ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

गुल्मी २ मा मैले गरेका प्रयास र अबको रोडम्याप

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

नेपाली जनताको प्रिय पार्टी पार्टी नेकपा एमालेले मलाई आगामी मंसिर–४ को निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको सर्वविदितै छ । सबैभन्दा पहिला म आम जनता र शुभेच्छुकमा के स्पष्ट पार्न चाहनछु भभने मेरो यसपटकको उम्मेदवारी नितान्त मेरो मागका कारण होइन, गुल्मी २ को विकास र समृृद्धिका लागि पार्टीका आदरणीय नेताहरु र गुल्मेली जनताको चाहना अनुसार भएको हो । पार्टीले निर्णय गरेपछि म पार्टीको निर्णय शीरोधार्य गरेर जनताका माझमा आएको हुं । सबैभन्दा धेरै नेपाली जनताले रुचाएको र आवद्ध भएको पार्टी विभाजन गरेर विपक्षीको गोटी बनेर चुनावमा आएको पनि मतदाता दाजुभाइ दिदीबहिनीहरुले देख्नुभएकै होला । शायद यो परिस्थितिका कारण पनि पार्टीले मलाई पुन: एकपटक जनताको सेवा गर्ने अवसर दिएको होला भन्ने मेरो बुझाई छ ।
म यो क्षेत्रबाट ३ पटक निर्वाचित भएं । यो क्षेत्रमा निर्वाचित भएर मैले ११ वर्ष ३ महिनाको कार्यकाल विताएको छु । म निर्वाचित हुँदा यस क्षेत्रमा कही पनि विद्युत थिएन । अहिले सबैको घरमा विद्युत सेवा पुराएका छौं । अब गुणस्तरी विद्युत सेवा पुराउनका लागि कपिलवस्तुबाट गुल्मी ल्याउने १३२ केभिएको प्रशारण लाइन सम्पन्न हुँदै छ ।
म यो क्षेत्रमा निर्वाचित हुँदा कहीं पनि मोटर बाटो थिएन । आज राष्ट्रिय राजमार्ग , मदन भण्डारी राजमार्ग निर्माण गरेका छौं । सालझण्डी–ढोरपाटन सडकमा २ अर्व बढी खर्च भैसकेको छ । रिडी–रुद्रवेनी, वामी टक्सारसहित ७ वटा सडक कालोपत्रेका लागि टेण्डर भएको छ । त्यसैगरी यस क्षेत्रमा मेरो कार्यकालमा ४२ सय किलोमिटर भन्दा बढी ट्रयाक खुलाउने काम भएको छ । अनकन्टार भिरहरुमा सडक निर्माण गरेर सेवा पुर्याउने काम त्यति सहज विषय थिएन । तर हाम्रो प्रयास र लगनशिलताले नै ती सडकहरु बनेका हुन अब यसलाई स्तरोन्नती गर्न बाँकी छ ।
प्रत्येक वडालाई कालोत्रे सडकले जोड्ने मेरो लक्ष्य रहेको छ । सडक निर्माणसँगै ती क्षेत्रमा पर्ने विभिन्न ठाउँमा ५९ वडा सडक पुलका योजना समावेश गरेर अघि बढाएकोमा २८ वटा पुल सम्पन्न भैसकेका छन् भने केही निमार्णको चरणमा, केही टेन्डर प्रक्रियाको चरण्मा छन् । यी योजनाहरुलाई सम्पन्न गर्ने मरो प्रतिवद्धता छ ।
खासगरी पटक–पटक आलोचनाको विषय हुँदै आएको मदभण्डारी राजमार्गमा पर्ने ४ वटा खोलामा ठेकेदारको लापरबाहीका कारण समयमा पुल निर्माण हुन सकेको छैन । निर्माण कम्पनीको बदमासीले जनप्रतिनिधि आलोचित हुनुपरेको छ । यो विषयमा म अत्यन्तै गम्भीर छु । सडक अन्तरगत पर्ने घमिर खोला र अर्जेबेसी खोलामा ठेकेदारको लापरवाहीले काम हुन सकेन भने हुलाके र धनार्जे खोलामा पनि टेन्डर भई पुल निर्माणको प्रक्रिया अघि बढेको छ । आगामी वर्षायाममा अहिलेको जस्तो जनताले सास्ती खेप्नु पर्ने छैन । यसरी विभिन्न ठाउँमा पुल निर्माणका लागि २२ करोड ६० लाख ८५ हजार बराबरको पुल निर्माणका टेन्डर भएर काम अघि बढेको छ । यस बाहेक पुल निर्माणका लागि आवश्यक ठाउँहरुमा आवश्यक बजेट तथा योजना निर्माणका लागि हामीले पहल गर्ने नै छौं ।

म निर्वाचित हुनुभन्दा पहिले यस क्षेत्रमा खानेपानीको समस्या थियो । कतिपय ठाउँहरुमा पीउने पानी भएर पनि घर–घरमा धारा थिएनन् । अहिले अधिकांश जनताको घरमा खोपानी सुविधा पुगेको छ । यस पटक करिब २७/२८ वटा खानेपानी आयोजना सम्पन्न गरेका छौं । सयौं आयोजनाहरु विभिन्न समयमा सम्पन्न गरेका छौं भने करिब पौने ३ सय आयोजनाहरु केन्द्र, प्रदेश र स्थानीय सरकारमा समावेश गरी सम्पन्न भएका तथा सम्पन्न हुने अवस्थामा पुगेका छन् । बाँकी रहेको ठाउँमा पनि नेकपा एमालेको सरकार आएपछि पुर्याउने प्रतिवद्धता गर्दछौं ।

यस क्षेत्रका सवै बालबालिकाहरु विद्यालय जान पाउने र उपयुक्त विद्यालयमा शिक्षा लिन पाउने व्यवस्थाका लागि प्रयास गरिरहेका छौं । गुणस्तर शिक्षाकै लागि करिब पौने ३ सयको संख्याको विविभन्न ठाउँका विद्यालयका भवन निर्माण गरेका छौं । १८ स्थानमा नि:शुल्क रुपमा अँग्रेजी पढ्न पाउने व्यवस्थासहित विद्यालय सञ्चालन गरेका छौ । यसैगरी कम्तिमा ६० ठाउँमा शिुल्क अँग्रेजी शिक्षाका लागि प्रक्रिया अघि बढाएका छौं । यस बाहेक पनि सबैका लागि नि:शुल्क शिक्षाका लागि हाम्रो प्रयास जारी रहेको छ ।
जनाताले सिटामोटको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था मुलुकमा अझै पनि छ । त्यसलाई मध्येनजर गरी यस क्षेत्रका अधिकांश वडाहरुमा स्वास्थ्य चौकी तथा प्रत्येक पालिकाहरुमा १५ शैय्याको अस्पताल निर्माणको काम अघि बढेको छ । सदरमुकाममा राम्रो अस्पतालको अभावमा उपचारका लागि अन्यत्र जानुपर्ने समस्याको अन्त्य गर्न साढे ६ तलाको अस्पताल बनाईरहेका छौं । ६ करोड बढी लागतमा निर्माण भएको अस्पताल सम्पन्न भएपछि जिल्लामै उपचार प्राप्त गर्नेगरी व्यवस्था मिलाउने छौं । यसरी स्वास्थ्यको सुरका लागि करिब साढे २ अरब बढी रकम अस्पतालका भवनहरु निर्माणका लागि विनियोजन गरिएको छ ।

मेरो क्षेत्रमा विगतमा ७/८ हजार घर परिवार फुसको छाना बसेका थिए । उनीहरुलाई फुसको छाना विस्थापित गरी जस्तापाताले घर छाउने व्यवस्था गरेका छौं । अझै पनि २/४ वटा घर परिवारमा सुकुम्बासी तथा अन्य प्राविधिक कारणले फुसका छाना कायम रहेका छन् । यसलाई पनि हामीले छिट्टै जस्ता पाताले छाउने व्यवस्था गर्ने छौं । यसरी आगामी दिनमा पछाडि पारिएका वर्ग समुदायलाई माथि उठाउने हाम्रो लक्ष्य रहने छ ।

युवाहरुको खेलकुदको विकासका लागि सहिद लखन थापा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्दै छौं । करिब साढे ८ करोड खर्च भैसकेको छ भने ८३ करोड लागत अनुमान गरिएको छ । यो वाहेक प्रत्येक पालिकाहरुमा खेल मैदान निर्माण गर्ने अभियान अघि बढाएका छौं । रोजगारीका अभवामा वैदेशिक रोजगारीमा जानेहरु छन् । जब म श्रम तथा रोजगार मन्त्री भएको समयमा उनीहरुको समस्या बुझे र नेपाली श्रमिकहरुको सुरक्षाका लागि जोखिमपूर्ण र दर्दनाक अवस्थाको अन्त्यका लागि काम गरे । रकम नतिरी नि:शुल्क र सम्मानजनक ढँगले काम गर्न पाउनु पर्दछ भन्ने मान्यताका साथ सामाजिक सुरक्षा लगायतका विषयमा थुप्रै नीतिगत समस्याहरुको सुधार गरें । मलेसियामा १३ महिना कामदार पठाउन रोकेर भएपनि नेपालको शर्तमा मलेसिया सरकार नेपालमा आएर सम्झौता गर्न बाध्य बनायौं । थुप्रै देशसँग श्रम सम्झौता गर्‍र्यौ । गौरवपूर्ण नेपालीको हैसियतमा काम गर्न पाउने व्यवस्था गर्यौं । जनताले महशुस गर्न पाउने गरी काम गरेका छौं । अब आउने नेकपा एमालेको सरकार थप नयाँ योजनाका साथ जनताको समस्या समाधानमा केन्द्रित हुनेछ ।

यसैगरी म मन्त्री हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे । ५ लाख युवाहरुलाई रोजगार बनाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानबाट १ लाख ८८ हजार युवाहरुले रोजगार पाए भने उक्त योजना अहिले अलपत्र परेको छ । भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका क्षेत्रमा पनि धेरै महत्वपूर्ण काम गरेका छौं ।
तर, ती प्रयाप्त छैनन् । सबै जनतालई कालोपत्रे सडकले जोड्ने, सत प्रतिशत घरमा खानेपानी, सम्भव ठाउँहरुमा सिञ्चाईको व्यवस्था, युवाहरुलाई खेलको विकासका लागि प्रत्येक वडाहरुमा कम्तिमा १ वटा खेल मैदान निर्माण गर्ने, सबै विद्यालयहरुमा आवश्यक भौतिक पूर्वाधार निर्माण मेरो योजना हो । यसैगरी आवश्यक ठाउँहरुमा झोलुङ्गे पुल निर्माण, युवाहरुलाई गाउँमै बसेर रोजगार प्राप्त गर्ने अवसर प्रदान गर्ने, युवाहरुको श्रमसीपलाई मुलुकमै प्रयोग गर्ने खालका कार्यक्रम ल्याउने, कृषिको आधुनिकरण, जनताका असुरक्षित बसाईहरुलाई नयाँ योजना ल्याएर स्थान्तरण गर्ने मेरो लक्ष्य रहेको छ ।

यसैगरी पर्यटनको क्षेत्रमा रेसुङगा, विचित्र गुफा, धुर्कोट दरबार, पुर्कोट दरबार, ऋडी लगायतका क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने छौं । यो क्षेत्रका गरिवी, अशिक्षालाई अन्त्य गरी मुलुककै नमुना बनाउने लक्ष्य राखेको छु । जनताले अनुभूत गर्ने गरी सामाजिक, आर्थिक र राजनीतिक परिवर्तका लागि इमान्दार भएर काम गर्ने मेरो प्रतिवद्धता र संकल्प छ । गुल्मी २ का मतदाता दाजुभाई दिदी बहिनीहरु सचेत र जागरुक हुनुहुन्छ भन्ने मेरो विश्वास छ ।
मंसिर ४ को चुनाव यो देशको राष्ट्रियता बचाउने, देशलाई तीब्र विकासको गतिमा अघि बढाएर समृद्ध बनाउने र जनतालाई सुखी बनाउने गरी स्पष्ट एजेण्डा र सक्षम नेतृत्व भएको दल र त्यसका उम्मेदवारलाई जिताउने कि यसको ठीक विपरित उद्देश्य र लक्ष्यविहीन गठबन्धन गरेर बांडीचंडी खाने, केन्द्र र प्रदेशमा भद्दा मन्त्रिमण्डल बनाएर ठूलो मात्रामा अनुत्पादक आर्थिक बोझ थपेर देशलाई खोक्रो बनाउने दिशामा लैजाने, कुनै न्युनतम साझा कार्यक्रम समेत नभएका ६ तिर फर्केका दलहरुको गठबन्धनलाई जिताएर मुलुक बर्बाद बनाउने कुराको फैसला गर्ने दिन हो ।
सचेत मतदाताहरुले देश र जनताको पक्षमा सही निर्णय गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission