ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

तेईस प्रतिशत चरा गुल्मीमा

६ आश्विन २०७५, शनिबार
६ आश्विन २०७५, शनिबार

नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरू मध्ये गुल्मीमामात्र २३ प्रतिशत विभिन्न प्रजातिका चराहरू भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगा जंगल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जंगल क्षेत्रमा उक्त प्रजातिका चराहरू फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।
रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षण अन्तर्गत चरा सर्भेक्षण सम्वन्धि जानकारी आदान–प्रदान कार्यक्रममा रेसुंगा वन क्षेत्रमा,२ सय ८ र मदाने क्षेत्रमा २ सय ७ प्रजातिका चराहरू फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले बताए ।
विश्वमै दुर्लभ प्रजातिको रूपमा रहेका चराहरू मध्य रेसुंगामा गोमायुमहा चिल, सुन गिद्द, सेतो गिद्द र डंगर गिद्द गरि चार प्रजाती र मदाने वन क्षेत्रमा लोभीपापी गरुड, गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द र कालीज प्रजातिको चिर नामक पाँच प्रजातिका चराहरू रहेको बताइएको छ ।
नेपालमा मात्र पाईने काँडे भ्याकुर रेसुंगा र मदाने दुवै वन क्षेत्रमा पाईने भन्दै अति संकटापूर्ण अवस्थामा रहेका चराहरूको वासस्थानलाई जोगाई राख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महŒवपूर्ण रहने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।
नेपाल पंक्षी संरक्षण संघ, जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराज न्यौपानेले गुल्मीमा चराहरूको संख्यामा अझै वृद्धि हुनसक्ने भन्दै त्यसको लागि सर्वप्रथम जैविक विविधताको संरक्षणमा सवै लाग्नु पर्नेमा जोड दिएका थिए । उनले जैविक विविधताको संरक्षणसँगै गुल्मीमा चरालाई पर्यटकीय क्षेत्रसँग जोडेर सँगै लैजान सकिने पनि बताए ।
चरा संरक्षणका लागि गुल्मीमा मुख्य चुनौति र समस्याको रूपमा वासस्थान विनास, वासस्थान परिवर्तन, विद्युतीयतार, खानेपानीको अभाव, वन डढेलो, अवैध शिकार जस्ता कारणहरू रहेको भन्दै त्यसलाई रोक्नकालागि स्थानीय निकायसँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नु पर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए ।
सन २०१५ देखि गुल्मीको रेसुंगा, वलीथुम, पराल्मी र जुभुङ्गमा संभावित महत्वपूर्ण चरा तथा जैविकविविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वनकार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission