ट्रेंडिंग:

>> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास

होटल पौवा र एति एअरबीच सम्झौता

१८ मंसिर २०८१, मंगलवार
१८ मंसिर २०८१, मंगलवार

बुटवल, १८ मंसिर ।
नेपालका बिभिन्न स्थानहरूमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको प्रोमो कोड प्रयोग गरेर यति एयरलाइन्सको विमानमा हवाई यात्रा गर्दा छुट पाइने भएको छ । होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रूपैयाँ छुट पाउने भएका हुन् ।
यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको आईटीपौवा ३०० कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रूपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साबिक भाडामा ३ सय रूपैयाँ छुट हुनेछ ।नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रूपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए ।
‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ ।
छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रूपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।
‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?