© २०२३
फुर्सदको समयमा मानिसहरू विदेश भ्रमणमा जाने प्रचलन बढेको छ । नजिकको तीर्थ हेला भन्ने उखान जस्तै स्वदेशका विभिन्न स्थानहरूमा घुमघामको अवसर रहे पनि मानिसहरूले त्यति ध्यान दिएको पाइँदैन । स्वदेशका विभिन्न स्थानहरूको सामुहिक प्याकेज नभएको कारण घुमाघामबाट बञ्चित भएकाहरूको लागि खुसीको खबर छ । रूपन्देहीमा रहेको शुभयात्रा नेपाल होलिडेजलाई प्रालिले अव विदेशको अलवा स्वदेशका विभिन्न रमणिय स्थानहरूको भ्रमण प्याकेज बनाएको छ । जसलाई छनौट गरी मुक्तिनाथ मन्दिर, मुस्ताङ र मुगुमा अवस्थित रारा तालको टुर प्याकेज सञ्चालन गरेको छ ।
शुभयात्रा होलिडे ट्राभल्र्स एजेन्सीका म्यानेजर गणेश भट्टराईका अनुसार ‘पहिला देश अनि विदेश घुम्नुपर्ने’ नाराका साथ योजना अगाडी बढाइएको हो । पहिलो चरणमा मुक्तिनाथ मन्दिर, मुस्ताङ र मुगुमा अवस्थित रारा तालको टुर प्याकेज सञ्चालन गरिएको छ । उक्त टुर प्याकेज जाने आउने गाडीको व्यवस्था सहित खाना बस्नको सम्पूर्ण जिम्मा यस एजेन्सीले गर्ने छ ।
यस क्षेत्रका बासिन्दालाई लक्षित गरी गर्न लागेको उक्त टुर प्याकेजमा मुक्तिनाथको लागि ४ रात ५ दिन, रारा तालको लागि ६ रात ७ दिन तोकेको छ । हाम्रो वरपर रहेका पर्यटकीय स्थलहरूलाई पनि पहिचान गरी व्यवस्थित गर्न सके स्थानीय तहलाई आम्दानीको श्रोत अनि रोजगारीको सिर्जना पनि हुने भएकोले स्थानीय सरकारलाई यस तर्फ ध्यान दिनुपर्ने एजेन्सीका म्यानेजर गणेश भट्टराईले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी