© २०२३
बुटवल,६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।
४ हजार ८७१ मत गन्न बाँकी छंदै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् । २०७४ को चुनावमा पनि थापाले भट्टराईलाई पराजित गरेका थिए ।