© २०२३
सिमा क्षेत्रमा प्रहरीले विस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ । चेक जाँचको क्रममा शसस्त्र प्रहरीले करिब ७१ हजार बराबरको पटाका बरामद गरेको हो ।
जिल्लाको सेमरी स्थित सशस्त्र प्रहरीद्वारा सो विस्फोटकजन्य वस्तु पटाका नष्ट गरिएको जनाएको छ । दशै तिहार नजिकिँदै गर्दा बिभिन्न नाकाहरूबाट अबैध सामानहरू भित्रिँदै गर्दा सोमबार राति प्रतापपुर गाऊपालिका वडा नं. २ गोपीगंजबाट सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँचको क्रममा भारतबाट अबैध रूपमा ल्याउँदै गरेको विस्फोटकजन्य पटाखाँ बरामद गरेको थियो ।
शसस्त्र प्रहरी, नेपाल प्रहरी, वडाध्यक्ष, पत्रकार, स्थानीय लगायतको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी स्थाई वेश क्याम्प सेमरीका शसस्त्र प्रहरी नायब उपरिक्षक गोपाल अधिकारीले जानकारी दिए ।
सिमावर्ती क्षेत्रहरूमा दिनँहु अबैध रूपमा चोरी तस्करी खुब बढदै गएको छ । अबैध समान समातन सशस्त्र प्रहरी र नेपाल प्रहरीमा निकै होडबाजी चलेको छ । प्रहरीले अबैध समान बरामद गर्दछ तर कारोबारी र प्रयोग हुने सवारी साधन अझै प्रक्राउ गर्न सकेको छन । पछिल्लो समयमा जिल्लाको सिमा तस्करीमा कडाई भएको छ ।
पछिल्लो समय बढदै गएको तस्करीलाई रोक्नको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले सिमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी समान समातिदै गएको छ ।à