© २०२३
जनैपूर्णिमा भन्दासाथै यो ब्राह्मणहरूको पर्व हो भन्ने बुझिन्छ । किनभने जनैको जन्मदाता ब्राह्मण समुदाय हो । धार्मिक कथनअनुसार ब्राह्मण ब्रह्माको मुखबाट जन्मेको हो । ब्रह्मालाई अर्को शब्दमा बेद पनि भनिन्छ । ब्रह्माको जिब्रोमा ज्ञानको भण्डार रहेकोले ब्राह्मणले आफूलाई उनको मुखबाट जन्मेको दाबी गरेका हुन् । यद्यपि बिज्ञानले मानवको उत्पत्तिलाई एप बानरबाट मानिसमा संक्रमण भएको पुष्टि गर्दछ । ब्राह्मणले आफूलाई ज्ञानको सागर भनाउन, अरूलाई ज्ञान सिकाउने गुरु बन्ने क्रममा यसरी मानिसलाई विभाजन गरिएको थियो । ब्राह्मण भनेर कसरी अरूबाट अलग रूपमा देखिने वा चिनिने त ? त्यसको लागि जनै लगाउने परम्परा बसालियो । त्यो काम आजकै दिन शुरु भएकोले जनैपूर्णिमा नाम दिइयो । पर्वहरूमा यो सबैभन्दा जेठो र साकाहारी पर्वको रूपमा लिने गरिन्छ । अघिल्लो दिन नै ब्राह्मणहरूले केस मुण्डन गर्ने, एक छाकमात्र खाना खाने गर्दछन् भने पूर्णिमाको दिनमा नजिकको घाट तथा तलाउहरूमा भेला भएर विभिन्न मन्त्रोच्चारण गर्दै स्नान गर्ने, महादेवको प्रतिमा स्थापना गरी सामुहिक रूपमा पूजापाठ गरी पुरानो जनै त्यागेर नयाँ जनै लगाउने, गुरु पुरोहित वा ज्वाइँचेलाबाट नाडीमा डोरो बाँधेर दान दक्षिणा गरेरमात्र प्रसाद लिने गर्दछन् । यसरी नै तराईतिर यो पर्वलाई राखी भन्ने गरिन्छ । राखी दिदी बहिनीले आफ्ना दाजुभाइको हातमा बाँधिदिने धागो हो । यसले दुबैपक्षबीच गहिरो सम्बन्ध विकास गर्छ भन्ने मान्यता छ । मानिसले जुनबेला कपासबाट धागो उत्पत्ति ग¥यो र त्यसलाई प्रयोग गर्न जान्यो त्यसबेला देखि नै जनै लगाउने परम्परा शुरु भएको हो । जनै लगाउने काम आठ बर्षको उमेरदेखि शुरु हुन्छ । जनै लगाइदिएपछि बालकहरू पढ्नका लागि गुरुकूलमा जान योग्य भएको मानिन्थे । जनै लगाउनुको अर्थ उसले अरूले छोएको, पकाएको खाना खान्थेन । आत्मनिर्भतातर्फ जानै पथ्र्यो । घरमा बाबुआमासँग बस्न पाइँदैनथ्यो । कतिपय अवस्थामा त भिक्षाटनमा पनि जानुपथ्र्यो । त्यसैले ब्रतबन्ध गर्दा भिक्षा कसरी माग्ने भनेर सिकाउने चलन रहेको छ । खाना पकाउने, खाने, दाउरा पानी आगो जुटाउने, खाएका, पकाएका भाँडा सफा गर्ने काम आफै गर्नुपथ्र्यो । जनै लगाउनुले मानिसलाई आठ बर्षको उमेर देखि नै आफ्नो खुट्टामा उभिन सिकाउँथ्यो । साथै गुरुकूलमा विद्या सिक्ने, ब्यवहार सिक्ने, जीवनकला सिक्ने काम पनि एकैसाथ हुन्थ्यो । यसलाई सानै उमेर देखि गरेको त्यागको रूपमा पनि लिन सकिन्छ । कृषियुगको शुरु देखि चल्दै आएको जनैपूर्णिमाको पुरानो परम्परा अहिले लोप हुँदै गएको छ । पूँजीवादी युगले मानिसलाई शहरहरूमा कामको खोजीमा दौडाएको छ । जनै लगाउने चलन पनि हट्दै गएको छ । ब्राह्मणवादी परम्पराको रूपमा नेताहरूले आलोचना गरेका हुन्छन् । मानिसले मानिसलाई जातीय विभाजन गर्ने पर्वको रूपमा हेर्ने गरिन्छ । यो पर्बले अलिकति त्यो भाव पनि नबोकेको हैन । तर, जनै लगाउनुका थुप्रै बैज्ञानिक कारणहरू पनि छन् । पहिलो कुरा त यसले मानिसलाई सरसफाइमा ध्यान दिन उत्प्रेरित गर्छ । दोस्रो कुरा आत्मनिर्भरतातर्फ डोराउँछ । शिक्षा आर्जन गर्नुपर्छ भनेर गुरुकूलमा पठाउँछ । धागोको महत्व के हो भन्ने कुरा सिकाउँछ । सात्वीक जीवन जिउन सिकाउँछ । जुन मानिसका आधारभूत आवश्यकताहरू हुन् । पर्वहरू सबै समुदायसँग जोडिएका छन् । कसैका धेरै छन् कसैका थोरै छन् । गाउँघरका बुढापाकाहरूले अहिले पनि जनैपूर्णिमालाई महत्वकासाथ मनाउने गर्दै आएका छन् । जनै लगाउने चलनलाई उनीहरूले जोगाएका छन् । डोरो बाँध्ने, जेजमानहरूका घरमा गएर बाँधिदिने चलन हराएको छैन । अहिलेका ब्राह्मण युवापिँढीहरू पनि बृद्ध भएपछि त्यसैलाई अँगाल्छन् । किनभने धर्ममा उनीहरूको पनि आस्था छ । तर, अंग्रेजी शिक्षाले संस्कृतमा लेखिएका अक्षरहरूलाई लयात्मक ढंगबाट पढ्न समस्या भने आउँछ । प्रक्रिया नपुराइएका बजारमा बेचिने जनै किनेर लगाउने चलन अहिले भित्रिएको छ । यसले जनैपूर्णिमाको महŒवलाई निषेध गर्दै लगेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी