ट्रेंडिंग:

>> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण

किन खस्कियोे एसईई नतिजा ?

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४६४७८५ सहभागी भएका थिए । प्रकाशित नतिजा अनुसार ५२.४२ प्रतिशत नन्ग्रेड अर्थात ११ कक्षामा भर्नाको लागि अयोग्य ठहरिएका छन् । २०७९ को एसईई नतिजा अनुसार ३०.९१ प्रतिशत विद्यार्थीहरुले २.८० भन्दा माथि जिपिए ल्याएका थिए भने २.८९ प्रतिशत विद्यार्थीहरु नन् ग्रेडेड रहेका थिए । २०८० एसईई नतिजा हेर्दा २.८ भन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीहरुको अनुपात अघिल्लो वर्षहरुमा भन्दा बढी देखिएको छ । गतवर्ष ३.२ जीपी भन्दा माथि ल्याउनेको संख्या १६ प्रतिशत रहेकोमा अहिले यो ग्रेडका विद्यार्थी संख्या ३८.३७ प्रतिशत पुगेको छ । सरसर्ती हेर्दा नतिजा सुधार भएको जस्तो देखिएपनि ६० प्रतिशत विद्यार्थीहरुको नतिजा अझैपनि सुधार हुन् सकेको देखिदैन । अझ जीपी १.६ भन्दा कम ल्याउनेको संख्या त गतवर्षको नतिजामा भन्दा ६ गुणा बढी देखिन्छ । यो नतिजा हेर्दा विद्यालय शिक्षामा सुधार हुन नसकेको प्रष्टै देखिन्छ ।

नेपालमा परीक्षा बोर्डको स्थापना भएपछिका साढे आठ दशकमा शिक्षा क्षेत्रमा धेरै नै प्रगति भएको छ । समुदायमा नपढे पछि परिन्छ भन्ने भावनाको स्थानीय वासिन्दाहरुको अग्रसरता, श्रमदान र लगानीमा विद्यालयहरु स्थापना र संचालन भैरहेका छन् ।. सरकार र अन्तराष्ट्रिय दातृ निकायहरुले बिद्यालय शिक्षामा गरेको लगानीले गर्दा खासगरी अढाई दशक यता बिद्यालयहरुको भौतिक अवस्था धेरै सुध्रिएको छ । व्यवसायकै रुपमा भएपनि निजि क्षेत्रबाट बिद्यालय शिक्षामा ठुलो लगानी भएको छ । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २०८० को अन्त्य सम्ममा समुदाय र निजि क्षेत्र गरि अहिले देशमा ३५ हजार ८७६ विद्यालयहरु संचालित छन् । ती मध्ये करिव ६७३१ ( ५९ वटा धार्मिक विद्यालय समेत) विद्यालयमा १० कक्षासम्मको र ४८४४ वटा विद्यालयमा( २४ वटा धार्मिक विद्यालय समेत) कक्षा ११ र १२ सम्मको पढाइ हुने गर्छ । माध्यमिक तह ( कक्षा ९ – १० )को खूद भर्ना दर ७६ दशमलब ५ रहेको छ र यो तहमा १० लाख ४५हजार ९२ बिद्यार्थीहरु अध्ययनरत छन् । नेपालमा विद्यालयहरुको संख्या मात्र बढेको छैन, शैक्षिक पूर्वाधार सम्पन्न पनि भैरहेका छन् ।. शहरी र शहरोन्मुख क्षेत्रका विद्यालयहरुमा कम्प्युटर ल्याव, पुस्तकालय र बिज्ञान प्रयोगशालाहरू प्रसस्तै देखिन थालेका छन् । २ दशक पहिलेसम्म बिषयगत शिक्षक पाउन गाह्रो थियो तर अहिले यो अवस्था छैन. हिमाली र दुर्गम पहाडी क्षेत्रमा बाहेक अन्य क्षेत्रका विद्यालयमा बिषयगत शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकको पेशागत दक्षता वृद्धिको लागि तालिममा राज्यले ठुलो लगानी गरेको छ । शिक्षा मन्त्रालयकाअनुसार सामुदायिक बिद्यालयको माध्यमिक तहमा अध्यापन शिक्षक मध्ये ९६ प्रतिशत भन्दा बढि शिक्षक तालिम प्राप्त छन् । यी तथ्यहरुलाई हेर्दा नेपालका बिद्यालयहरुको अवस्था सुध्रिदै गएको देखिन्छ ।

सबै पक्षको प्रयासले गर्दा विद्यालयहरु सम्पन्न हुदै गएपनि बिद्यालय शिक्षाको गुणस्तर भने सुध्रन नसकेको गुनासो सबै क्षेत्रको छ । एसइई परीक्षालाई बिद्यालय शिक्षाको गुणस्तरको मानक मान्ने हो भने यो गुनासोलाई सत्य मान्नै पर्छ । बि सं २०६०–६७ को अवधिमा औषत ५१ प्रतिशत परिक्षार्थीहरु उत्रिर्ण भएकोमा २०६८–७१ को अवधिमा आधा भन्दा पनि कम विद्यार्थी उत्तीर्ण भएको देखिन्छ । त्यस यताका वषर््ाहरुमा २९ प्रतिशत विद्यार्थीले जिपिए २.०० भन्दा कम ल्याएको देखिन्छ । यसपटक ५२.४२ प्रतिशत विद्यार्थीहरु ननग्रेडेड अर्थात फेल भएका छन् । सधै जस्तै यसपाली पनि नतिजा कमजोर हुनुमा अभिभावक, शिक्षक, बिद्यार्थी र सरकारी सरोकारवालाहरुले एक अर्कालाई दोषारोपण गरिरहेका छन् ।. खोज्दै जादा सबै पक्ष नै दोषी देखिन्छन् ।.राम्रो नतिजा ल्याउन अनावश्यक दवाव दिने अभिभावकहरु, एसईईलाई प्रतिष्ठा ठान्ने विद्यालयहरु, घोकेको र चीट चोरेको भरमा पास हुन खोज्ने बिद्यार्थीहरु, एसईईलाई हाउगुजी बनाएर पढाउने अनि लापरवाही ढंगले परीक्षा संचालन र उत्तर पुस्तिका जाँच्ने शिक्षकहरु तथा एसईईलाई आईरन गेट भनेर ब्याख्या गरिदिने समाज र शिक्षाविद्हरु सबैजना कुनै न कुनै रुपमा दोषी नै छन् ।.

शिक्षकले राम्रोसंग कर्तब्य पुरा नगरेको कारणले बिद्यार्थीहरुले राम्रो नतिजा ल्याउन नसकेको गुनासो धेरैले गर्छन । केही हदसम्म यो गुनासोमा सत्यता पनि छ । केही शिक्षकहरु स्कुलमा नपढाएर राजनैतिक दलका नेता बनेर स्कुल बाहिर घुमिरहने, बाहिर काम गरेर थाकेर स्कुलमा आराम गर्न मात्र जाने, स्कुलमा पढाउन अल्छी गर्ने र बिद्यार्थीहरुलाई ट्युसन पढन प्रेरित गर्ने जस्ता कार्यहरु गरेकोले स्कुलमा राम्रो पठनपाठन हुन सकेको छैन । केही ठाउँमा त नक्कली सर्टिफिकेटधारी शिक्षकहरुले समेत पढाउने गरेको बारम्बार सुन्ने गरिन्छ । यस्तै शिक्षकहरुको कारणले पनि स्कुले शिक्षा खस्केको हो ।

पछिल्ला ४ वर्ष यता परिक्षामा उदार ग्रेडिङ प्रणाली लागु भएको छ । अंक प्रणालीमा सबै विषयमा न्युनतम ३२ प्रतिशत अंक ल्याउने पर्नेमा ग्रेडिङ प्रणालीमा त्यो बाध्यता थिएन । प्रयोगात्मक नम्बर सहित मुख्य केही विषयमा मात्र डी प्लस ग्रेड ल्याएमा पनि कक्षा ११ र १२ पढ्न पाइने भएकोले विद्यार्थीहरुको मेहनत गर्ने बानीमा ह्रास आएको शिक्षक र अभिभावकहरुको गुनासो आइरहेको थियो । राम्ररी नपढ्ने तर जसरि भएपनि परीक्षा पास हुने सोंच धेरै विद्यार्थीहरुमा बिकसित भईरहेको छ । चिटिङको समस्या त सबैजसो ठाउँमा छ, तर नेपालका केहि जिल्लाहरुमा त मास चिटिंग जस्तो रोग नराम्ररी झ्याँगिदै गएको देखिन्छ । परिक्षा शुरु नहुँदै प्रश्नपत्रहरु बाहिरिने, केन्द्राध्यक्ष र शिक्षकहरु नै विद्यार्थीलाई चिट चोराउन सक्रिय हुने, परिक्षामा हुलहुज्जत गरेर खुल्लमखुला परिक्षा दिलाउने जस्ता समस्याले केही जिल्लाहरुको परिक्षा बद्नाम बन्दै गैरहेको छ ।

शिक्षकहरुले नपढाएर र विद्यार्र्थीहरुले नपढेर वा नलेखेर मात्र बिद्यार्थीहरुको नतिजा बिग्रदैन । राम्रोसंग उत्तर पुस्तिका परिक्षण भएन भने विद्यार्र्थीहरुको नतिजा कदापी राम्रो हुन् सक्दैन । हरेक वर्षजसो देशका विभिन्न ठाउँमा परिक्षणमा चरम लारर्वाही भएको समाचारहरु बाहिर आएका हुन्छन् । जिम्मेवार व्यक्तिहरुले राम्रोसंग ध्यान नदिएको कारणले गर्दा एउटै शिक्षकले ४÷५ दिनमा ८÷९ सय कापीहरु जाँचेका दृश्यहरु धेरै केन्द्रहरुमा वर्षेनी दोहोरिएका स्वयम् शिक्षकहरु नै बताउछन् । आर्थिक लाभलाई मात्र हेरेर छोटो समयमा त्यति धेरै कापी जाँच्दा विद्यार्र्थीहरुको प्रस्तुतिको सहि मापन कसरि हुन् सक्छ ? कापी जाँच्ने परीक्षकहरुले गल्ति गरेमा त्यसलाई सच्याउन भनेर प्रधानपरीक्षकको व्यवस्था गरिएको हुन्छ । तर प्रत्यक्ष रुपमा हेर्ने हो भने धेरै प्रधानपरिक्षकहरुले कापी जाँच्ने कष्ट गरेको देखिदैन, धेरै प्रधानपरिक्षकहरुले कापी फर्काउने त कुरै छोडौ कापी बाहिर उतारिएको अंक सम्म नजोडी खुरुखुरु हरियो मसिले दस्तखत गर्दछन् । यस्तो चालले कसरि नतिजा राम्रो हुन्छ ?

विद्यार्थीहरुको दुई तिहाइ भन्दा बढी समय अभिभावकहरुसंग बित्ने हुदा विद्यार्थीको सफलतामा अभिभावकहरुको सहयोग, चासोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नढाँटी भन्ने हो भने सरकारी स्कूलमा शैक्षिक गुणस्तरको बारेमा चासो राख्ने अभिभावकहरु औंलामा गन्न पुग्ने संख्यामा मात्र हुन्छ, जबको बोर्डिङ्ग स्कूलका अभिभावकहरुले पलपल विद्यार्थीको निगरानी र स्कूलको खबरदारी गरिरहेका हुन्छन् ।. सरकारी स्कूलका अभिभावकहरु आफ्नो बच्चा फेल भएमा “मेरो बच्चा किन फेल गरियो“ भन्न बाहेक स्कूलमा पाइला टेक्दैनन भनियो भने अन्याय हुदैन । अभिभावकहरुले विद्यालयमा हुने गैर शैक्षिक गतिविधि र लापरवाहिकोे विरोध गर्ने, आफ्ना बच्चालाई पढाई प्रति निरन्तर प्रेरित गर्ने , उनीहरुको आवस्यकता पुरा गर्ने साथै आफ्ना बच्चाहरुको शैक्षिक, चारित्रिक र सामाजिक गतिविधिको निरन्तर निगरानी गर्ने हो भने सानैदेखि विद्यार्थीहरुको शैक्षिक जग बलियो हुदै जान्छ, जसले गर्दा विद्यार्थीहरुले एसइई मा मात्र नभई हरेक परीक्षामा सफलता हासिल गर्न सक्छन् ।.

शिक्षकहरु बिग्रनु र उनीहरुको कारणले विद्यार्थीहरु बिग्रनुमा मुख्य दोषी भनेको नेपालको शिक्षा मन्त्रालय र सरकार हो । दलीय स्वार्थ अनुसार शिक्षा प्रशासन चलाउने , दातृ निकायले गर्ने ट्रायल अनुसार नीति कार्यक्रमहरु बनाउने , कर्मचारीको अनुकुल हुनेगरी कार्यक्रम लागु गर्ने गरेकोले शिक्षक तालिम लगायतका अन्य कार्यक्रमहरु प्रभावकारी हुन सकेका छैन । एसइई परीक्षाको आधारमा माध्यमिक तहमा पढाउने शिक्षकको मुल्यांकन हुने गरेपनि त्यो मूल्यांकनको आधारमा शिक्षकलाई दण्ड र पुरस्कार दिने व्यवस्था गरिएको छैन । तल्लो तहमा पढाउने शिक्षकको त मुल्यांकन गर्ने आधार नै छैन । शिक्षकको आन्तरिक बढुवा पारदर्शी हुन् सकेको छैन । एसइई परीक्षामा लगातार सतप्रतिशत विद्यार्थी उत्तीर्ण गरौँ सफल शिक्षकहरु पुरस्कृत हुने, बढुवा हुने त कुरै छोडौँ देशमा हजारौले पाउने शिक्षा पुरस्कारको लिस्टमा समेत पर्दैनन । शिक्षकको नियुक्ति,सरुवा , तालिम ,निरिक्षण जस्ता कुराहरु दलीय भागबन्डामा हुन्छ । कर्मचारीको मिलेमतोमा विद्यालयमा भ्रस्टाचार हुन्छ र भ्रस्टाचारीलाइ दलीय आड प्राप्त हुन्छ । यस्ता गतिविधिहरुले गर्दा इमान्दार र लगनशील शिक्षकहरुलाई काम गर्ने वातावरण हुदैन, जसको प्रत्यक्ष असर शैक्षिक उपलब्धिमा परिरहेको छ ।

समाज र सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि एसइई नतिजा लाजमर्दो हुनु शिक्षा क्षेत्रको लागि राम्रो संकेत होईन . विगतमा बिद्यालयको भौतिक अवस्था कमजोर भएको र योग्य शिक्षकको व्यवस्था नभएकोले नतिजा राम्रो नभएको गुनासो गरिन्थ्यो तर अहिले त्यो अवस्थामा सुधार आएको छ । विद्यालयहरु समुदायकै प्रतिनिधित्व रहने स्थानिय सरकार मातहतमा आएका छन् । त्यसैले अब बिद्यालय राम्रो भएन वा शिक्षकहरु भएनन भनेर उम्कन पाईदैन । एसइई नतिजालाई प्रभावकारी बनाउने हो भने समुदाय र सरकार शिक्षामैत्री हुनै पर्छ । यि पक्षहरुको सहयोग र खबरदारी भएमा एसईई परिक्षा मात्र नभएर देशकै शिक्षा क्षेत्रले काँचुली फेर्न सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?