ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने

२२ बैशाख २०८१, शनिबार
२२ बैशाख २०८१, शनिबार

रुपन्देही । गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नं. १ का जनप्रतिनिधिले बुटवलमा आएर सुझाव संकलन गरेका छन् । रुरुमा जन्मथलो भई रुपन्देही जिल्लामा आएर बसोबास गर्दैै आएका सरोकारवालाहरुसँग नयाँँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्दैै जनप्रतिनिधिले गाउँको विकासको लागि सुझाव संकल गरेका हुन ।

स्थानीय तहले बसाइँसराई रोक्नको लागि गाउँमै स्वरोजगार बन्ने वातावरण सृजना गरिनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । रुरुक्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको प्रचारप्रसार गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके स्थानीय स्वरोजगार बन्ने उनिहरुको भनाई छ ।

खानेपानीको सहज पहुँच ,कृषि उपज उत्पादनमा आधारित अनुदान, सडक निर्माण, भौतिक पुर्वाधार , स्वास्थ्य चौकी र नियमित यातायातका साधन गुडाउने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन । रुरु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जनप्रतिनिधिले जनतासँग हातोमालो गर्दै अगाडी बढ्ने र बसाइँसराइ रोक्दै गाउँलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । सरोकारवालाहरुले उठाएका सवाल र सुझावहरूलाइ कार्यान्वयन गरिने उहाँले बताउनुभयो । वडाको पहिचानको लागि डकुमेन्ट्री बनाउदै ,उखु पकेट क्षेत्र बनाउने अध्यक्ष बिकले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ को नीति निर्माणका लागि सुझाव संकलन गरिएको वडा सचिव रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा गुल्मी थोर्गा सम्पर्क समाजका अध्यक्ष तथा बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले गाउँको समस्या समाधानमा जनप्रतिनिधि मात्रै नभएर स्थानीय पनि संगै हुनुपर्नेमा जोड दिनुभयो । पानीको मुहान जोगाउँदै भौतिक र सडक निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजसेवी लालबहादुर बिक र फणीन्द्रराज ज्ञवालीले कार्यक्रममा बोल्दै जनप्रतिनिधिले राजनीति नगर्नको लागि शुझाब दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि घनश्याम ज्ञवाली ,सुशील श्रेष्ठ , भट्कुवा रूपन्देही सम्पर्क समाजका अध्यक्ष डोलराज पौडेल , समाजका सचिब केशव ज्ञवाली,स्थानीय बासी लक्ष्मण ज्ञवाली ,अच्युतराम ज्ञवाली, भिम ज्ञवाली, पुजन ज्ञवाली, कपिल ज्ञवाली लगायतले बोल्नु भएको थियो ।`

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?