ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पुर्वाधार अभाव झेल्दै पाल्पाको सत्यवती मन्दिर

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

बुटवल, १४ कार्तिक ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समेत सरोकारको विषय बनेको पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ४ मा रहेको सत्ववती मन्दीर तालले पुर्वाधार अभाव झेलिरहेको छ । तीनवटै सरकारको चाँसोमा परेको भएपनि प्रयाप्त मात्रामा बजेट विनियोजन नहुँदा यो क्षेत्रमा रहेका पुर्वाधार अधुरा रहेका छन् भने सडक पुर्वाधारबाट सहज रुपमा पुग्न सकिने अवस्था रहेको छैन । विश्वमै पहिलो र एक मात्रै रात्रीको समयमा बाँसको लिंङ्गो सहित चिच्चाएर बर मागेमा ‘सत्यवती बजैले मनोकामना पुरा गरिदिने’ जनविश्वास रहेको यो धार्मिक क्षेत्रमा प्रत्येक बर्ष लाखौंको संख्यामा धार्मिक पर्यटन जाने गर्दछन् । यद्यपी सडक पुर्वाधारको समुचित व्यवस्थापन नहुँदा पैदल नै उक्त क्षेत्रमा जानुको विकल्प नभएको हो ।

धार्मिक पर्यटकिय महत्व बोकेको पाल्पा तिनाउ गाउपालिका वडा नं ४ स्थित सत्यवती मन्दिर पुर्वाधार विकास र सडक संजालमा जोडिन नसक्दा पछि परेको छ । प्राथमिकतामा रहेर प्रत्येक वर्ष ३ तहकै सरकारबाट बजेट बिनियोजन भएपनि कामले गति लिन सकेको छैन । वर्षेनी हजारौ धार्मिक पर्यटकहरुलाई सास्ती हुने गरेको छ । वार्षिक लाखौ बजेट परेपनि पुर्वाधार विकास सुस्त गतिमा छ ।
आईतबार मन्दिर परिसरमा भेटिएका पोखराका मीन भण्डारी निक्कै सास्ती ब्यहोरेर मन्दिरमा पुजा गर्न आएको बताए । ४० वर्षअघि मन्दिरमा सत्यवती बजैसंगै चिच्याएर गरेको भाकल पुरा भएर मन्दिर आएको बताए । ‘मन्दिरमा सत छ ।’– उनले भने । धेरै वर्षपछि आउदा सडक संजाल निमार्णको क्रम भएपनि बाटो अप्ठयारो भएको उनको दुखेसो छ । धेरै कठिनाई झेल्दै चारपाग्रेमा मन्दिरसम्म आएको उनले बताए । सरकारले पुर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
तिनाउ गाउपालिकाका वडा नं ४ का स्थानिय बल बहादुर सुनारी चुनाव जितेपछि नेताहरु विकास गर्न भुल्ने गरेको दुखेसो गरे । मन्दिरमा लाग्ने मेलामा पुजासामग्रीहरु बासको लिगो, फलफुलहरु बिक्रि गर्ने उनि सडक नै सबैभन्दा पहिलो आवश्यकता भएको बताउछन । सडक बन्न सके धेरै पर्यटक भित्रने उनको दाबी छ । पहिले पहिले वर्षमा एक पटक मेला भर्ने भएपनि अहिले टाढाटाढा भक्तजनहरु हरेक महिनाको पुर्णिमामा दर्शन गर्न आउने उनले बताए । धार्मिक पर्यटकहरुलाई सडक पुर्वाधार र सेवा दिन सके यसबाट स्थानियलाई फाईदा मिल्ने उनको तर्क छ ।
वार्षिक लगानी ३० लाख रुपैया बढि बजेट बिनियोजना भैरहेको मुल मन्दिर पुर्ननिमार्ण गरेर भब्य बनाउनुपर्ने आवश्यकता रहेको सत्यवति मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहा बताउछन । ‘पुर्वाधार विकास सुस्त गति छ ।’– उनले भने । निर्वतमान जनप्रतिनिधिसमेत रहेको उनि विकासमा राजनीति र कर्मचारी बाधक भएको दाबी गर्छन । संघिय सरकारबाट पुर्वाधार निर्माणमा परेको १ करोड बजेटबाट ताल वरपर सडकपेटी बनाउने, पोखरी बिस्तार, प्रतिक्षालय निर्माण गर्ने जस्ता कामहरु भएको उनि बताउछन । राष्ट्रिय तालतलैया योजनाबाट ३० लाख रुपैया बजेट, पर्यटन मन्त्रालयबाट १० लाख रुपैया बजेटबाट वाल निर्माणका लागि ३ वर्ष अघि र चुरे संरक्षण अन्तरगत पर्यटन मन्त्रालयबाट समेत बजेट बिनियोजन भैरहेको उनले बताए । गाउपालिकाबाट १० लाख र १५ लाख गरि दुईपटकमा सौचालय निर्माण भएको उनि बताउछन । यसैगरि भेटि आम्दानीबाट पुजारी, पुजा खर्चसहित अन्य पुर्वाधारमा लगाईएको उनले बताए ।
तिनाउ गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठ आफुहरुको पहिलो प्राथमिकता सडक संजालले मन्दिर र गाउलाई जोड्ने भएको बताउछन । प्रदेश सरकार र स्थानिय सरकारको पहलमा ५० लाख रुपैया बजेट बिनियोजना भएर सत्यवति धार्मिक पर्यटिकय पहुच मार्ग टेण्डर भैसकेको उनले बताए । पाच वर्षभित्र बाटो ब्यवस्थापन गर्ने प्रतिवद्घता जनाएका उनले वर्षामा सम्पर्क विहिन वडाको रुपमा पहिचान बनाएको सो क्षेत्रलाई पहुच मार्गमार्फत जोड्ने बताए । बहुवर्षिय योजनामा राखेर २ करोड २५ लाख रुपैया बजेटमा गोरबन्दी खोला पुल निर्माणको काम अघि बढेको उनले बताए । यसैगरि सो क्षेत्रमा दुई वटा केबुलकार निर्माणको स्वीकृति लिएर काम अघि बढेको उनले बताए । चाडो काम हुन सके यो क्षेत्र मनकामना मन्दिर जसरी नै धार्मिक पर्यटन विकास हुने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?