ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

कति सुन्ने विकास कोषको भ्रष्टाचार ?

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्तिहरू कोषका पदाधिकारी र कर्मचारीले गायब गरेको, पूजापाठमा रोक लगाएको र विभिन्न अनियमित कार्य गरेको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले लुम्बिनी विकास कोषका कोषाध्यक्ष, सदस्यसचिव, संग्रहालय र पुरातत्व महाशाखाको कार्यालयमा तालाबन्दी गरेपछि लुम्बिनी विकास कोषमा हुने गरेको अनियमितताको बहसले फेरी चर्चा पाएको छ । लुम्बिनीमा हुँदै आएका अनियमितताका कुराले हरेक बर्ष चर्चा पाउँदै आएको छ तर बिडम्वना स्थानीय जनता आन्दोलित हुँदापनि सम्बद्ध निकाय लुम्बिनीको बिषयमा उठेका प्रश्नहरूको छानविनसम्म गर्न चाहँदैन । कोषको केन्द्रीय कार्यालय लुम्बिनीमै भएपनि पदाधिकारीहरूले काठमाडौँमा बसेर भत्ता बुझ्ने र अनियमितता गर्ने गरेको स्थानीयको आरोप छ । कोषको अनियमितताविरूद्ध प्रमाणसहित उभिँदा पनि वास्ता नगर्ने र लुम्बिनीभित्र स्थानीयलाई अघोषित प्रतिबन्ध लगाउन खोज्ने लुम्बिनी विकास कोषका वर्तमान पदाधिकारी र कर्मचारीलाई तत्काल हटाई सदियौँदेखिको लुम्बिनीका अवैतनिक पहरेदार स्थानीयलाई नै लुम्बिनीको जिम्मा दिनुपर्ने माग राख्दै महाअभियानले तालाबन्दी गरेको जनाएको छ । स्थानीयको माग उनीहरूलाई भुलभुलैयामा पारेर पूरा नगरी आन्दोलन यसपटक पनि तुहिने निश्चित छ । किनभने लुम्बिनी विकास कोषमा सवैले भागबण्डा खोज्दै आएका छन् ।

महाअभियानका पदाधिकारीहरूलाई आश्वासनको पोको थमाएपछि आन्दोलन समाप्त हुने संभावना छ । तर, यसपटक त्यसो नहोस् । लुम्बिनी बचाउ महाअभियानले जसरी आन्दोलनको सुरुवात गरेको छ, आन्दोलनलाई निष्कर्षमा पु¥याउने आँट गरोस् । महाअभियानले माग गरेका सूचनाहरू तत्काल उपलब्ध गराई कोषले नागरिकको मौलिक हकको संरक्षण गर्न सक्नुपर्दछ । अनिमात्र लुम्बिनीका अधिकांश बेथिति र अनियमितता बाहिर आउँछ । महाअभियानले उठाएको मुद्दा र माग यदी साँचो हो भने लुम्बिनी विकास कोषभित्र गंभीर प्रकारको अनियमितता भएको छ । महाअभियानले लुम्बिनीभित्रका ३९ थान मूर्ति र बहुमूल्य सामानहरूको अवस्थाबारे यथार्थ जानकारी दिन माग गरेको छ । उत्खननको समयमा मायादेवी मन्दिरभित्र फेला परेका बहुमूल्य मूर्ति र बोधिवृक्ष बेचिएको भनिएको छ । ऐतिहासिक तथा धार्मिक महत्वको मायादेवी सुत्केरी मार्गप्रति बेवास्ता गरिएको छ । सर्वोच्च अदालतको २०६४ माघ २३ को आदेश विपरीत संरक्षणका बहानामा प्रवेश शुल्क लगाइएको छ । मन्दिर तोडेर संरचना परिवर्तन गरिएको छ । यी बिषय गंभीर प्रकृतिका छन तसर्थ यो बिषयमा नेपाल सरकारको ध्यानाकर्षण होस् ।

लुम्बिनीमा भएका अनियमितताविरुद्ध छानबिन गरी दोषीलाई कारबाहीका साथै महाअभियानले प्रस्तुत गरेको लुम्बिनीवासीको सबै माग पूरा नहुँदासम्म ताला नखोल्ने अभियानको प्रतिवद्धता सराहनीय छ । किनभने कि आन्दोलनको सुरुवात नगर्नु अनि गरेपछि आन्दोलनलाई निष्कर्षमा पु¥याउनु पर्दछ । महाअभियानले उठाएका यी बिषय यदी कपोलकल्पित भए भने त्यसको जवाफदेही र कारवाहीको भागीदार अभियान पनि हुनुपर्दछ । किनभने सत्यतथ्य प्रमाणित नगरी कसैप्रति अनर्गल आरोप लगाउनुपनि एक प्रकारको अपराध हो । लुम्बिनीमा हरेक बर्ष कुनै न कुनै मुद्दा यसरी नै उठ्ने गरेको छ । केही समय अघि फोहरको बिषयले चर्चा पाएको थियो । अहिले त्यो प्रसंग सेलाएको छ । ठिक यही समयमा गत बर्ष लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले डा. ल्हारक्याल लामालाई नियुक्ती गरेपछि विवाद उत्पन्न भएको थियो । विश्व शान्तिको शहर लुम्बिनी नेपालको मात्रै होइन विश्वकै शान्तिप्रेमीहरूको आस्थाको केन्द्र हो । अझै बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । अहिंसाका नायक भगवान बुद्धको शान्तिको सन्देश प्रवाह गर्ने महत्वपूर्ण स्थान जहाँ बुद्धको जन्म भएको थियो, त्यही लुम्बिनीको विषयमा बेलाबेलामा बिबादका कुरा बाहिर आउनु राम्रो होइन । लुम्बिनीको साख गिराउने काम कुनैपनि अवस्थामा राम्रो होइन । लुम्बिनीको पबित्रतामाथि धब्बा लगाउने कोसिस नहोस् । सत्यतथ्य कुरा बाहिर आओस् । त्यसै त लुम्बिनी विकास कोषमाथि बिदेशबाट आएको सहयोग दुरूपयोग गरेको भन्दै प्रश्न उठ्दै आएको छ । लुम्बिनी विकास कोषका बिषयमा प्रश्न उठ्दै आएकोले अवको दिनमा कोषलाई पारदर्शी बनाउ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission