© २०२३
अब मुलुकलाई बिस्तारै प्रविधिमैत्री बनाउँदै लैजान थालिएको छ । विभिन्न सरकारी कार्यालय, संघ संस्थाहरूमा बैज्ञानिक उपकरणहरू जोडेरआन्तरिक गतिविधि हेर्ने, कर्मचारीका काम कारबाही निगरानी गर्ने गर्न थलिएको छ । यसले भ्रष्टाचारमा नियन्त्रण गर्नुका साथै कामको गति बढाएको छ । वास्तवमा प्रविधि आवश्यक पक्ष हो । कर्मचारीहरू कार्यालयमा कुन बेला हाजिरहुन्छन्, कति लगनकासाथ काम गर्छन् ? कतै गफमा ब्यस्त त छैनन् ? कतै हाजिरगरेरटाप कस्ने गरेका त छैनन् ? साँझ कतिबेलासम्म काम गरेका छन्,खराब आचरण अपनाएका त छैनन् ? यो सबै निगरानी गर्न सकिन्छ । ठूला सरकारी कार्यालयहरूमा निकै पहिले देखि आधुनिक प्रविधि जडान गरिएको थियो । अब बिस्तारै विद्यालय, साना तथा मझौलाखालका कार्यालयहरूमा पनि प्रविधिहरू जडान गर्न थालिएको । थम्बबाट हाजिरी गर्ने, फोटोबाट हाजिरी गर्ने गरिन्छ । यसले विद्यालयहरूको पढाइलाई चुस्त दुरुस्त बनाएको छ । ठगी धन्दा गर्न नपाइने भएको छ । जुन किसिमबाट सरकारी कार्यालयहरूमा आर्थिक हेराफेरी हुन्थ्यो त्यसमा कमी आएको छ । अब त विद्युतका विलहरू पनि रिचार्जमार्फत बुझाउने ब्यवस्था मिलाइएको छ । यसले उपभोक्तालाई सुबिधा भएको छ ।
विश्वका थुप्रै मुलुकमा उपझोक्ताहरूले सरकारी कार्यालयहरूमा काम लिन वा पैसा निकाल्नको लागि बैंकमा धाउनु पर्दैन । न त लामो समय नै लाग्छ । क्षणभरमा मेसिनले काम सम्पादन गरिदिन्छ । अब यो प्रविधि पछाडि फर्कँदैन । अहिले मानिसले हातले काम गर्न नपर्ने भएको छ । रोबोटले मानिसले गर्ने कामहरू गरिदिन्छ । विदेशमा बस्ने आफन्तसँग प्रत्यक्ष अनुहारहेरेरकुराकानी गर्न सकिन्छ । कम्प्युटरको डिस्प्लेमा इण्टरनेटको सहारामा सारा ज्ञान आर्जन गर्न सकिन्छ । एउटा सानो चिप्समा संसारबोकेरहिँड्न सकिन्छ । यसरी खुम्चिएको छ विश्व । एक से एक प्रबिधिहरू विकास भएको छ । मानिस पूर्ण रूपमा आधुनिक भएको छ । पैदल हिँड्नु पर्दैन । लेख्नको लागि हात खियाउनु पर्दैन । पढ्नको लागि पुस्तकका पाना पल्टाउनु पर्दैन । अँध्यारोमा बस्नु पर्दैन । एकैछिनमा आकाशमा उडेरयात्रा गर्न सकिन्छ । प्रविधिले मानिसलाई निकै उचाइमा पुराएको छ । अब यो उचाइ फिर्ता हुँदैन । किनभने मानिस प्रविधिमुखी छ । अनेकखाले सिपहरू विकास गर्दैछ । दक्षता हासिल गर्दै गएको छ । दिन प्रतिदिन नयाँ सिप आर्जन गर्दैछ । यहाँसम्म कि एउटा सानो बच्चाले पनि रोबोर्ट निर्माण गर्न सक्ने भएको छ ।
प्रविधि भनेको विज्ञान हो । यो सबैको लागि आवश्यक हुन्छ । आजका दिनमा विज्ञान प्रविधिविना मानिसलाई काम गर्न गाह्रो हुन्छ । खेत जोत्न टेक्टरचाहिन्छ । त्यसको अभावमा कृषि कार्य गर्न सकिँदैन । गोडमेल गर्नको लागि कोदाली, फरुवा, हँसिया, दाँते आवश्यक हुन्छ । ती पनि प्रविधिका अंग हुन् । हलो, जुवा, फाली सबै प्रविधिका अबयवहरू हुन् । कसैको महŒव बढी हुन्छ । कसैको कम हुन्छ । तर, सबैको आवश्यकता भने हुन्छ । आजभोलि मानिसले एक महिनामा सय तलाको आधुनिक घरनिर्माण गर्न सक्छ प्रविधिको सहारामा । एक दिनमा हजारौँ थान गाडी निर्माण गर्न सक्छ । यसरी प्रविधिले फड्को मारेको छ । अहिले सबैभन्दा बढी विकास सञ्चारक्षेत्रमा भएको छ । कम्प्युटर, इण्टरनेट, टेलिकम, साइबर, फेसबुक लगायतका प्रविधिमा अत्यधिक विकास भएको छ । यसले विश्वलाई निकै खुम्चाएको छ । प्रविधिमा प्रबेश गर्दै गरेको वर्तमान कार्यविधि सम्मानयोग्य छ । सेवाग्राहीलाई यो विधिले निश्चितै सजिलो रपारदर्शी हुन्छ । भ्रष्टाचारहुने सम्भावना रहँदैन । छिटो छरितो हुन्छ । कागजातहरूमा शंका रहँदैन । कम्प्युटरले काम गर्ने भएकोले विल, भरपाइहरू दुरुस्त हुन्छ । कर्मचारीबाट खुद्रा पैसा फिर्ता नदिने चलन छ । त्यसमा शंका रहँदैन । प्रविधिमा जाँदा यी फाइदाहरू देखिन्छन् ।