© २०२३
बुटवल उपमहानगरपालीका–११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सकेण्डरी बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक तोयाराम पौडेलले विद्यालयको होस्टेलमा बस्ने एक छात्रालाई यौन दुव्र्यहार गरेका छन् । होस्टेलमा बस्दै आएकी ति छात्रालाई होस्टेलमै गएर प्रधानाध्यापक पौडेलले विभिन्न तरिकाले यौन दुव्र्यहार गरेको पिडीत छात्राले बताएकी छिन् । कक्षा १० मा पढने एक छात्राले बिदामा घर गएकाबेला आफु होस्टेल नबस्ने भन्दै अभिभावक संग गुनासो गरेपछी अभिभावकले सोधपुछ गर्दा उक्त कुरा बाहिर आएको हो ।
होस्टेलमा बस्दै आएका छात्राहरुलाई प्रधानाध्यापकले राती कोठामा बोलाउने र सरीर छामछुम गर्ने गरेको भन्ने गुनासो गरेपछी घटना बाहीर आएको हो । शिक्षक जस्तो मान्छेले बालबालीमाथी यस्तो कुर्मम गरेको भन्दै स्थानिय गाउलेले स्कुल घेराउ गर्दै कारवाहीको माग गरेका छन् ।
पिडीत बालिकाले गलत सिक्षकलाई कारवाही गर्नुपर्ने बताईन् । ‘शिक्षादिने ठाउमा पापी रहेछ, कारवाही गर्नुपर्छ ’–उनले भनिन् । बुधबार सयौको संख्यामा विद्यालयमा गएका अभिभावकहरुले विद्यालय घेराउ गरेकाछन आरोपित प्रधानाध्यापक पौडेल लाइ प्रहरीले नियत्रन्णमालिएको छ । इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले आरोपित लाई नियत्रणमा लिएर अनुसन्धान भैरहेको जानकारी दिए ।