© २०२३
सल्यान जिल्लाको मर्म खोलामा अविरल वर्षापछि उर्लीएर आएको बाढिले सयौँ रोपनि जमिन कटान गरेको छ । साथै किसानको खेत बाढिले कटान गर्दा र पुर्दाखेरि धानबालिमा ठूलो क्षती पुगेको छ । शुक्रबार रातीदेखि परेको भिषण वर्षाले मर्मखोलामा १० वर्षयताकै सबैभन्दा ठूलो बाढि आएको स्थानीयले बताएका छन् । स्थानीय जिमाली र मर्म खोलाबाट बाढी उर्लिएर आउंदा त्रिवेणी देखि स्यानिपिप्ली सम्मको क्षेत्रमा क्षेती पुगेको हो ।
कुमाख गाउँपालिकाका किसानहरूको वेशीमा रहेको सयौँ रोपनि खेत कटान र धानबालि नष्ट भएको बताइएको छ । प्रहरीले क्षतीको विवरण संकलन शुरु गरेको छ । वर्षभरि खाने धानबालि बाढिले नष्ट पारेपछि किसानहरू चिन्तामा परेका छन् । यसैविच उर्लीएको बाढि मोटरबाटो सम्म पुग्दा गाउँ पुग्ने मोटरबाटो अवरुद्ध रहेको पश्चिम सल्यानबाट पत्रकार दुर्गा विसीले जानकारि गराएका छन् । बाढिले त्यस क्षेत्रको खोला किनारमा रहेका पाँच घरलाइ समेत जोखिममा पारेको छ ।
स्थानीय नविन रावतले भनेका छन्, ‘डरलाग्दो तरिकाले उर्लीएर आएको बाढि हाम्रो घर सम्म छि¥यो । राती बाढि पसेर घरको तल्लो तला पानिले भरिएको छ ।’ राती दुई बजेदेखि घरभित्रै बाढी पसेपछि घरको सामान व्यवस्थापन गर्न आफुहरूलाई समस्या परेको रावतले बताए । नजिकै इलाका प्रहरी कार्यालय भएपनि सामान झिक्नमा कुनै सहयोग नगरेको भन्दै उनले दुखेसो पोखे । उनले भने, ‘बाढी पसेपछि प्रहरी घरमा त आयो तर समान झिक्न केहि सहयोग नगरेर गयो ।’ खोलामा पानीको बहाव घटेपछि त्यहाँको अबस्था सामान्य बन्दै गएको बताइएको छ ।
यसैविच पश्चिम सल्यानकै वन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर छ भाखर्कको गैरागाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । गाउँका एक दर्जन घर अविरल वर्षापछि पहिरो झरेपछि र वस्ती माथिको जमिन धसिएपछि जोखिममा परेका हुन् । गैरागाउँ देखि माथिको खाली पाखा जंगलको भागमा ५० मिटर चौडा जमिन चिरा परेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयहरूले भनेका छन्, ‘जमिन चिरा पर्नुको साथै अविर वर्षाले ठाउँ ठाउँमा जमिन धसिएको छ ।’ गैरागाउँमा एक दर्जन बढि स्थानीयका घर जोखिममा परेका छन् । उक्त स्थानका अम्मर वाग्रि, इन्द्र वहादुर वाग्रि, रत्न वहादुर पुन, भिम वहादुर वाग्रि लगाएत ११ घरपरिवार आफ्नो घर छाडेर रातभर आफन्तकहाँ जाने गरेका छन् । स्थानीय रत्न बहादुरले भने, ‘हाम्रो घर माथी ठाउँठाउँमा जमिन चिरा परेको छ । जतीखेर पनि पहिरो आउन सक्छ । त्यसैले ज्यान जोगाउन भन्दै रातको समयमा आफन्तकाहाँ गएर सुत्ने गरेका छौँ ।’ शुक्रबार ाती परेको अविरल वर्षाका कारण वडा नम्बर पाँचमा देव वहादुर विष्टको घर समेत पहिरो उच्च जोखिममा परेको छ ।
यसैविच बन्गाड खोलामा आएको वाढिका कारण छिन्चु जाजरकोट सडक खण्ड र सल्ली रुकुम चौहरजारी सडकमा चल्ने सवारी साधान ठप्प रहेका छन् । शनिबार नै भेरी नदिमा रहेको फेरी पनि भेरीले वगाएको छ । भेरीमा वाढि आए पछि फेरीका फलामे लहरा चुडेपछि फेरी वगेको हो । विहान १० वजेतीर फेरी वगाएको स्थानीयको भनाई रहेको छ । भेरीले फेरी वगाए पछि सुर्खेतको ठिग्नी जोडने झोलुंगे पुलमा समेत क्षती पुगेको छ । फेरीका बग्दै गएका फलामे लहराले उक्त झोलुंगे पुललाइ चुँडाएको बताइएको छ ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी