© २०२३
सशस्त्र द्वन्द्वबाट सबभन्दा वढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्ष आत्महत्याको मात्रा बढ्दै गएको छ । जिल्लामा प्रत्येक महिना कम्तिमा २ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाको अभिलेख अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा ६६ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३/०७४ समेत यो संख्या ६६ मै स्थीर रहन पुगेको थियो भने आर्थिक वर्ष २०७४÷०७५ मा आत्महत्या गर्नेको संख्या ६१ रहेको थियो । अघिल्ला दुई वर्षको तुलनामा पछिल्लो वर्ष आत्महत्या गर्नेको संख्यामा केही कमी देखिएको छ । आत्महत्या गर्नेहरूले झुण्डीने र विष सेवन गर्ने गरेको देखिएको छ । आत्महत्याको प्राकृती अनुसार झुण्डीएर आत्महत्या गर्नेको संख्या धेरै छ । उमेरको प्रकृती अनुसार ६० प्रतिशत वढी १६ देखी ३० वर्ष उमेर समूहका रहेका छन् । चालु आर्थिक वर्षमा आत्महत्या गर्ने मध्ये पुरुषको संख्या वढी रहेको वताइएको छ ।
गरिवी, वेरोजगारी,वैदेशिक रोजगारी तथा घरायसी द्वन्द्वका कारण आत्महत्या हुँदै आएकोमा जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावितहरूले गर्ने आत्महत्याको दर बढ्न थालेको वताइएको छ । सशस्त्र युद्धबाट राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिहरूले लामो समय हुँदा समेत न्याय नपाउँदा विरक्तीएर आत्महत्या गर्न वाध्य हुने गरेको वताइएको छ ।
जिल्लाका ४ स्थानमा रहेका अपराध अनुसन्धान ईकाईमा परेका आत्महत्याका घटना मध्ये सवभन्दा वढी पूर्वी रोल्पाको सुलिचौरमा देखिएको छ । सुलिचौरमा अघिल्लो वर्ष भएका १७ आत्महत्याका घटना मध्ये १४ वटा झुण्डीएका र ३ वटा विष सेवन गरेका थिए । यसैगरि दक्षिण रोल्पाको होलेरीमा भएका १६ घटना मध्ये ६ वटा झुण्डीएको र १० वटा विष सेवन गरेका थिए । पश्चिम रोल्पाको घर्तीगाउँमा दर्ता भएका १३ वटा आत्म हत्याका घटना मध्ये ४ वटा झुण्डीएको र ९ वटा विष सेवनका थिए । जिल्ला प्रहरी कार्यालय रोल्पामा दर्ता भएका १५ वटा घटना मध्ये ११ वटा झुण्डीएको र ४ वटा विष सेवनको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
द्वन्द्व प्रभावितहरूका लागि विभिन्न मनोसामाजिक परामर्श दिँदै आएको भए पनि सवै द्वन्द्व पिडित सम्म पुग्न नसक्दा त्यसो हुन सक्ने द्वन्द्व पिडित पुर्ण पुनले वताए । मनोसामाजिक परामर्शका साथै जीविकोपार्जनमा समेत सहयोग नगरे यो समस्या आगामी दिनमा अझै विकराल वन्दै जाने पुनको भनाई छ । आत्महत्या न्यूनिकरण गर्ने भन्दै जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकायले जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको भएपनि अभियान प्रभावकारी हुन नसकेकोमा देखिएको छ । लामो समय सम्म द्वन्द्व व्यवस्थापन हुन नसक्दा त्यसको असरको रूपमा आत्महत्या देखिँदै गएको बताइन्छ ।
à