© २०२३
बुटवल,२ मंसिर । रुपन्देहीको क्षेत्र नं ३ को शुद्धोधनमा मदिरा बोकेको गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । मंसिर ४ को निर्वाचनलाई लक्षित गरी प्रशासनले मदिराको बेचबिखनमा रोक लगाएको छ । शुद्धोधन–१ बेलवामा शुक्रबार दिंउसो स्थानीयले ८ कार्टुन मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रहरी निरीक्षक जिवन लामिछानेले बताए ।
शुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताएका छन् । गाडी चालक लोनिया नेपाली काँग्रेसकोतर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । मदिरा बांडेर मतदातालाई प्रभावित पार्नेगरी नेपाली काँग्रेसका कार्यकर्ताले वितरण गर्न गाडीमा मदिरा लिएर आएकाले रोकिएको स्थानीय विजय थापाले बताए । गाडीको नम्बर अगाडि र पछाडि दुबै ठाउमा स्पष्ट नबुझिने अवस्थामा रहेका थापाले बताए ।