© २०२३
बुटवल,६ मंसिर । रुपन्देही क्षेत्र नं ५ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले अग्रता लिएका छन् । १३ हजार मतको गणना हुंदा घिमिरेले ५०७० र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहले ४७५२ मत पाएका छन् । यस्तै प्रदेश सभा (१) मा एमालेकै भूमिश्वर ढकालको अग्रता छ । ढकालले ३६५९ मत पाएका छन् भने माओवादी केन्द्रका विनोद पहाडीले ३३६० मत पाएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका कमल ढकालले २ हजार ६ सय ६० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभा (२) मा भने जनमत पार्टीका सीके गुप्ताले अग्रता लिएका छन् । गुप्ताले ४९८३ मत पाउंदा नेपाली कांग्रेसका फखरुद्दिन खानले ३८७१ मत पाएका छन् । एमाले उम्मेदवार रामचन्द्र यादवले १५९९ मत पाएका छन् । यो क्षेत्रमा कांग्रेसका शाहले प्रतिनिधि सभा सदस्यमा तीनपटक जितेका थिए ।