© २०२३
धार्मिक मेलाको आडमा खोलाबाट ढुंगा, बालुवा र मिस्कट चोरी भइरहेको प्रति जिससले सम्बन्धित वडाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएको छ । धार्मिक मेलाको आडमा प्राकृतिक सम्पदा चोरी गराउने प्रति ध्यानाकर्षण गराउँदै ती कार्य तत्काल रोक्नका लागि निर्देशन समेत दिएको हो । जिल्लाको सुनवल नगरपालिका स्थित बाबा बर्दगोरियामा तीजको अवसर पारी धार्मिक पर्यटकलाई आकर्षित गर्नका लागि मेलाको आयोजना गर्ने नगरपालिकाले निर्णय गरेको छ । विगत एक दिन तीजको अवसरमा मेला लाग्दै आएको हुँदा सो स्थानमा धार्मिक महोत्सव गर्ने नगरपालिकाले योजना अगाडि सारेको थियो । सो महोत्सवमा एक सातासम्म धार्मिक मेला आयोजना गर्ने सुनवल नगरपालिकाले जनाएको छ ।
मेला क्षेत्रमा केही खाल्टाहरु पुर्नका लागि खोलाबाट मिस्कट झिक्ने गरि प्रशासन र प्रहरीसंग अनुमति माग गरेर साता देखि खोलाबाट मिस्कट निकाल्ने कार्य भइरहेको स्थानियले गुनासो गरेपछि जिसस प्रमुख शिव शंकर रायले निकासी हुने सुनवल १३ का वडा अध्यक्ष कृष्ण देवकोटाको ध्यानाकर्षण गराउँदै रोक्नका लागि निर्देशन दिएका छन् । सुनवल नगरपालिकाका प्रवतmा समेत रहेका देवकोटालाई जिसस प्रमुख रायले भने, खोलामा भएको चोरी तस्करी प्रति निगरानी बढाउनुस, धर्मको नाममा पाएको छुटको दुरूपयोग गर्न नदिनुस् । यसले धार्मिक क्षेत्रलाई समेत बदनाम गराउने छ ।
सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्री (भरत) विदेश भ्रमणमा रहेको बेला मेला स्थलमा काम हुदा पाएको सुविधाको दुरूपयोग गरि स्थानीय खोला तस्करहरूले मिस्कट निकासी गरि स्थानिय क्रसरमा विक्री गर्ने र केही स्थानमा लुकाई भण्डारण गर्ने गरेका छन् ।
मेला स्थालमा मिस्कटको आवश्यकता देखाएर खोलामा चोरी निकासी गर्नु गराउनु धर्मको स्थानमा अपराध भई रहेको स्थानियले बताए । जिसस प्रमुख रायले निर्देशन दिइने क्रममा देवकोटाले खोलाबाट चोरी तस्करी हुने गरेको घटनाबारे अनभिज्ञता प्रकट गरेका थिए । तर प्रमुख रायले सुनवलबाट सुचना जिससमा आई पुग्नु र स्थानिय जनप्रतिनिधिले थाहा नपाउनु विचको रहस्य प्रति पनि शंका रहेको सुनाए ।उनका अनुसार भुमही स्थित ट्रफिक प्रहरी कार्यालय नजिकैबाट सोमवार १० बजे लु १ क २६५४ नम्बरको ट्रकमा भुमही खोलाबाट मिस्कट लिएर स्थानिय त्रिवेणी क्रसर उद्योग तर्फ गएको सुचना जिससमा प्राप्त भएको थियो । सो सुचनाको आधारमा प्रमुख रायले तत्कालै प्रहरीलाई खोलामा निगरानी बढाउनका लागि निर्देशन गरेका थिए । à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी