© २०२३
दाङ,१७ मङ्सिर ।
घोराही-तुलसीपुर सडकखण्ड अबरुद्ध गरिएको छ । शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १८ बिजौरी डाँडाँगाउँमा रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुँदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर -१८ दुधरास निवासी ३२ बर्षिय ईन्द्रा थापा रोकाय घाइते भएकि थिइन् ।
उनको उपचारको क्रममा नर्सिङहोम बाँकेमा मृत्यु भएपछि पीडितहरुले आज सोमवार दिउँसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन्। चलकको लापरवाहीका कारण बस दुुर्घटनामा रोकायको मृत्युुभएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेको अस्थाइ प्रहरी पोष्ट बेलझुण्डीका इन्चार्ज मानबहादुर चौधरीले जानकारी दिए ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको मृतकका श्रीमान बहादुर रोकायले बताए ।