ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

युवालाई सीप र दक्षतासँग जोडौं

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

‘युवाको सीप शान्ति र विकासका लागि’ भन्ने नाराका साथ विश्व युवा दक्षता दिवस सोमबार विविध कार्यक्रमको आयोजना गरि नेपालमा पनि मनाईएको छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्य यसले लिएको छ । नेपालमा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू सहर केन्द्रित भइरहेका छन्, विदेश पलायन भइरहेका छन् । यो चिन्ताका माझ दिवसले युवाहरूलाई नेपालमै केही गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत रहेको छ । नेपालको जनसंख्याको झन्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति राज्यको बेवास्ताकै कारण पिल्सिरहेका छन् । युवालाई दक्ष वनाउने सवालमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी र चुनौति कायमै छ । दक्ष युवाले रोजगारीदेखि अनेक अवसर प्राप्त गर्छन तर अदक्ष युवाको भविष्यका विषयमा समयमै सोच्नु आवश्यक छ । नेपाली यूवाहरू प्रत्येक दिन सयौंको संख्यामा विदेशका मुलुकमा श्रमका लागि विदेसिईरहेका छन । नेपालमा प्रशस्त लगानीका संभावना कमजोर वन्दै जानु र श्रमको श्रोत समेत कम हुँदै गएकोले यूवाहरू विदेसिन बाध्य भएको वताईएको छ तर अर्कोतर्फ नेपालमै पनि श्रमको ठूलो संभावना रहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालका धेरै उद्योगले दक्ष श्रमिक नपाएको भन्दै उद्योग नै वन्द गर्नुपर्ने अवस्था आएको वताउने गरेका छन । वुटवलकै सन्दर्भमा भन्ने हो भने पनि वुटवल औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दक्ष कामदार अभाव रहेको समाचार आउने गरेको छ । नेपालमा सीप सिकेर दक्ष वन्ने अभियान युवाहरूमा हराउँदै गएको यो एउटा उदाहरण मात्र हो । युवालाई सीपयुक्त बनाउने हो भने नेपालमा नै श्रमको ठूलो सम्मान र संभावना रहेको कुरालाई नकार्न सकिदैन । एकातिर मुलुक भित्रै रोजगारीको अवसर बन्न सक्छ भने अर्कातिर स्वरोजगारी विस्तार गर्न सकिन्छ जसवाट रोजगारीका लागि विदेसिने जनशक्तिलाई रोक्न सकिन्छ ।
युवालाई सीप र रोजगारीसंग जोड्ने कुरा धेरै महत्वपूर्ण छ । यसका लागि सीप विकासको संभावना बोकेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद एउटा ठूलो माध्यम वन्न सक्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको पञ्चवर्षीय रणनीतिक योजना अनुसार देशभर प्राबिधिक तथा व्याबसायिक शिक्षा र तालिम कार्यक्रमको विस्तार गरी सबै नेपाली युवाहरूमा तालिममा पहुँच विस्तार गर्न सकियो भने युवाले रोजगारीको अवसर पाउन सक्छन । जसबाट उनीहरूमा आत्मनिर्भर हुने प्रकृया सुरु हुन सक्छ । नेपालमा पनि अव श्रमको संभावना विस्तार हुँदै गएको छ । विश्व युवा दक्षता दिवस मनाईरहँदा युवालाई दक्ष वनाउने सन्दर्भमा सरकार र नीजि क्षेत्रले महत्वपूर्ण काम गरुन । दिवसकै अवसरमा विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुरूपको रोजगारी नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले मनाउन थालिएको दिवसलाई दिवसकै रूपमामात्र होइन अवसरको रूपमा समेत लिनुपर्दछ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको उत्पादन गर्ने बिषयमा सरकारको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission