ट्रेंडिंग:

>> लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढी सहयोग गर्ने >> एनआरएनए स्वीडेनद्वारा अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग >> अक्सफोर्डमा विद्यार्थीले पस्के सात देशका खानाका परिकार >> सेण्ट जेभियर्स कलेजद्वारा सांस्कृतिक सम्पदाको संरक्षण र नैतिकताको प्रवद्र्धनका लागि वाकथन   >> असमानता बिरुद्ध कपिलबस्तुमा बृहत रयाली र ज्ञापन >> सुरुङ्गमार्ग समयमै सम्पन्न हुन्छ : प्रम ओली >> रबि लामिछाने माथीकाे छुनछेक बहस सुरू >> पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर >> एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै >> विष्णु पौडेलको ‘ड्रिम प्रोजेक्ट’ सिद्धबाबा सुरुङ यसरी भयो साकार >>   घमण्डको अति दम्भले हुन्छ विनास       >> युगानुकुल बनाउ नयाँ शिक्षा ऐन >> पर्यटन मन्त्रीलाई बँधिया भाले >> चौपाया छाड्नेलाई सात हजार जरिवाना >> बुटवलका मासु पसलमा अब बधशालाको मासु >> १९ वर्षमुनिको महिला विश्वकप प्लेअफमा नेपालले आज मलेसियासँग खेल्दै >> पश्चिमी भूभागमा न्यून चापीय प्रणालीको प्रभाव, कस्तो रहला आजको मौसम ? >> भूमि समस्या समाधान अभियान बाणगंगाबाट सुरु हुने >> माघ १५ देखि गुञ्जिंदै बढैयाताल >> दाङमा मिटरब्याज पीडितले गरे प्रदर्शन  >> अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मदरसाका विद्यार्थीहरुलाई स्वीटर वितरण >> दक्ष प्रशिक्षक उत्पादन गर्न घोराहीमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु >> सामाजिक सञ्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ >> मुद्रण नीति परिमार्जन गर्न उद्योगीहरुको आग्रह >> फुडमाण्डुको सेवा अब बुटवलमा >> नेप्से परिसूचक दोहोरो अंकमा घट्दा कारोबारमा पनि भारी गिरावट >> मानव बेचबिखनमा संलग्न पौडेल ओमानमा इन्टरपोलको सहयोगमा पक्राउ >> समाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह >> स्याङ्जामा भेटिएको बम नेपाली सेनाले डिस्पोज गर्यो >> अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरी आगो फैलिँदै, १९ हजारलाई सुरक्षित स्थानमा सारियो >> भैरहवा विमानस्थलमा अब ८०० मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने >> प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा लक्ष्मीकुमारी  >> रवि लामिछानेको अदालतमा थुनछेक बहस जारी >> त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलको लागि दुई जनाको मात्र आवेदन >> चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको आखेटोपहारसहित दुई जना पक्राउ >>  मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल >> माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड >> सगरमाथा यात्रा दस्तुरमा वृद्धि, विदेशीसँग अब थप ४ हजार डलर तिर्नुपर्ने >> अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु >> भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्कासित >> जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह >> सुन चाँदीको भाउ घट्यो >> २६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजबाट >> रबि लामिछाने पुगे रूपन्देही अदालत, केही बेरमा थुनछेक बहस हुने >> लुम्बिनीका गाउँगाउँमा अब प्रहरी पुग्ने >> कपिलवस्तु जेसिजका लागि ३ जनाको प्रतिस्पर्धा >> रामग्राम स्तुपदेखि लुम्बिनीसम्मको निःशुल्क धम्मयात्रा >> सरकारलाई सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न निर्देशन >> आर्थिक सम्बृद्धिका निम्ति राजनीतिमा सुधार जरूरी >> पुँजीगत खर्च बढाउन पहल गर

किसानलाई दूधको भुक्तानी १५ दिनमै

सहकारीमा शेयर सदस्यको संख्या ११ सय जना छन् । तर शेयर सदस्यहरू भन्दा दोब्बर बढि बाहिरबाट किसानले दूध सहकारीमा ल्याएर बिक्री गर्दै आएका छन् । २ हजार भन्दा बढि किसानले एकै पटक दूध सहकारीमा ल्याएर जम्मा गर्दछन् ।
३० जेष्ठ २०८१, बुधबार
३० जेष्ठ २०८१, बुधबार

बुटवल, ३० जेठ । किसानबाट दूध संकलन गरी दुग्धजन्य बस्तु बनाएर बिक्री गर्दै आएका सहकारी नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर –१४ चौपत्तामा २०५० सालमा स्थापना भएको सहकारी हो चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था । स्थापनाको ५ बर्ष किसानको दूध संकलन गर्ने बजारीकरण गर्ने गर्दै आएको यो सहकारीमा २०५५ सालमा दूध संकलन कार्य बन्द भयो । सहकारी बहुउद्देश्यीय भएको अनुसार बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले पुनः वि.सं. २०६५ सालदेखि पुनः दूध संकलन र बिक्री वितरण गर्ने काम सुरुवात गरेको हो ।

दैनिक ४० लिटर दूध संकलन गरी बिक्रीबाट सुरुवात भएको यो सहकारीले अहिले ७ हजार लिटर दूध संकलन गरी बिक्री वितरण गर्दै आएको छ । सहकारीका अध्यक्ष पूर्णप्रसाद तिमिल्सीनाका अनुसार सहकारीले अहिले आफ्नै भवन निर्माण गरेको छ, दुग्ध प्रसोधन केन्द्र, प्याकेजिङ्ग सम्मको काम गर्दै आएको छ । किसानबाट उत्पादन भएको दूध संकलन गरी प्रसोधन गरी, प्याकेजिङ्ग, बजारीकरण तथा विविधिकरण समेत गर्दै आएको छ । जाडो मौसममा दैनिक १० हजार लिटर दूध संकलन हुँदै आएको छ । किसानले सहकारीमा ल्याएका दूध खरिद गरिदिने र किसानलाई सहकारी मार्फत किसानलाई चाहिने दाना, फुड सप्लीमेन्ट सहित चौकर लगायतका सामग्री समेत प्रदान गर्दै आएको छ । सहकारीले पछिल्लो समयमा भण्डारण गर्ने क्षमता समेत बिस्तार गरेको छ ।

सहकारीको नाममा रहेको ४ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा भवन निर्माण छन्, दूध विविधिकरणको काम समेत हुँदै आएको हो । संस्थाका अध्यक्ष पूर्ण प्रसाद तिमिल्सनाका अनुसार यो संस्था दूध संकलनका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो संस्था हो । यसले काठमाडौंबासीलाई समेत दूध खुवाउने गरेको छ । काठमाडौंमा रहेका नेपाल डेरी र खरिपाटी डेरी यस संस्थाको उत्पादन लिन बर्दघाटसम्मै पुग्ने गरेका छन् ।

सहकारीले नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाबाट अनुदानमा यन्त्र उपकरण समेत खरिद गरेको छ । १ करोड २० लाख रूपैयाँको कार्यक्रम स्वीकृत भएकोमा परियोजनाबाट ५० प्रतिशत अनुदान अर्थात ६० लाख रूपैयाँ अनुदान प्राप्त गरेको सहकारीको उद्देश्य अनुसार २ बर्षपछि मात्रै सहकारीले खरिद गर्न सकिने यन्त्र उपकरण लाई लगायतको प्रविधि परियोजना मार्फत २ बर्ष पहिला नै उद्देश्य पुरा भएको अध्यक्ष तिमिल्सीनाको भनाई रहेको छ । सहकारी मार्फत दुुग्धजन्य बस्तुमा दूध, दही, पनिर, घिउ लगायतका उत्पादन गर्दै आएको छ । सहकारीमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीले अन्य २ वटा सहकारी मार्फत पनि दूध संकलन तथा बजारीकरण गर्दै आएको छ । सहकारी मार्फत संकलन गरेको सहकारी प्रदेशमा ने ठुलो रहेको अध्यक्ष तिमिल्सीनको भनाइ छ । सहकारीमा शेयर सदस्यको संख्या ११ सय जना छन् । तर शेयर सदस्यहरू भन्दा दोब्बर बढि बाहिरबाट किसानले दूध सहकारीमा ल्याएर बिक्री गर्दै आएका छन् । २ हजार भन्दा बढि किसानले एकै पटक दूध सहकारीमा ल्याएर जम्मा गर्दछन् । पोखराको सुजल डेरी, नेपाल डेरी काठमाडांै, हेटौडा डेरी लगायतले दूध सहकारीमा नै आएर लैजाने गर्दछन् । सहकारीमा बचत १२ करोड बढि छ । साढे ३ करोड शेयर पुँजी छ । सहकारीको क्षमता २२ हजार भन्दा बढि दूध एकै पटक भण्डारण गर्न मिल्ने गरी संरचना विकास गरिएको छ । पास्चराईज मेसिन, ब्रोईलर मेसिन, प्याकेजिङ्ग मेसिन, चिस्यान केन्द्र एकिकृत प्लान्ट, चिम्नी सहितको छ ।

निकट भविश्यमा उद्योगको क्षमता अझ बिस्तार गरी विभिन्न दुग्धसँग सम्बन्धी बस्तु उत्पादन र बजारीकरण गर्दै जाने योजना रहेको जनाइएको छ । सहकारले बर्दघाट नगरपालिका पशुपंक्षी विकास शाखा बाट गत आ.व. को दूध उत्पादनको आधारमा यस संस्थाले बर्दघाट नगर पालिका भित्रका दुग्ध उत्पादक कृषकहरूलाई वितरण गर्नका लागि प्रति लिटर रु. १ का दरले हुन आउने रकम संस्थाका सबै शाखाबाट नगदै बितरण समेत गरेको छ । भूमि व्यवस्था, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र परसीबाट प्रतिफलमा आधारित अनुदान सहयोग कार्यक्रम मार्फत प्राप्त रकम प्रति लिटर रु.९३ पैसाको दरले संस्थामा दूध उपलब्ध गराएका सम्पुर्ण किसानको बैंक खातामा रकम हस्तान्तरण गरि वितरण समेत गरेको छ ।

संस्थाबाट बिक्री गरिने पशु औषधीहरू, मिनिरलर तथा फिड सप्लीमेन्ट, क्यालसियम र लिभरटोनिक प्रकारका औषधीहरूमा संसथामा दूध बिक्रि गर्ने दुग्ध उत्पादक कृषकहरूलाई ५ प्रतिशत छुटको व्यवस्था समेत गर्र्दै आएको छ । दुग्ध उत्पादक कृषक शेयर सदस्यहरूलाई उत्पादन वृद्धि गर्नका निमित्त धितो नभएको खण्डमा गाई भैसी खरिद गर्नका लागि रु १ लाख सम्म ऋण लगानी गर्दै आएको छ भने सहुलियत दरमा कृषकहरूलाई आवश्यक घाँसको बिउ, दाना, चापट, औषधि विक्रि वितरणसमेत गर्दै आएको सहकारीका व्यवस्थापक विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।

दुग्ध उत्पादक कृषक तथा अन्य कृषि व्यवसायीहरूलाई शेयर प्रवेशका लागी प्राथमिकता प्रदान गरि शेयर सदस्य दुग्ध उत्पादक कृषकले संस्था दूध बिक्रि गर्दा प्रति लिटर रु०.२५ पैसा कट्टा गरी संस्थाको तर्फबाट ०.२५ पैसा थप गरि प्रत्येक बर्षको दशैमा रु०.५० पैसा प्रति लिटरका दरले दिने व्यवस्था समेत गरेको छ । संस्थामा आवद्ध दुग्ध उत्पादक कृषकका गाई तथा भैसी सुत्केरी (ब्याउदा) हुदा सुत्केरी गाई भैसीको स्वास्थ्य तजा दूधको गुणस्तर कायम गर्ने उद्देश्यले सुत्केरी गाई भैसीलाई १ के. जी. मिनरल र पाडा पाडी हुर्काउने उद्देश्यले जुकाको औषधी वितरण गरिने व्यवस्था गर्दे आएको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहन गराउन दूधको मूल्यमा थप रु ३२ टि. एस. अतिरिक्त थप दिदै आएको छ । कृृषकहरूलाई पासको बिउ वर्षिम र जै निशुल्क वितरण गर्दै समेत आएको छ । विक्री गरेको दूधको रकम किसानको दूध खरिद वापतको रकम प्रत्येक १५/१५ दिनमा भुक्तानी प्रक्रिया नियमित गरेको छ । सहकारीले आगामी दिनमा नियमित रूपमा संस्थाबाट दूध खरिद गरि लाने दुग्ध कारखानासंग समन्वय गरि मिल्क होली डे को अवस्था आउन नदिने योजना बनाएको छट ।

धितो बन्धक प्रकृयावाट ऋण लगानी गर्नका लागि आवश्यक प्रक्रिया मध्ये बाहिरी मुल्यांकन कर्ताको (भ्यालुएटर तथा इन्जिनियर) राख्ने समेत योजना बनाएको अध्यक्ष पूर्ण प्रसाद तिमिल्सीनाले जानकारी दिए । यस्तै पशु आहार उन्नत घाँसको बिउ तथा पशुहरूका लागि आवश्यक मिनिरल तथा फिड सप्लिमेन्टलाई निरन्तरता दिदै सबै केन्द्रहरूमा दुग्ध चिशयान संचालनमा ल्याउने, दुग्ध उत्पादक किसानहरूलाई उत्पादन बृद्धि गराउने उद्देश्यले विभिन्न तालिम उपलब्ध गराउने र रसवरी, पेडा, मिठाई लगायतका दुग्धजन्य उत्पादन गरी बजारीकरण गर्ने योजना समेत बताएको सहकारीका सचिव भरत प्रसाद देवकोटाले जानकारी दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?