© २०२३
जिल्लामा झोलुङ्गे पुल विस्तार भए संगै खोला तर्दा हुने जोखिम समेत घट्दै गएको छ । झोलुङ्गे पुलको अभावमा खोला तरेर आवत जावत वाध्य रोल्पालीहरू हरेक वर्ष अकालमै ज्यान गुमाउने समस्यावाट मुक्त भएका छन ।
ठाडो भौगोलिक वनावट रहेको जिल्लाका अधिकांश खोला पनि ठाडा रहेका छन् । आवतजावत गर्दा खोलाले वगाउने समस्या व्यहोर्दै आएका जिल्लावासी पछिल्लो पटक भने त्यस्तो समस्यावाट मुक्त भएका छन । जिल्ला समन्वय समिति रोल्पाले झोलुङे पुल सहयोग कार्यक्रम संचालन गरे संगै जिल्लाभर झोलुङ्गे पुलको विस्तार भएको छ । पुलका कारण आवत जावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम संचालन गरेको बताइएको छ ।
जिल्लामा हाल सम्म २०७ झोलेङ्गे पुल निर्माण भईसकेको छन । प्रति पुल निर्माणका लागी २५ लाख देखी ४५ लाख सम्म खर्च हुने गरेको झोलुङ्गे पुल सहयोग कार्यक्रमका प्राविधिक तीलक केसीले जानकारी दिए । ट्रस्ट पुल कम लागतमा तयार भए पनि झोलुङ्गे पुलमा अत्यधिक वजेट खर्च भईरहेको छ केसीले भने । पुराना पुल मर्मत गर्ने र नयाँ निर्माणका लागी समेत समुदायवाट माग आइरहेको केसीको भनाई छ ।
हालसम्म सुनछहरी गाउँपालिकामा सवभन्दा धेरै झोलुङ्गे पुल निर्माण गरिएको छ । हाल सम्म सो गाउँपालिकामा ६० वटा झोलुङ्गे पुल निर्माण भईसकेको वताइएको छ । यसैगरि दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिकामा जिल्लामै कम झोलुङ्गे पुल निर्माण भएको देखिएको छ । रुन्टीगढी गाउँपालिकामा हाल सम्म जम्मा ६ वटा झुोलुङ्गे मात्र निर्माण भएको वताइएको छ ।
जिल्लाको दुर्गम भूगोललाई प्राथमिकता दिएर काम गरेका कारण उत्तरपूर्वी रोल्पामा वढी मात्रामा झोलुङ्गे पुल वनेको झोलुङ्गे पुल निर्माणमा प्राविधि सहयोग गर्ने स्थानीय गैसस विकास सरोकार समाज रोल्पाका अध्यक्ष कर्ण वाँठाले जानकारी दिए । पुल निर्माण तथा मर्मतका लागी जन स्तरवाट माग आईरहेका छन वजेट र प्राविधिक जनशक्ति अपुग छ वाँठाले भने ।
झोलुङ्गे पुल निर्माण पछि जिल्लामा खोलाले बगाएर मृत्यु हुनेको संख्या घटेको छ अध्यक्ष वाँठाले भने । सुरक्षित र सहज यात्रामा झोलुङ्गे पुलले राम्रो फाईदा दिएको छ वाँठाले भने । स्थानीय जनताले काठको अस्थायी पुल तथा फड्के बनाउँदा हरेक वर्ष वनजंगलको समेत नास हुदै आएकोमा पुल निर्माणले स्थायी समाधान दिनुको साथै जंगल विनास हुनबाट समेत जोगिएको वताइएको छ ।
पुल निर्माण पछि सुरक्षित यात्रा गर्न पाएकोमा सूर्योदय आधारभूत विद्यालय धवाङ्गका शिक्षक वुद्धिराम केसीले खुसी व्यक्त गरे । २० वर्षे जागिर अवधिमा १९ वर्ष खोला तरेरै आवतजावत गरियो, अघिल्लो वर्ष पुल वनेकाले सजिलो भएको छ केसीले भने । वर्षातको मौसममा निकै चूनौती मोलेर खोला तर्न वाध्य भयौ केसीले भने । पुल अभावका कारण सोही खोलामा वगेर कैयौं मान्छेले ज्यान गुमाएको तथा घाईते भएको केसीको भनाई छ । हरेक वर्ष स्थानीय जनताले वनका ठूलठूला रुख काटेर फट्के हाल्ने चलन भए पनि त्यसको स्थायित्व नहुनुको साथै वन पनि विनास हुदै आएको थियो शिक्षक केसीले भने ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी