ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

तस्करको हातमा छाडा चौपाया

७ भाद्र २०७५, बिहीबार
७ भाद्र २०७५, बिहीबार

छाडा चौपाया व्यवस्थापन गर्ने नाममा नेपालगन्ज उपमहानगरपालिकाले यहाँका गाई, गोरुहरू तस्करको हातमा जिम्मा लगाउने गरेको पाइएको छ । नेपालगन्जमा रहेका छाडा गोरुहरू जम्मा गरेर ईलामको पशुपतिनगर लैजान लागिएका ५७ वटा गोरु सहित दुईवटा ट्रक मंगलबार राती ११ बजे बाँकेको कुसुमबाट नियन्त्रणमा लिएपछि यस्तो रहस्य पत्ता लागेको हो । ती गोरुहरू तस्करी गरेर इलामको पशुपति नगर लैजाने क्रममा आफूहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले जानकारी दिएका छन् । गोरु लैजाँदै गरेका ट्रक चालकसंग भेटिएको भेटनरी प्रमाणपत्रमा उक्त गोरुहरू नेपालगन्ज उपमहानगरपालिकाले पठाएको उल्लेख छ । पठाउने फर्म, ह्याचरी र उद्योगको नाममा नेपालगन्ज उपमहानगरपालिका उल्लेख गरिएको छ भने छाप पनि नेपालगन्ज उपमहानगरपालिकाकै लागेको छ ।
भेटनरी प्रमाणपत्रमा पाउनेको नाममा मेचीकाली एग्रीकल्चर उल्लेख छ । यो कम्पनी इलामको पशुपति नगरको हो ।
भेटनरी प्रमाणपत्रमा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट गोरु स्वस्थ्य रहेको कबोल गरिएको छ । ‘नेपालगन्ज उपमहानगरपालिकाले नै छाडा चौपाया तस्करको हातमा सुम्पिने गरेको पाइएको छ । यस्तो कुरा थाहा पाएपछि हामीले कुसुममा राती रोकेका हौं ।
सबै छाडा पशु प्रहरीलाई बुझाएका छौं,’ थापाले भने । २०७५ साउन ३१ गते जारी गरिएको भेटनरी प्रमाणपत्रमा पशु चिकित्सक डा. बेदबहादुर केसीले प्रमाणित गरेका छन् । साउन ३१ गते भेटनरी प्रमाणपत्र पाएपछि ढुवानी भने त्यसको पाँचदिन पछि गरिएको छ । गोरु लैजान स्वीकृत पाएको पाँच दिनसम्म नेपालगन्जमै रहनुले पनि घटना शंकास्पद बनाएको थापाले बताए । गोरु नियन्त्रणमा लिने क्रममा त्यसका मालिक फरार भएको थापाले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिका भित्र छाडाचौपाय नियन्त्रण चुनौतीपूर्ण बनेको छ । तर बिना कुनै निर्णय कर्मचारीहरूले छाडा चौपाय तस्करको जिम्मा लगाउने गरिएको स्रोतको दाबी छ । छाडा पशु नियन्त्रणका लागि समिति समेत बनेको छ ।
त्यसले कुनै निर्णय नै नगरेको अवस्थामा चौपाय अन्यत्र पठाउने गरिएको हो । यसबाट कर्मचारीलाई मनग्ये आम्दानी भइरहेको छ । भेटनरी प्रमाणपत्रमा पठाउनेको नाममा नेपालगन्ज उपमहानगरपालिका र त्यसको छाप उल्लेख भएपनि नेपालगन्ज उपमहानगरपालिका निरिक्षण शाखाका प्रमुख पवन कनोजियाले छाडा चौपाय कसैको जिम्मा नलगाइएको दाबी गरे । उनले आफू उपचारका लागि बाहिरबाट बुधवार मात्र आएकाले सबै कुरा बुझ्न नपाएको बताएका छन् । यहाँबाट यसरी ईलाम पु¥याईएका गोरु बंगलादेशसम्म तस्करी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?