ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

होटल तिलौराकोट ईन्टरनेशनल

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

सिद्धार्थ गौतम बुद्धको राज्य रहेको ऐतिहासिक तिलौराकोट क्षेत्रमा धेरै पर्यटकिय क्षेत्रहरू छन् । वर्षेनी यहाँ भित्रने पर्यटकहरूलाई राम्रो बास र खानाको उपलब्धता नहुँदा छोटो समयको यात्रा गर्न बाध्यता रहेको थियो । पर्यटकहरूको सुबिधाका लागि पछिल्लो समय यहाँ सेवा उद्योगहरू खुल्ने क्रम जारी छ । महिता–३, तिलौराकोटमा वि.सं २०७२ मा भौतिक निर्माण शुरु गरेको होटल तिलौराकोट ईन्टरनेशनल प्रालिले आफनो सेवा वि.सं. २०७३ वैशाखबाट संचालनमा ल्याएको हो । करीब साढे ५ कठ्ठा क्षेत्रफलमा आकर्षक पूर्वाधार निर्माण भएको छ । तत्कालिन समयमा साढे ३ करोड लगानीमा पूर्वाधार तयार भएको संचालक दिनेश रायमाझीले बताए । तौलिहवा मुख्य बजारदेखि ४ सय मिटरको दुरीमा होटल छ । पूर्वमोहडामा स्वागतद्वार रहेको होटलको उत्तर मोहडाको मुख्य भवन रहेको छ । दुई तल्ला भवनमा डिलक्स कोठाहरू छन् । यसका साथै एउटा ३० जना क्षमताको मिटिङ्ग हलसमेत यही भवनमा रहेको छ । होटलमा सिङगल र डबल्स गरि १५ वटा डिलक्स कोठाहरू छन् ।
जसमा ७ वटा सिङगल र ८ वटा डबल्स रुमहरू एटेच, वातानुकुल, वाईफाई फ्रि, तातोचिसो पानीको समेत सुबिधा रहेको छ । मुख्य भवनको पूर्वतर्फ एउटा ५० जना क्षमताको मिनि हल, रेष्टुरेन्ट र किचन रहेको छ भने उत्तरमा कार्यक्रमहरू गर्न उपयुक्त हल छ । हलको नाम नै बुद्ध हल नामाकरण गरिएको छ जुन करिब ३ सय जना क्षमताको छ । विभिन्न कार्यक्रमहरूका साथै बिबाहभोजका कार्यक्रमका लागि यो हल उपयुक्त छ ।
होटलमा ३ जना सेफ, २ जना हेल्पर सहित ११ जनाले रोजगार पाएका छन् ।
सेवाग्राहीको मागलाई मध्यनजर गरेर होटलमा केही सेवा थप गर्ने योजनामा रहेको रायमाझीले बताए । पछिल्लो समयमा स्वीमिङ्ग पुल र फिटनेशको सेवाको माग बढेकाले थप्ने गरि जग्गा बढाउने तयारीमा रहेको उनले बताए । आकर्षक सजावट सहित होटलमा कफि परिकारहरू समेत उपलब्ध रहेको छ । होटलमा विभिन्न नास्ता, खानाका परिकार उपलब्ध छन् । चाईनिज, ईण्डियन, कन्टिनेन्टल लगायत सबै खानाका परिकारका साथै स्वदेशी तथा विदेशी पेय पदार्थहरू समेत उपलब्ध हुन्छ । होटललाई हरियालीसहितको गार्डेन बनाउने काम समेत भएको छ । भने पार्किङ्गको समेत राम्रो ब्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?