ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

गण्डक जलविद्युतमा बार्षिक ८० करोडको नोक्सानी

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

नेपाल पक्षबाट पहलकदमी नहँुदा जिल्लाको गण्डक जलविद्युत केन्द्र सूर्यपुरामा बर्षको ८० करोड बराबरको विद्युत नोक्सानी ब्यहोर्दै आएको केन्द्रले जनाएको छ । भारतिय पक्षसँग विद्युत केन्द्र सचालनका लागि अवरोध हटाउने र पर्याप्त पानीको प्रवाह बढाउन वेवास्ता गर्दा सो नोक्सानी ब्यहोर्न परेको हो । क्षमता अनुसारको विद्युत उत्पादन भएमा बर्षमा कुल ३० करोड ६६ लाख युनिट विद्युत उत्पादन हुन्थ्यो, सो विद्युतको अहिलेको मुल्य ९१ करोड ९८ लाख पर्छ । तर गत बर्षको विद्युत उत्पादनको तत्याँक हेर्ने हो भने १ करोड ५३ लाख २२ हजार युनिट विद्युत उत्पादन मात्र भएको छ । त्यसको मुल्य १० करोड ७२ लाख ५४ हजार हुन्छ । यसरी बार्षिक रूपमा ८१ करोड २५ लाख ४६ हजार रुपियाँ घाटा ब्यहोर्दै आएको छ । नयाँ नयाँ विद्युत परियोजनाको कुरा चलाउने नेतृत्व पँतिmले बनेकै विद्युत परियोजनालाई सुचार ढंगले चलाउनमा सहयोग नगरिदिदा सो नोक्सानी ब्यहोर्न परेको विद्युतगृहका कर्मचारीहरू बताउछन् । विद्युत उत्पादनमा हसले नगदमा नोक्सानी हुनु स्वाभाविक हो,तर विद्युत सप्लाई दिन नसकेर त्यसले अन्य उत्पादनमा सहयोग गर्न नसकि अप्रत्यक्ष नोक्सानी पनि ब्यहोर्दै आएको देखिन्छ ।
वि.सं.२०१६ सालमा नेपाल भारतसंग भएको दुईपक्षिय गण्डक सम्झौता अनुसार निर्माण भएको गण्डक जलविद्युत केन्द्र भारतले निर्माण गरि नेपालपक्षलाई प्रदान गरेको हो । तर विद्युत केन्द्रमा पानी प्रवाहका लागि सबै नियन्त्रण भारतिय कर्मचारीको हातमा हुने भएको हुदा पानी प्रवाहका लागि नियमित र निरन्तर नेपाली पक्षबाट पहल गर्दै गर्नु पर्ने आवश्यकता छ । गण्डक ब्यारेज सञ्चालन र उपयोगिताका लागि नेपाल भारत पक्ष दुईवटा पक्ष रहेकै छ । त्यसमा पनि भारतीय पक्ष भित्रै प्रादेशिक पक्षहरूले पनि प्रभाव पार्ने गरेको हुदा जलविद्युत केन्द्र सञ्चालनमा समस्या देखिने गरेको केन्द्रका प्रशासकिय प्रमुख रघुनाथ आचार्य बताउँछन् । गण्डक सम्झौता नेपाल भारत विच भएको छ, उनी भन्छन्, तर भारत भित्र नै विहार प्रदेशले गण्डक ब्यारेज सञ्चालन गर्ने र गण्डक जलविद्युत केन्द्र भारतकै उत्तर प्रदेशलाई सिचाई गर्ने गरि गएको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीको पानीले विद्युत केन्द्र सञ्चालन हुन्छ ।
चाहिएको बेला पर्याप्त पानी नछाड्नु र पानी आए पनि विद्युत गृह तर्फ पानी नपठाईदिनु जस्ता धेरै समस्या रहेको आचार्य बताउँछन् । १५ वटा मेगावाट क्षमता भएको उतm गृहमा ५÷५ मेगावाट विद्युत उत्पादन गर्न सक्ने तिन वटा टर्वाईन छन् । एउटा टर्वाइन चल्नका लागि ५ हजार क्यु सेक पानी आवश्यक पर्छ । ५ हजार क्युसेक भन्दा कम पानी हुने वित्तिकै टवाईन चल्नमा समस्या आउने गर्छ । त्यही भएर १८ हजार क्यु सेक क्षमताको नहर निर्माण गरिएको छ । तर भारतिय पक्ष र बेला बेलामै नेपाली पक्षकै कारण विद्युत केन्द्र प्रभावित भई विद्युत उत्पादन कम भएको उनको भनाई थियो । अहिले पनि नेपाली पक्षले डुबानको कारण देखाउदै भारतिय नहरको बाँध काटि दिएका छन् । भारतले मर्मत गर्न खोज्दा स्थानिय प्रशासनबाट सहयोग पाएको छैन् । जस्ले गर्दा हाल ७ क्युसेक पानी मात्र नहरमा बग्ने गरेको छ । जस्ले गर्दा दुई वटा टवाईन ठिक अवस्थामा भए पनि एउटा टर्वाईन मात्र चलेको छ ।
टवाईन चल्ने गरे पनि पानीको बेग कम छ । विगत साढे चार दशक देखी नहरको सिल्ट सफाई नभएका कारण पानीको प्रवेग कम छ । त्यसले एउटा टवाईन ५ मेगावाट विद्युत उत्पादन गर्नु पर्ने क्षमताको भए पनि २ दशमलव ८ मेगावाट मात्र विद्युत उत्पादन भई रहेको छ । प्रयाप्त पानी आएको भए पनि दुइटै टवाईन चलाउदा पनि ७ देखी ८ मेगावाट विद्युत उत्पादन हुन्थ्यो, विद्युत केन्द्रका इन्जिनियर भवन गुप्ता भन्छन्, कुनै पनि संरचनाको २५ बर्ष भित्र रिह्याब अर्थात पुर्ननिर्माण गर्नु पर्छ । तर यो जल विद्युत केन्द्र बनेको ४५ बर्ष वित्दा पनि पुर्ण रूपमा रिह्याब भएको छैन् । मर्मत सम्भारको भरमा मात्र चल्दै आएको छ । क्षमता अनुसारको पुरै विद्युत उत्पादनका लागि नहरमा १६ हजार क्युसेक पानी नघट्ने गरि निरन्तर बग्नु पर्छ । तर त्यो अवस्था छैन् । मानविय,प्राविधिक,प्रविधिसंग दुई देशिय समस्या भएका कारण निरन्तर पहलकदमीको आवश्यकता रहेको इन्जिनियर गुप्ता भन्छन्, त्यो पहल कदमी केन्द्रिय स्तर भन्दा जिल्ला स्तरबाटै भए पनि पुग्छ,तर त्यो पनि हुन सकेको छैन् ।
जलविद्युत केन्द्रको रिह्याब गर्नका लागि ८० करोड लागत पर्ने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतलाई पठाइएको छ । भारतीय पक्ष रिह्याब गर्नका लागि लगानी गर्न पनि तयार छन् । तर नेपाली पक्षबाटै काम गराउनुको सट्टा बजेट नै नेपाललाई उपलब्ध गराउनु पर्ने जस्ता जिकिरका कारण सो डिपिआर अलपत्र परेको छ । ८० करोड रकम लगानी नेपाल आफैले पनि गर्न सक्छ,जुन लगानी एक बर्षको विद्युत उत्पादनले फिर्ता हुन्छ । तर जलविद्युत केन्द्र प्रति नेपाली पक्षबाटै वेवास्ता गरिदा उत्पादनमा समस्या आउने गरेको छ । बार्षिक ९० करोड मूल्यको विद्युत गर्ने क्षमता भएको केन्द्रले आन्तरिक र बाह्य समस्याका कारण बढिमा १० करोडको विद्युत मात्र उत्पादन गर्न सकेको अवस्था छ । जिल्ला स्तरबाटै भारतिय कर्मचारी र ब्यारेज सचालन गर्नेसंग पहल गरिदिए पनि बार्षिक ३० देखि ४० करोडको विद्युत उत्पादन बढाउन सकिन्थ्यो । भारतले नै विद्युन गृह निर्माण गरेका कारण रिह्याब गर्न दिदा पनि केही विग्रिने अवस्था होईन् । कहीबाट सहयोग नभएको गुनासो विद्युत कर्मचारीको रहेको छ । विद्युतगृहमा ५० जना कर्मचारीको दरबन्दि रहे पनि हाल ३७ जना कर्मचारी मात्र कार्यरत छन् । त्यसले पनि काममा समस्याहरू आउने गरेको भनाई इन्जिनियर गुप्ताको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission