ट्रेंडिंग:

>> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी

तर्साइरहने गर्जेनी, यात्रुलाई सधै सास्ती

सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ ।
१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

प्युठान, १९ साउन ।

प्युठान नगरपालिका–८ का चुमान सिंह गिरीको भैरहवा यात्रा विहान ६ वजे शुरु भयो । वसमा बुटवलको यात्रा शुरु गरेका उनले देविस्थान नपुग्दै रोकिनु प¥यो । कारण थियो, गर्जेनीको पहिरो । गिरीले ९ घण्टा अर्थात ४ वजेपछि बाटो सुचारु भएपछि यात्रा जारी राखे ।

प्यूठान–भालुवाङ सडक खण्ड अन्तर्गत प्यूठानको माण्डवी गाउँपालिका –१ गर्जेनीमा हरेक दिन पहिरोले सडक अवरुद्ध गर्दा प्युठान, रोल्पा र गुल्मीबासी प्रभावित भएका छन् । गिरी जस्तै पर्खनु परेका प्यूठान नगरपालिका–७ का टिकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचनाहरु हेरेर मात्रै यात्रा गर्नु पर्ने बाध्यता आइपरेको गुनासो गरे । ‘बाहिरी जिल्लाको यात्रा गर्दा सबैभन्दा चिन्ताको विषय भनेको गर्जेनीमा पहिरो झ¥यो कि नाई ? भन्ने हुन्छ ’ पोख्रेलले भने ।

यो सडक प्यूठान र रोल्पाको लागि दैनिक जीवनसङ्ग जोडिएको छ । सडक विना जीवन चलाउन सकिदैन । यति मात्रै होइन अन्य महिना भन्दा साउन महिनामा भारतीय पर्यटक स्वर्गद्वारी आउने हुँदा प्यूठानको पर्यटनसङ्ग समेत जोडिएको छ । दाङ हुँदै देशका बुटवल, काठमाण्डौ, भैरहवा, भरतपुर, नेपालगञ्ज लगायतका स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्रुहरु बिचमै अलपत्र पर्ने गरेका छन् । भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरे भिर, गनाहा खोला लगायतका ठाउँहरु निरन्तर पहिरोले अवरुद्ध गर्ने जोखिमपूर्ण ठाउँ हुन् । हरेक वर्ष वर्षायामको सुरुवातसँगै प्यूठानको गर्जेनी गर्जिरहने समस्या नयाँ त होइन तर, गर्नुपर्ने कामहरु प्रभावकारी ढंगले नहुँदा वर्सेनि सास्ती खेप्नु परेको यात्रुहरुको गुनासो छ ।

यसो प्यूठानीले गर्जेनीको नाम लिन चाहँदैनन् । किनभने २०६१ साल माघ ८ गते दाङबाट बेहुली लिएर आएको जन्ती बस दुर्घटनामा परी दुलाहा सहित ४१ जनाले ज्यान गुमाएका थिए । त्यसको २० वर्ष पछि पनि नचाहँदा नचाहँदै गर्जेनीको नाम लिइरहनु परेको छ । घटनाको घाउ नमेटिदा नमेटिदै पटक पटकको अवरोधले प्यूठानी तथा रोल्पालीहरु आजित छन् ।

गर्जेनीको सडक अप्ठ्यारो र धेरै साँघुरो भएको भन्दै गत वर्ष मात्रै सडक विस्तार गरी कालोपत्रे गरिएको सडकमा पहिरोले पटक पटक अवरुद्ध गरेको छ । प्यूठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने बडडाँडा–चकचके सडक खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचना अनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकै पटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ ।

सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर कमल पुनका अनुसार सडक सुचारु गर्ने काममा मात्रै सडक डिभिजनले रु ६ लाख बढी खर्च गरिसकेको छ । ठुलो पहिरो गएकाले ढिस्को नसकिदाँसम्म पहिरो गइरहने समस्या झेल्नु पर्ने उनी बताउँछन् । ‘ढिस्कोलाई रोक्ने, बग्ने माटोलाई रोक्ने सोइलमेलिङ प्रविधिले रोकथाम वा समस्याको समाधान गर्न सकिन्छ’ इन्जिनियर पुनले भने, ‘डिपिआर गर्दा करिव साढे ५ करोड वजेट लागत देखिन्छ, त्यो फाइल विभागमा पठाइएपनि वजेट अभावका कारण तत्काल अघि बढ्ने देखिदैन ।’ कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने समस्या भोग्नु पर्ने उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय प्यूठानले आकस्मिक रूपमा झर्ने पहिरो तथा अवरुद्ध सडक हटाउन तत्कालका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखेको छ । त्यसको लागि बडडाँडामा ह्वेल लोडर, गर्जेनीमा एक्स्काभेटर र चकचकेमा ब्याक हो लोडर राखेको सडक डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?