© २०२३
काठमाडौं, २८ चैत ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाललाई हालै प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि डिल्लीबजार कारागार पठाइएको छ ।