ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

रणउजेश्वरी विजय जात्रा (सम्पादकीय)

१८ भाद्र २०७५, सोमबार
१८ भाद्र २०७५, सोमबार

पाल्पाको भैरवस्थानमा गरिने सिन्दुर जात्रा नेपालकै उच्च जात्रामा गणना गरिएको जात्रा हो । कतिपय जात्राहरू आध्यात्मवादी मिथकसँग जोडिएर आएका छन् । जसको तिथिमिति हुँदैन । जसले जुन कथा, कहानी जोडे पनि मिल्छ । ती जात्राका लागि जात्रा हुन् । तर, पाल्पाको रणउजेश्वरी भगवती जात्रा नेपालको स्वाभीमान, नेपालीहरूको बीरता, त्याग र बलिदानसँग जोडिएको छ । त्यसैले यो जात्राको लागि जात्रा नभएर राजनैतिक महŒव रहेको छ । यसको सम्बन्धमा कसैले मिथक कहानी बनाउन सक्तैन । काल्पनिक जलप लगाउन सक्तैन । यो इतिहासमा लिपिबद्ध भएको बीरतासँग जोडिएको छ । भारतलाई खर्लप्प निलेको बेलायती साम्राज्यवादले नेपाललाई पनि निल्न चाहन्थ्यो । अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपाललाई विभिन्न ठाउँबाट आक्रमण गर्दै १८१४–१८१६ सम्म युद्ध सञ्चालन गरेको थियो । दुई बर्षसम्म चलेको यो युद्धमा उसले बुटवलमा रहेको पाल्पाली सेनालाई परास्त गर्न चाहन्थ्यो । जुन सेना कर्नेल उजीर सिंह थापाको कमाण्डमा थियो । उजीर सिंहले युद्धमा भाग लिनुअघि भैरवस्थानमा गएर रणउजेश्वरी भगवतीसंग अंग्रेज सेनालाई हराउने शक्ति देउ, फर्केर आएपछि तिम्रो सिन्दूर जात्रा गर्नेछु भनी शक्ति मागेका थिए । नभन्दै उनले अंग्रेज सेनालाई युद्धमा परास्त गर्न सफलता पाए । अंग्रेज सेनाले थुप्रै क्षतिकासाथ बुटवलमात्र हैन, नेपाललाई छुन सकिँदैन भनेर सुइकुच्चा ठोक्यो । त्यसपछि भाकलअनुसार पाल्पा गएर उजीर सिंहले भगवतिको सिंदूर जात्रा निकाले । त्यो जात्रा निकालेको दिन आज भदौ १८ गते हो । त्यसयता निरन्तर रूपमा सिन्दूरजात्रा निकाल्ने परम्परा बसेको हो ।
भनिन्छ कर्णेल उजीर सिंह थापा युद्धकलाका पारखी थिए । उनले सेनालाई युद्धको समुचित कला त सिकाउने नै भए, स्थानीय जनतालाई पनि युद्धकला सिकाउने गर्थे । भारतमा आई कब्जा जमाएको अंग्रेज सेनाले कुनै पनि बेला नेपालमाथि आक्रमण गर्न सक्छ र नेपाल राष्ट्रमा अंग्रेजको हुकुमत चल्न सक्छ भनेर उनी सशंकित थिए । पश्चिम नेपालमा अंग्रेजले कतिपय नाकामा आक्रमण गर्दै नेपालीलाई मार्दै अघि बढेको अवस्था पनि थियो । बलभद्र कुँवरले नेतृत्व गरेको सेना तथा स्थानीय गाउँलेलाई पानीको मुहान नै सुकाइदिएर वलभद्रलाई आफ्नो कब्जामा लिएको थियो । बलभद्रले आत्मसमर्पण गर्न नस्वीकारेका कारण मारिएको थियो । जनरल उडले नेतृत्व गरेको अंग्रेज सेना जब बुटवलको आक्रमणको लागि अगाडि बढ्यो तब कर्णेल उजीर सिंहले गाउँलेहरूलाई जागृत गरेर रातको समयमा हातमा राँको बालेर नुवाकोटको बाटोबाट बुटवलतर्फ झर्न लगाए । मानिसहरूले दुई हातमा राँको बालेर जंगलबाट तल झरेको देखेपछि अंग्रेज फौज सशंकित भयो । राँको बाल्ने गाउँले जनतामात्र थिएनन् । त्यहाँ गाई गोरु पनि राँकोमा सिंगारिएका थिए । गाई गोरुका सिंगमा राँको बालेर जंगलमा धपाइएको थियो । जुन दृश्य देखेर अंग्रेज फौजको सातो उड्यो । यो मानसिक दबाब दिने तरिका थियो । सो फौज परास्त भएर भाग्नुको पछाडि एउटा कारण पशु जुलुस पनि रहेको थियो । उजीर सिंहले यस्ता सैन्य उपायहरू आविस्कार गरेको कारणबाट पनि जीतगढीको लडाइँमा धेरै मानवीय क्षति भएन ।
हुन त सबैजसो जात्राहरूको पछाडि कुनै न कुनै कारणहरू जोडिएका हुन्छन् । जात्रा भनेपछि त्यो विजय जुलुस नै हुन्छ । कसै न कसैको विजय उत्सबसँग गाँसिएको हुन्छ । कतिपय मिथक कथामा पनि आधारित होलान् । तर, पाल्पाको रणउजेश्वरी भगवति जात्राले नेपालको गौरवगाथा बोकेको छ । नेपालीहरूको बीरता, युद्ध कला, युद्ध चातुर्यता बोकेको छ । राष्ट्रको स्वाभीमान जोगाउन सेना नायकले कस्ता रणनीति अवलम्बन गर्नुपर्छ भन्ने एउटा पाठ पढाएको छ । नेपालका वर्तमान तथा भाबी पुस्तालाई राष्ट्रियता के हो, राष्ट्रको अस्मितामाथि धावा बोल्नेलाई कसरी परास्त गर्न सकिन्छ भन्ने पाठ सिकाएको छ । तर, दुर्भाग्य भनौँ, यो इतिहासलाई नेताहरूले भाषणको विषय त निश्चितै बनाएका छन् । तर, राष्ट्रियताको पाठ भने सिक्न सकेनन् । सत्तामा बस्नका लागि विदेशी शक्तिसँग जस्तो पायो त्यस्तै सन्धि सम्झौता गर्दै आएका छन् । नेपालस्थित दुताबासहरूमा राजदूतलाई कुर्णेश गर्न एका बिहानै ताँती लाग्न पुग्छन् । लौ न प्रभू, हामीले के सेवा गर्नुपर्छ गर्छाैं, हाम्रो कुर्ची डग्मगाउनु भएन भनेर धनुषटंकार झैं झुक्छन् । पैसा भरिएका सुटकेशहरू ओसार्छन् । नेताहरूका यस्ता घिनलाग्दा मगन्ते स्वभावले गर्दा उजीर सिंह, बलभद्र जस्ता राष्ट्रवादी सेनाको उचाइ घटाएको छ । भोलि नेपालमाथि कसैले कुदृष्टि लगाउँदा कसले नेपालको रक्षा गर्ला भन्ने प्रश्न उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?