ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु

२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

बाँके, २८ चैत्र ।

नेपालगञ्ज उपमहानगरपालिकाले विपदमा आफ्ना जनातालाई राहत दिने उद्देश्यले दुईवटा वडामा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वडा नम्बर ३ र ७ का आवासीय बीमितलाई बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर आवासीय बीमा कार्यक्रम सुरु गरेका हुन् । नगर प्रमुख विष्टले विपदको शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै आवासीय घर बीमा कार्यक्रमले विपदको जोखिममा रहेका परिवारलाई आर्थिकरुपले सशक्त बनाउन खोजिएको कुरामा जोड दिदै उनले विपदपछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले भने,‘ विपद पहिला नै जानकारी दिएर नहुने भएकोले भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ । त्यसैले पहिलोपटक नगरका अत्यन्तै जोखिम रहेका दुई वडामा विमा कार्यक्रम लागू गरिएको हो ।

विपद जोखिम न्यूनीकरण गर्न सुरु भएको आवासीय बीमा कार्यक्रममा दुई वडाका १ सय ५१ घरधुरी पहिलो चरणमा समावेश भएका छन् । दुई वडा मध्ये नेपालगञ्ज ३ का १ सय ९ र ७ का ४२ घर आवासीय बीमा कार्यक्रममा समेटिएका छन् । विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहले विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रमलाई अगाडि बढाइएको जानकारी दिए । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा करीब ७ सय ५० घर रहेका छन् । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने र १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने तथा १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको सिंहको भनाई छ ।

१५ लाखको बीमा गर्दा पाँच सय ८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग–अलग बीमा हुने जानकारी दिए । आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले पालिकाको वडा नम्बर ३ र ७ मा आवासीय घरको घनत्व बढी रहेको जानकारी दिँदै बाटो साँघुरो र पुरानो बस्ती तथा घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको बताए । कार्यक्रममा नेपालगञ्जका प्रबक्ता प्रमोद रिजाल, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?