजेट बिनियोजना गरेको छ । पारी बुटवलको जितगढी किल्ला, वडा कार्यालय, बाघभैरव मन्दिर, युद्घ संग्राहलयको क्षेत्र निमार्ण पुरा गर्न बजेट बिनियोजन गरिएको उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय बताउछन । पुरातत्व विभागसंग समन्वय गरेरमात्र सेन वंशिय दरबारको काम अघि बढाउन उनले सुझाव दिए । ‘यसअघि भएका कमिकमजोरीका कारण कठिनाइ उत्पन्न भएको छ ।’—उनले भने । मणिमुकुन्द उद्यान परिसरमा जेष्ठ नागरिकलाई लक्षित गरि सन्चोबिसन्चो घर, परम्परा, संस्कृति नया पुस्तामा हस्तान्तरण हुने गरि कुडुले घर निर्माणमा समेत सहयोग भएको उनले बताए ।

उद्यानका महासचिव युवराज घिमिरेले आर्थिक वर्ष २०८०/२०८१ मा टिकट काटेर ५ लाख ४९ हजार ३९४ जना र बिना टिकट १ लाख ५० हजार जना गरि कुल ६ लाख ९९ हजार ३ सय ९४ जना प्रवेश गरेको बताए । साधारण ७० प्रतिशत र भारतिय पर्यटक १०.५ प्रतिशत रहेको उनले बताए । उद्यान सम्बन्धि स्पष्ट नीति नियम अभाव सबैभन्दा चुनौती रहेको उनले बताए । आगामी १५ वर्षको अवधिमा बुटिक पार्कको रूपमा विकास गर्ने र प्राकृतिक सौन्दर्यलाई जोड दिने गरि विकास गर्ने योजना रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?