ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

सन्दर्भ– नेत्रलाल अभागी स्मृति ग्रन्थको

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

सहिद नेत्रलाल स्मृति प्रतिष्ठान दाङ देउखुरीले उहाँको सम्मान तथा सम्झना चिरस्थायी बनाउनका लागि स्मृतिग्रन्थ प्रकाशनको जमर्को गरेको छ । यसका विभिन्न चरणहरू हुन्छन् । यसको पहिलो चरण भनेको स्मृतिग्रन्थको आवश्यकता र औचित्यको वारेमा व्यापक छलफल चलाउनु र एउटा निचोडमा पुग्नु हो । यो पहिलो चरणको काम सम्पन्न भयो । राज्यको सहिदको स्मृतिग्रन्थ प्रकाशनमा विमति राख्ने कुरा पनि आएन र भएन पनि । प्रतिष्ठानमा सौहार्दपूर्ण वातावरणमा छलफल र सर्बसम्मत निर्णय भयो । दोस्रो चरणमा लेख रचना संकलन तथा त्यसको सम्पादन गर्नका लागि एक समिति गठन गर्ने रह्यो । यो समिति स्मृतिग्रन्थ अनुसार फरक पाउन सकिन्छ । कतै सम्पादन समितिमा तीन, पाँच वा सातसम्म संख्या रहने हुन्छ । कतै यो समितिलाई सम्पादन समिति वा सम्पादक मण्डल पनि भन्ने गरिन्छ । आज भोली सम्पादक मण्डल अलिक पुरानो शब्द मानिन्छ । पञ्चायतकालमा मण्डलेले नेपाली नागरिकलाई अलिक बढ्ता दुःख दिएकाले मण्डलेलाई सबैले मनपराउँदैनन् । यो स्मृतिग्रन्थको लागि २०८० साल फागुन ७ गतेका दिन तीन सदस्यीय सम्पादन समिति र पाँच सदस्यीय सम्पादन सहयोग समिति चयन भएको अवस्था हो ।
सम्पादन समिति गठन भएयता त्यस समितिले विभिन्न क्षेत्र, तह तप्काका विभिन्न व्यक्तित्वहरूसंग सम्पर्क र समन्वय गरेर लेख रचनाका लागि अनुरोध गरेको अवस्था रह्यो । लेख रचनालागि कस कसलाई अनुरोध गर्दा उहाँका वारेमा तथ्यगत कुराहरू आउन सक्छन् यसकालागि सर्बप्रथम सूचि तयार पारिएको थियो । सोही सूचिको आधारबाट एकसरो खवर पु¥याउने काम भयो । कतिपयले तत्काल कलम चलाउनु भयो । यसरी क्रमशः लेख प्राप्तीले निरन्तरता पाएको छ । तेस्रो चरण भनेको प्राप्त लेखहरूको सम्पादन गर्नु हो । सम्पादन पूर्ण भयो भने मात्र प्रेस छनौट गरी प्रकाशनमा जुटने हुन जान्छ । यसैसंग साथमा भाषा शुद्धि समेत हेर्ने हुनुपर्दछ । यो पनि यसको चरण भित्र पर्दछ । नेत्रलाल पौडेल अभागी २००१ साल मंसिर ६ गतेका दिन दाङ जिल्ला साविक धर्ना गाविस सिसैपुर गाउँमा पिता मोहनलाल उपाध्याय पौडेल र माता जयन्ता देवी पौडेलको कोखबाट जन्मनु भएको हो । उहाँले प्रारम्भिक शिक्षा स्थानीय पाठशालाबाट लिएर हाइस्कुल र इन्टरमिडियट दाङको घोराही स्थित भरतपुर स्कुल र भरतपुर कलेजबाट निमाजेर माथिल्लो कक्षा अध्ययनको लागि काठमाडौ जानुभयो । काठमाडौं वसाइका क्रममा साहित्य र राजनीतिमा जोडिनु भयो । वि.ए.सम्मको अध्ययन पछि उहाँ २०२२ सालमा अर्घाखाँची जिल्ला चुत्रावेशी स्थित जनज्योति माध्यमिक विद्यालयमा शिक्षण पेशाको लागि पुग्नु भयो । दुई वर्ष वित्दा नवित्दै २०२४ सालमा दाङको नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक बन्नु भयो । सोही विद्यालयमा प्रधानाध्यापक रहेको अवस्थामा विद्यालय समयमा अध्यापन र त्यसका अतिरिक्तको समयमा कम्युनिष्ट राजनीतिमा संलग्न हुनुभयो । दलमाथि प्रतिवन्ध लागेको अवस्थामा उहाँले राजनीतिलाई जनताका माझमा लिएर जानसक्नु भयो । यो कार्य पञ्चायत कालमा पञ्चहरूलाई सैह्य हुने कुरा भएन । शिक्षण पेशाको छैंठौ वर्षमा उहाँको नाममा वारेण्ट जारी भयो ।

वारेण्टेड भइसके पछि गिरफ्तार हुनु भनेको जेलमा जीवन सडाउनु हो वा वारेण्ट रद्द गराउनका लागि आत्मसमर्पण गर्नुपर्ने थियो । उहाँले यो दुबै बाटो छोडेर जनताको समृद्धिको लागि तेस्रो बाटो समाउन उपयुक्त ठान्नु भयो अर्थात उहाँ तेस्रो बाटो भूमिगत बाटो थियो त्यही बाटो समाउनु भयो । २०३० सालदेखि उहाँ घरद्वार, पेशा, जहान परिवार सबै त्यागेर पूर्णरूपले राजनीतिमा समर्पित हुनुभयो । यही क्रममा उहाँ दाङको जिल्ला सचिव हुँदै केन्द्रीय सदस्य र मध्य पश्चिम इन्चार्जसम्म हुनुभयो । भूमिगत कालमा उहाँको सबैभन्दा प्यारा वस्तु जनताका झुपडी बने । दाङ लगायतका क्षेत्रमा कम्युनिष्ट राजनीतिको विस्तारका निम्ति नेत्रलाल पौडेल अभागीको ठूलो योगदान रहन गयो ।
नेत्रलाल पौडेल (जनताको भाषामा माडसाब), राजनीतिको साथमा साहित्यकार र भाषासेवी समेत हुनुहुन्थ्यो । उहाँमा नेपाली भाषाका अतिरिक्त अंग्रेजी, हिन्दी, संस्कृत र थारु भाषाको समेत ज्ञान थियो । उहाँले भूमिगत कालमा काव्य, कविता रचना गर्नु भएको छ । साथमा धेरै रचनाहरू त्यो समयका विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न छद्य (जोसबहादुर, गोर्की नेपाली, कवि धर्ना, भरतपुरे कान्छो आदि) नामबाट प्रकाशित भएका छन् । यसका साथमा थारु भाषाको शब्दकोष समेत तयार पार्नु भएको छ । उहाँका केही रचना अप्रकाशित अवस्थामा रहेका छन् । नेत्रलाल भूमिगत रहेको अवस्थामा पार्टी काममा दाङबाट पूर्वतर्फ जाने क्रममा देउखुरी स्थित नर्तीको वनमा २०४१ साल जेठ ६ गतेका दिन सहादत प्राप्त गर्नु भयो । उहाँलाई राज्यले सहिद घोषणा गरेको छ भने उहाँको सम्मानको निम्ति उहाँको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । राज्य स्तरको सहयोगबाट नेत्रलाल स्मृति भवन र विभिन्न स्थानमा नेत्रलाल स्मृति पार्क समेत निर्माण भएका छन् ।
माडसाब याने नेत्रलाल पौडेल अभागीको योगदानलाई चिरस्थायी बनाउनका लागि उहाँको वारेमा विभिन्न क्षेत्रमा जानकारी राख्नेहरूबाट केही विचार लिनु जरुरी थियो । यसैले नेत्रलाल स्मृतिग्रन्थ प्रकाशनको लागि प्रतिष्ठानले पहल गरेको छ । अहिलेसम्मको चरणहरूमा लेख रचना संकलन करिव अन्तिम अवस्थामा पुगेको छ । उहाँको राजनीतिक, साहित्यिक, शैक्षिक तथा सामाजिक र भाषाको वारेमा जानकारी राख्नु हुने र केही छुट्न नहुने व्यक्तिहरू कार्यव्यस्तताका कारणले बाँकी रहनु भएकाले मात्र अन्तिम विन्दुमा पुग्न केहीसमय लाग्ने भएको छ । यता प्राप्त भएका आठ दर्जन लेख रचनाहरू कम्युटर टाइप, सम्पादन र भाषा शुद्धिको काम चलिरहेको छ । बाँकी रचना प्राप्त भएको दुई दिन भित्र यो चरण पनि समाप्त हुनेछ । त्यसपछि प्रेस छनौट गरी छपाइको काम आरम्भ गर्नुपर्ने छ । छपाईको प्रकृयाका वारेमा पनि मोटामोटीे खाका तयार भइसकेको अवस्था छ ।

नेत्रलालको सम्मान तथा सम्झनामा तयार हुन लागेको यो स्मृतिग्रन्थमा उहाँका वारेमा धेरैले थाहा नपाएका काम कुरा उजागर भएका छन् । नेत्रलालले माया र सहयोग गर्ने जुन वर्ग हो ती वर्गका विचार समेत समेटिएका छन् । यो स्मृतिग्रन्थ अन्य ग्रन्थको तुलनामा फरक हुने अपेक्षा गर्न सकिन्छ । वास्तवमा व्यवस्था परिवर्तनको सपना देखेका राजनीतिज्ञहरूको आजको बाटो सही छ कि छैन ? त्याग भनेको के हो ? कस्तो कामले समाज र राज्यमा सम्मानित हुन सकिन्छ, जनताको मनमा बस्ने सूत्र के रहेछ, वास्तविक आधारभूत जनताको परिवर्तन भयो कि भएन ? लक्ष्य कहाँ थियो ? कता पुगिदै छ ? राजनीतिमा लाग्नेहरूले आफ्नो आचरण कस्तो बनाउने भन्ने जस्ता कुरा यसबाट उजागर हुनेछन् । यो स्मृतिग्रन्थ नेत्रलाल माडसाबका साथै यो क्षेत्रमा लाग्नेहरूको योगदान समेत समेटिने छन् । हिँजो नेत्रलाललाई भेट्न नपाएकाहरूले आज उनीहरूको रवैया कस्तो रहेको छ ? कसरी विभिन्न दलहरूबाट फाइदा उठाइदो रहेछ भन्ने कुरा उजागर हुनेछन् । हिंजो भूमिगत कालमा नेत्रलालको टाउकाको मूल्य तोक्ने र विचारबाट पलायन गराउन उद्यत रहेकाहरू मध्ये अहिलेपनि केही जीवित छन् । यसले उनीहरूलाई राम्रो गरि जवाफ दिने छ । जसले मुलुक र समाजको लागि अमूल्य योगदान दिएको हुन्छ इतिहास त्यसकै लेखिनुपर्दछ । कतिपय स्मृतिग्रन्थहरू काला कर्तुत लुकाउनका लागि लेखिएका पाईन सक्छन् । यसको तुलनामा नेत्रलाल स्मृतिग्रन्थले इतिहास कस्तो व्यक्तिको लेखिदोरहेछ र लेख्नुपर्छ भन्ने एउटा राम्रो पाठ सिकाउने छ भन्ने समेत अपेक्षा गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?