ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

रामग्राममा बल्ल न्यायिक इजलास

१५ आश्विन २०७५, सोमबार
१५ आश्विन २०७५, सोमबार

रामग्राम नगरपालिकामा गत बर्षदेखि नै न्यायिक समितिले कार्य गर्दै आएपनि औपचारिक रूपमा आईतवार देखि इजलास सञ्चालनमा ल्याएको हो । न्यायिक समितिलाई विधिवत सञ्चालनमा ल्याउने गरि इजलास गठन गरिएको आईतवार न्यायिक समितिका संयोजक समेत रहेकी उप प्रमुख रम्भा कुवँरले जानकारी गराएकी हुन् ।
अहिलेसम्म नगरपालिकाको न्यायिक समितिमा परेका उजुरीहरू मेलमिलाप कर्ता मार्फत मिलापत्र गराउँदै आएको भए पनि अब देखि मिलापत्र नभए न्यायिक समितिले फैसला सुनाउने छ । मिलापत्रलाई नै बढि महŒव दिइने अहिले पनि न्यायिक समितिको लक्ष्य रहेको छ,उपमेयर कुवँरले भनिन् तर मिल्दै नमिलेको अवस्थामा कानुनमा ब्यवस्था भए बमोजिमको निर्णय गर्दै न्यायिक समितिले फैसला सुनाउने छ । सो फैसलाप्रति चित्त नबुझेको पक्ष जिल्ला अदालत वा उच्च अदालतमा अपिल गर्न पाउने छ । न्यायिक समिति चुस्तदुरुस्त बनाई सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि तत्काललाई कर्मचारी र न्यायिक क्षेत्रका अनुभवी र कानुनी सल्लाहकारको ब्यवस्था नभएका कारण चुनौती रहेको उनले सुनाइन् । नगरपालिका नै प्रतिबादी भएर कुनै मुद्दा परे ति मुद्दामा पनि न्यायिक समिति तटस्थ भैै न्याय निसाफ गर्ने उनले दाबी गरिन् । नगरपालिका दोषी देखिए नगरपालिकाका सरोकारवालालाई पनि कानुन अनुसार फैसला गरि नागरिकलाई न्याय दिलाउनमा पछि नपर्ने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उनले अहिलेसम्म न्यायिक समितिले मेलमिलापकर्ताको सहयोगमा गर्दै आएको कार्य प्रगति समेत प्रस्तुत गरेकी थिईन् ।
प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको साउन देखी भदौ मसान्तसम्म नयाँ विवाद दर्ता भएको १० वटा मुद्दा रहेको छ । र अघिल्लो आर्थिक बर्षबाट आएको ११ वटा विवाद गरि कुल २१ वटा मुद्दा परेको छ । जसमध्ये १० वटा विवादको किनारा लागि सकेको छ, उनले भनिन्, बाँकी विवाद मिलाउने कार्य भई रहेको छ । तर अन्तिमसम्म नमिले अब इजलासमा राखेर प्रकृयाबद्ध तरिकाले फैसला गरिने छ । मिलेका मुद्दा मध्ये पतिपत्निको आन्तरिक विवाद २, साधसिमानाका ३, माछा क्षतिपूर्ति १,ज्याला मजदुरी सम्बन्धी १ पोखरी सम्बन्धि १, सार्वजनिक बाटो सम्बन्धि १ र परिवारिक विवाद सम्बन्धी १ गरि कुल १० मुद्दाको किनारा लागिसकेको छ, उनले थपिन बाँकी रहेका ११ वटा अब इजलासमा पेश हुनेछ । त्यसै गरि नगरपालिकामा न्यायिक समिति गठन भए देखी कुल ७० वटा मुद्दा दर्ता भएकोमा ५९ वटा मुद्दाको मिलापत्र गराई समाधान गरि सकिएको तथ्याँक प्रस्तुत गरेकी थिइन् ।
न्यायिक समितिको सदस्यमा रहेकी सुनिता श्रेष्ठ र अनिता तिवारीले समेत न्यायिक समितिमा कृयाशिल भई काम गर्दै आएको उनले जानकारी गराएकी थिइन् । अहिले हाम्रो लागि यो सिकाईको अवस्था हो, न्यायिक समितिका सदस्य श्रेष्ठले भनिन्,न्यायमा सहज ढंगले पहुँच सबैको पुगोस भनि हामी तदारुकताका साथ काम गर्दै आएका छौ । अहिले इजलास मार्फत न्याय निरूपण अझ प्रभावकारी भएर जाने उनको भनाई थियो । त्यसै गरि आर्की सदस्य तिवारीले पनि गर्दै सिक्दै गरेको अवस्थामा धेरै क्षेत्रमा सहयोग भई रहेको र सो सहयोग निरन्तरताको आपेक्षा समेत लिएको बताएकी थिइन् । नगर क्षेत्रभित्र केही जनजाती र अल्पसंख्यक जस्तै पथरकट्टा र डोम समुदायमा आफ्नै न्यायिक सभा समेत रहने हुँदा ती सभाबाट पनि अब मेलमिलापकर्ता नियुतm गरि ति सामुदायिक न्यायलाई पनि नगरको न्यायिक समिति भित्र ल्याएर एकरूपता ल्याउने कार्य पनि भइरहेको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?