ट्रेंडिंग:

>> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे

कुशेऔँशी र पिताको महत्व (सम्पादकीय)

२४ भाद्र २०७५, आईतवार
२४ भाद्र २०७५, आईतवार

विरञ्चिना सहोत्पन्न परमेष्टि निसर्गतः
नुद सर्वाणी पापानी दर्भस्वस्ती करोभवः ओम् हुँ फट्स्वाहा ।
कुश उखेल्नको लागि यो मन्त्र उच्चारण गर्नुपर्छ । आज कुशे औँशी हो । महिलाहरूको महान पर्व तीज आउनुभन्दा चार दिन अगाडि पर्ने यो दिनमा उपरोक्त मन्त्र उच्चारण गर्दै बिहानै पण्डितहरूले स्नानादी गरी उखेलेको कुशलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । कुशविना कुनै पनि धार्मिक कार्यहरू हुँदैनन् । सानादेखि ठूलासम्मका धार्मिक कार्यमा यसलाई अनिवार्य नै मानिन्छ । विभिन्न देवता, पितृ आदिको प्रतिमा कुशबाटै बनाइन्छ । कुशको पाइतो दाहिना हातको तर्जनी औँलामा लगाई कर्ताले त्यसबाट खसालेको पानी पवित्र जलमा गणना हुन्छ । हिन्दु संस्कारमा यस्तो जललाई हिन्दकुशमा उत्पन्न गंगाको मुहान गंगोत्रीको जल सावित हुन्छ र पितृ, देवगण आदिलाई सोही पानी चढाइन्छ । कुश खर प्रजातिको एउटा बनस्पति हो । यो कतिपय जंगलहरूमा आफै उम्रिएको हुन्छ भने कतिपय ब्राह्मणहरूले आफ्नो बारी, कान्लामा खेती पनि गरेका हुन्छन् । पहिलेका ऋषिमुनिहरूले कुशको आसन बनाई त्यसमाथि बसेर तप गर्ने, कुशकै आसनमा रात गुजार्ने गरेका थिए । गुरुकूलमा गुरुहरूलाई कुशासनमा बसालेरमात्र विद्यार्थीहरूले शिक्षा आर्जन गर्थे । अहिलेका नयाँपुस्तालाई कुश के हो, यसको के महŒव छ, किन यसलाई धर्मकार्यमा अनिवार्य बनाइयो भन्ने कुरा थाहा नै छैन ।
आजको दिनलाई बाबुको मुख हेर्ने दिन पनि भनिन्छ । काठमाडौंको गोकर्णमा आज मृत भएका बाबुको मुख हेर्ने, तिथि स्मरण नभएकाहरूले श्राद्ध, तर्पण गर्नेको भिड नै लाग्दछ । यस दिन आफ्नो पितृलाई पिण्ड पानी चढाएमा प्राप्त गर्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । आमाको लागि बैशाख महिनामा मातातीर्थ र बाबुको लागि गोकर्णमा हिन्दु धर्ममा आस्था राख्नेहरूले स्मरण गर्ने गर्दछन् । बाबुआमा जीवित भएकाहरूले फलफूल, कपडा, मिठाई आदि उपहार दिने र आशिर्वचन लिने गर्दछन् । बाबुआमा विना कुनै पनि प्राणीको उत्पत्ति नै हुँदैन । मानिस सचेत प्राणी भएकोले आफ्नो जीवनलाई गतिशील बनाउनको लागि बाबुआमाको सबैभन्दा बढी भूमिका रहेको हुन्छ भन्ने बुझेको छ । आफूले बाबुआमामाथि मायाँ सम्मान ग¥यो भनेमात्र उसका सन्तानले पनि आफूलाई सम्मान गर्नेछन् भन्ने छाप बसाल्नको लागि पनि सम्मान गर्ने परिपाटी विकसित गरिएको हो । बाबुको मर्म छोराले नबुझ्ने र छोराको मर्म बाबुले नबुझ्ने भयो भने मानिसको जीवन उराठ हुन्छ । रस विनाको माहुरीको चाकाजस्तो हुन्छ । त्यसले सामाजिक सम्बन्धमा बिकृति ल्याउँछ । सम्बन्ध प्रगाढ राख्नका लागि पनि हिन्दु सभ्यताले मानिसलाई यस्ता कार्यक्रममा बाँधेको हो ।
अहिले वास्तवमा मानिसको जीवन निरस बन्दै गएको पाइएको छ । युगको उत्पादनसम्बन्ध युद्धस्तरमा फेरिएको छ । तर, हाम्रा सांस्कृतिक, पौराणिक, धार्मिक गतिविधिहरू कृषि युगमा निर्माण भएकामात्र छन् । अहिलेको पूँजीवादी अर्थतन्त्रले मानिसलाई गाउँबाट शहरमा लखेटेको छ, शहरबाट विदेश लखेटेको छ । विदेशमा पैसा कमाएपछि कोही विदेशकै निबासी बन्दैछन् । कोही शहरबजारमा खुम्चेर निर्वाहमुखी बसाइँ बसेका छन् । बाबुआमा कहाँ छन्, दाजुभाइ कता छन् कुनै सम्पर्क हुँदैन । मान्छे यति ब्यस्त छ कि जसरी पनि पैसा कमाउनु पर्छ, आर्थिक रूपमा सवल हुनुपर्छ भन्ने मान्यताले समय बेचीरहेका छन् । बसाइँ सराइँले पनि मानिसलाई आफन्तबाट टाढा पुराएको छ । त्यो अर्थमा अब कृषियुगका चाडपर्वहरू पुराना सावित हुँदैछन् । तर, नयाँ त्यस्ता पूँजीवादी सामाजिक सम्बन्ध र सभ्यतासँग जोडेर नयाँ चाड पर्वहरू रचना गरिएका पनि छैनन् । त्यो अर्थमा हाम्रोजस्तो मुलुकमा सांस्कृतिक पर्वहरू संक्रमणकालीन अवस्थामा छन् । बाबुआमा जिउँदो हुँदासम्म छोराले केही सहयोग गर्न चाहन्न । उसलाई आफू बाँच्न र छोराछोरीलाई पाल्न, पढाउन ब्यस्त छ । तर, बाबुआमा मरेपछि श्राद्ध गर्न कुश खोज्दै गाउँ वा मन्दिर, मठतर्फ धाउने गर्छ । सायद केही दशकपछि यो संक्रमणकालीन अवस्थामा पनि रूपान्तरण आउन सक्ला । तर, बिरालो ढाक्ने संस्कारले अहिलेसम्म हामीलाई डोराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%