© २०२३
कपिलवस्तु निर्माण व्यवसायी संघको पाँचौ शाखा अधिबेशनको सोमबार मध्य रातमा सम्पन्न मत परिणम अनुसार गुन्जन कुमार गुप्ता नेतृत्वको प्यानलनै बिजयी भएको छ । नव निर्वाचित अध्यक्ष गुप्ताले ९६ मत प्राप्त गरि निर्वाचित हुन सफल भए भने उनका प्रतिश्पर्धि चन्द्र शेखर श्रेष्ठले ५२ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा बिष्णु प्रसाद खनालले ७९ मत पाएर चुनाव जिते भने अर्का उम्मेदबार सुनिल कुमार गुप्ताले ६६ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा नारायण प्रसाद अर्याल ८३ मत सहित निर्वाचित हुदाँ अच्युत अर्यालले ६० मत प्राप्त गर्न सफल भए । महासचिव पदमा सरोज अर्याल ८८ मत सहित निर्वाचित हुदाँ आजाद अहमद दर्जीको ५६ मत आयो । सचिवमा अनन्त कुमार खड्का ८१ मत ल्याएर निर्वाचित भए भने रितेश बहादुर थापाले ५२ मत ल्याए । कोषाध्यक्षप पदमा अशोक कुमार गुप्ताले ८८ मत ल्याएर चुनाव जित्दा मन्दिप सिंहले २७ र अजय शर्माल २४ मत प्राप्त गरे । सह कोषाध्यक्षमा नगेन्द्र सिंहले ८३ मत ल्याउदै निर्वाचित हुदाँ सर्वेश कुमार पाण्डेयले ५८ मत प्राप्त गरे । चुवानको अन्तिम मत परिणाम अनुसार सदस्य पदमा गुप्ता प्यानलका शुनिल कुमार शुक्लाले १ सय १ मत, रमेश मिश्रा ९७ मत, मोहम्मद युनुस मुसलमानले ९३ मत, गम्मा रैदासले ९२ मत तथा चेत नारायण भण्डारीले समान ७४÷७४ मत सहित निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ । यस गुप्ता प्यानलकै उम्मेदबार नलिन गौतम भुसाल पनि महिला सदस्य पदमा निर्बिरोध निर्वाचित हुन सफल भएकी थिईन । निर्वाचित अध्यक्ष गुन्जन कुमार गुप्ताले आफुले निर्माण व्यवसायीको हितलाई ध्यानमा राखी कार्य गर्ने बताउदै साना निर्माण व्यवसायीको समस्या सम्बोधनका लागी पहल गर्ने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी