© २०२३
दाङको तुलसीपुर उपमहानगरपालिकाको वायुप्रदूषणको मापन गरिएको छ । चेक रिपब्लिकका प्राध्यापक पावेल, डा. मिलोस र नेपाली नागरिक डा. चिरञ्जीवी खड्काको समूहले धेरै प्रदूषण हुने तुलसीपुरका विभिन्न सार्वजनिक स्थलहरूमा विशेष प्रविधिको प्रयोग गरेर प्रदूषण मापन गरिएको समूहका सदस्य चिरञ्जिवी खड्काले जानकारी दिए । उनले वायुप्रदूषणको प्रारम्भिक अध्ययन त्यति आशालाग्दो नभएको बताउँदै बिस्तृत अध्ययनको पूर्ण प्रतिवेदन केही समयपछि ल्यावमा परिक्षण गरेर जानकारी दिने बताए । मिलोसले धुलो, धुँवा र घरबाट निस्कने फोहरका आधारमा वायुप्रदूषण मापन हुने कुरा बताए । तुलसीपुरका विभिन्न ठाउँमा गरिएको अध्ययन अनुसार विरेन्द्र चोकमा वायुप्रदूषणको प्रभाव सबैभन्दा बढि भएको जानकारी दिए ।“पुराना गाडीबाट निस्कने धूँवाले धेरै जसो वायुप्रदुषण भइरहेको छ अब पुराना गाडीहरू विस्थापनका लागि सोच्नुपर्दछ,” मिलोसले वताए ।
उनले वायुप्रदुषण घटाउनका लागि फोहोर व्यवस्थापनका साथै रुख रोप्नका लागि ध्यान दिनुपर्ने कुरा सुझाए । विकसित देशमा हरियाली वनाउने ठाउँ नहुँदा पनि उनीहरूले घरको छतमा विरुवा लगाउने गरेको वताउँदै मिलोसले नेपालमा विरुवा लगाउनका लागि प्रशस्त ठाउँ भएको कुरा बताए । वायुप्रदुषणका दृष्टिले नेपाल खतरायुक्त देश भएको वताउँदै प्राध्यापक पावेलले जनतामा यसका वारेमा चेतना जागृत गर्नु आवश्यक रहेको वताए । विश्वमा प्रति क्युविक ५० माइक्रोमिटर सम्मलाई सामान्य अवस्था मान्ने गरेकोमा तुलसीपुरमा तीन सय माइक्रोमिटर सम्म वायुप्रदुषणको अवस्था रहेको छ । “बाटो र घर सफा हुँदैमा वायुप्रदुषणको अवस्था राम्रो छ भन्ने हुँदैन” प्राध्यापक पावेलले भने ।
यसैविच तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा वायुप्रदुषणको अवस्थामा वारेमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कृषि क्याम्पसमा भएको छलफल कार्यक्रममा वोल्दै उनीहरूले वायुप्रदुषण विकराल वन्दै गएकाले न्युनीकरणका लागि सबैले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले वातावरणको अवस्था विकराल भएकाले त्यसको समाधानका लागि उपमहानगरपालिकाले पहलकदमी लिने बताए । उनले तुलसीपुर नगरलाई वायुप्रदुषण मुक्त वनाउनका लागि नगरका विभिन्न गल्लिहरूमा विरुवा लगाउने कामलाई निरन्तरता दिएको वताए । हामीले गरेको फोहोरले हाम्रै स्वास्थ्यलाई असर गर्दछ भन्ने कुरामा वारेमा हामीले महसुस नगर्दासम्म वातावरणमा सुधार आउँदैन नगरप्रमुख पाण्डेले भने । कार्यक्रममा वोल्दै सोनापुर सिमेन्टका प्रवन्धक रेमन्त ढकालले उद्योग वरपर वायुप्रदुषण नहुनका लागि उद्योगले विभिन्न यन्त्रको प्रयोग गरेको जानकारी दिए । हामीले प्रदुषण विज्ञ राखेर प्रदुषण न्युनीकरणको लागि काम गरिरहेका छौ उनले भने । कृषि कलेजका प्रमुख सहदेव शााहले वायुप्रदुषण मानव स्वास्थ्यका लागि संवेदनशिल भएकाले यसको न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने वताएका थिए । कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक मनोज वस्नेतले वायुप्रदुषण न्युनीकरणका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेको वताएका थिए । photo file:sourse _Google