ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

वनबाटिका प्रदेशकै नमुना अनुसन्धान केन्द्र

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

तिलोत्तमा नगरपालिको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) लाई प्रदेशकै नमुना बाटिका बनाउने अभियानमा सबैको साथ जरुरी रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको आठौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरूले प्रदेश कै मात्र नभई देशकै नमुना बाटिका बनाउने गरि सबै लाग्नुपर्ने उनिहरूले बताएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले देशलाई अब कृषि नभई पर्यटन विकासमा जोड दिई अघि बढाउन जरुरी रहेको बताए । बनबाटिका सबैको धरोहर भएकाले यसको विकासमा सबै लाग्नुपर्ने उनले सुझाव दिए । बैद्यताको विषय उठाउन नहुने भन्दै उनले प्रदेश सरकार समाधान तर्फ अघि बढ्ने बताए । समुदायको विकासको काममा ब्यक्तिगत स्वार्थ आउन नहुने भन्दै उनले सार्वजनिक जग्गा सरकारको भएकाले गुरुयोजना अनुसार काम भएनभएको अनुगमन हुने बताए । वनबाटिकालाई प्लाष्टिक रहित क्षेत्र बनाउन सुझाव दिदै उनले विकासमा सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए । समयक्रममा जिम्मेवारीमा सर्ने भएकाले पनि नया पुस्तामा सहि सन्देश जानुपर्ने सुझाव दिए । वनलाई राख्न र मास्न नहुने भएकाले दुबै कुरालाई मनन गरि विकास निमार्ण अघि बढाईनुपर्ने उनले सुझाव दिए ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बनबाटिकाको विवादलाई समाधान गरि विकास अघि बढाईने बताए । आन्तरिक पर्यटकहरूलाई प्राथमिकता दिनसके पर्यटन पर्वद्धन हुने भन्दै उनले दैनिक यस क्षेत्रमा आउने पर्यटकहरूलाई बसाउन पूर्वाधारमा जोड दिनुपर्ने सुझाव दिए । पछिल्लो समयमा भ्यु टावर निमार्ण गर्न चुनौती खडा भएको भन्दै उनले यसलाई समाधान गरि कामलाई तिव्रता दिइएने बताए । ३ वर्षमा पुरा गर्ने भनिएको भएपनि अझ छिटो सक्ने गरि काम अघि बढाईएको बताए । भ्यु टावर बनाउन प्रदेश र संघिय सरकारसंग समेत सहयोग माग गर्ने र त्यसबाट काममा सहजता हुने उनले बताए । दुई कटटामा १४ करोडको लागतमा निमार्ण हुने भ्यु टावरमा आर्कषक फुलबारीसमेत बनाईने उनले बताए । दश तल्ला टावरमा सबै किसिमका सुविधाहरू उपलब्ध हुने उनले बताए ।
नेकपा एमालेका यज्ञ गैरेले वनविहार छोटो समयमा नै ठुलो उपलब्धि हासिल गरेको भन्दै यसलाई देशकै केन्द्रको महत्वपूर्ण वनविहारका रूपमा पहिचान दिने बताए । बन विहारको परिकल्पना गरि यो अवस्थासम्म पुर्याउने टिमले धेरै चुनौतीहरू पार गरेर अहिलेको अवस्थामा आएको उनले बताए । शंकरनगर सामुदायिक वन क्षेत्रमा बनेको विहारलाई कानुनी समस्यालाई समाधान गरेर अघि बढ्नुपर्ने उनले सुझाव दिए । चिडियाघरको रूपमा विकास गर्न अघि बढेको भएपनि त्यसबाहेक थप विकास गर्नुपर्ने उनले बताए । जिल्लाब्यापी र प्रदेश ब्यापी गर्दै सदस्यता बढाएर अघि बढाउनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य यम बहादुर खत्रीले वनवाटिकामा कुनै विवाद नरहेको दाबी गर्दै विकासमा सबै दल एक रहने समेत बताए ।
केन्द्रका अध्यक्ष बाबुराम अर्यालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बाटिकामा वर्षेनी पर्यटकहरूको चाप बढ्दै गएको बताए । पर्यटकहरूलाई आर्कषण गर्ने रूपमा धेरै पूर्वाधार बनाउन बाकी रहेको उनले बताए ।
विसं. २०६२ सालमा स्थापना भएको वनबाटिकाको १० वर्षे गुरुयोजना तयार गरेर काम अघि बढेको छ । बाटिकामा हालसम्म ६ वटा पार्कहरू रहेका छन । पुष्पलाल पार्क, शहिद पार्क, विपी बाटिका, लखन थापा पार्क, थारु संग्राहलय, शुकदेव पार्क स्थापना भएका छन ।
यसैगरि बाटिकामा सुचना केन्द्र पुस्तकालयको स्थापना भएको छ भने थप काम अघि बढेको छ । बाटिकामा बाल उद्यान संचालन भएको छ । जसमा रोटरी क्लब बुटवलले सहयोग गरेको छ । सबैको आर्कषणको केन्द्र चिडियाघरमा २३ प्रजातीका १ सय ६७ जटा जनावरहरू छन ।
पिकनिकका लागि संघसस्थाहरूबाट २१ वटा सेडहरू निमार्ण भएका छन । यसैगरि क्षेत्रिय चिडियामा बाघ, हाती गैडा राख्ने तयारी भएको, हर्रर हाउस निमार्ण गर्न प्रदेश सरकारसंग सहयोग माग, प्राकृतिक पोखरी निमार्ण गर्ने, नाट्यशाला निमार्ण गर्ने गर्ने लक्ष्यसमेत बनाएको केन्द्रका सचिव खिमलाल पाण्डेले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission