© २०२३
स्थानीय तहमा निर्वाचित भएपछि जनताका गुनासो सुन्न तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे गाउँमा पुग्ने गरेको समाचार बाहिर आएको छ । मेयर पाण्डेले जनताका गुनासा सुनिसकेपछि जनताको सुखदुःखमा सधै साथ रहेर काम गर्ने बताएका पनि छन् । जनताकहाँ पुग्दा तुलसीपुर उप महानगरपालिका पशुपालक वसन्तकुमार शर्माले कृषकले उत्पादन गरेको कृषिजन्यबस्तुको मूल्य निर्धारण गर्न नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो सुनाए । कृषि उत्पादन भएपनि मूल्य नपाएको आफैले उत्पादन गरेको बस्तुको मूल्य तोक्न आफूहरूले पाउनुपर्ने माग उनीजस्ता किसानले गरेका छन् । विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले सानासाना योजनालाई पनि समेटेर अगाडि बढाउनलाई मेयरलाई सुझाव दिए । विजौरीकै अर्का नागरिक कमानसिंह डाँगीले सामुदायिक विद्यालयको अवस्था खस्किँदै गएकाले शैक्षिक सुधारका लागि पहल गर्नुपर्नेमा गुनासो सुनाए । विजौरीकै लेखनाथ खत्रीले वेलझुण्डी खानेपानी नेतृत्वविहिन भएकाले त्यसलाई निकास दिनका लागि आग्रह गरेका छन् । दुधरासका टेकबहादुर चौधरीले छाडा गाइवस्तुका कारण बालीनालीमा नोक्सानी भएको गुनासो राख्दै उप महानगरपालिकालाई त्यसको नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् ।
यी त तुलसीपुर उपमहानगरका केही व्यक्तिले मेयर पाण्डेसँग राखेको सल्लाह, सुझाव र गुनासाहरू मात्र हुन् । यसका साथै स्थानीयले कृषि शाखाले राम्रो व्यवहार नगरेको, पहुँचको भरमा बजेट बाँडिएको, मादक पदार्थ सेवन गरेर पुरुषहरूले महिलालाई दुःख दिने गरेको, करका कारण जनतालाई अफ्ठेरो परेको जस्ता धेरै गुनासोहरू पनि सुनाए छन् । गाउँमै स्थानीय सरकार प्रमुखलाई गुनासो सुनाउन पाएकोमा मेयर पाण्डेप्रति स्थानीय खुसी भएका छन् । स्थानीयलाई आफूले गुनासोलाई मध्यनजर गरी काम गर्ने विकास निर्माणका काममा अनुगमनलाई प्राथमिकता दिने जस्ता प्रतिवद्दता मेयर पाण्डेले जनाएका छन् ।
चुनाव हुने, जनप्रतिनिधि छानिने तर विकास निर्माण र जनताका काम नहुने रोग हाम्रो समाजको पुरानो रोग हो । त्यसैगरी जनतालाई थामथुम पार्नका लागि कहिलेकाही गाउँमा जाने र आश्वासन दिने फर्किने क्रम अहिलेपनि कतिपय स्थानीय तहमा देखिँदै आएको छ । सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले जनतालाई धेरैदिन यसरी छक्याउन र जनताका समस्या पन्छ्याउन हुँदैन । तुल्सीपुरका मेयर पाण्डेले चुनाव सकिएको बर्षदिनपछि स्थानीयसँग गुनासो सुन्न गाउँमै पुगेको बिषय प्रशसनीय छ । उनले यसलाई निरन्तरता दिँदै चुनाबी नारालाई सम्झिदै, जनताको गुनासोलाई मध्यनजर गर्दै काम गर्न जरुरी छ । जनप्रतिनिधि भएको बर्षदिनको अनुभव पनि प्राप्त भएको अवस्थामा उनले यसरी काम गर्न सकेनन् भने उनको यो गुनासो सुन्ने कार्यक्रम पनि एउटा नाटक मञ्चनको श्रृंखला हुनेछ । स्थानीय सरकारको प्रमुख भएको बर्षदिन पुग्दा धेरै पटक विदेश अध्ययन भ्रमणका लागि खर्चेका पाण्डेले त्यहाँको अनुभवलाई आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने अवसर पनि छ । जनतासँग पुगेर आफूलाई सच्याउने, आफ्नो सरकारको काम कारबाहीमा भएको गल्तीलाई सच्याउन सके तुलसीपुर उपमहानगरपालिका अरू स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । मुलुक संघीयतामा गएसँगै नयाँ अभ्यास गरिरहेका, अलमलमा परिरहेका स्थानीय तहका लागि तुलसीपुर सिकाइको केन्द्र बन्न सक्छ । यसतर्फ तुलसीपुरका मेयर र जनप्रतिनिधिले ध्यान पु¥याउन । तुलसीपुर उपमहानगरलाई शुभकामना ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी