© २०२३
बाँके, २८ चैत्र ।
यातायात व्यवास्था कार्यालय बाँकेका चार जनालाई बुधबार पक्राउ गरिएको छ । नक्कली सवारी चालक अनुमति पत्र बनाएर मासिक ३ करोडको कारोबार गर्दै आएको अरोपमा पक्राउ गरिएको हो ।
उनीहरुको बारेमा सोमबार सुचना र उजुरी अख्तियार अनुसन्धान कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको संयुक्त टोली खटी बुधबार तिनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय नेपालगंजका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगंज, बाँकेका नायव सुब्ब मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ्ग सेन्टर नेपालगंज सञ्चालक शरदकुमार गोराथोकीलाई उनले प्रयोग गर्ने विद्युतीय उपकरण सहित पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।