ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

निकासी कर नउठाउन अदालतको आदेश

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

उच्च अदालत तुलसीपुरले दाङको गढवा गाउँपालिकालाई प्राकृतिक एवं खानीजन्य बस्तुहरूमा लगाएको निकासी तथा मूल्य अभिबृद्धि कर नउठाउन आदेश जारी गरेको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को आडमा गढवा गाँउपालिकाले निकासी कर र मूल्य अभिबृद्धि कर लगाउँदै आएको थियो । दोहोरो करको मारमा परेका व्यवसायीहरूले उच्च अदालत तुलसीपुरमा परेको रिट निबेदनका आधारमा उच्च अदालत तुलसीपुरले शुक्रबार आदेश जारी गरेको हो । नेपालको संबिधान २०७२ ले स्थानीय सरकारलाई मूल्य अधिवृद्धि कर उठाउने अधिकार दिएको छैन । तर गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा घ को धारा ६ बमोजिम नदी तथा खानीजन्य बस्तुहरूको निकासीमा प्रति क्यूवी फुट २ रूपैयाँका दरले र मूल्य अभिबृद्धिकर १३ प्रतिशत समेत जोडेर निकासी कर लिँदै आएको थियो ।

गत साउनको ८ गते सम्राट माईनिङ गढवाको रा १ ख १५८० नम्बरको टिप्परले ९ सय ४ रूपैयाँ गाउँपालिकालाई कर तिरेको थियो । टिप्परमा रहेको गिट्टिलाई चार सय क्यूवि फिटको आधार मानेर २ रूपैयाँको दरले ८ सय रूपैयाँ र त्यसको १३ प्रतिशत मूल्य अभिवृद्धि कर १ सय ४ रूपैयाँ सम्राट माईनिङले तिरेको छ । यस अघि जिल्ला समन्वय समितिले गर्दै आएको काम अव स्थानीय स्तरमा आएकोले कर लिने निर्णय गरेको गाउँपालीकाले जनाएको छ । तर नेपालको संविधान २०७२ को धारा २३६ अनुसार एक प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको बिस्तार वा कुनै प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै किसिमको बाधा अवरोध गर्न वा कुनै कर, शुल्क, दस्तुर वा महसूल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा बिस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन भन्ने उल्लेख छ ।
गढवा गाउँपालिकाले दोहोरो कर लिइरहेको सम्बन्धमा आफू संग भएको स्टकको प्रमाणित गराउनु पर्ने तर कर भने नलाग्ने जिल्ला समन्वय समितिका उपसभापति श्रीधर पौडेल बताउँछन् । यता व्यवसायीहरूले भने यसरी एकै बस्तुमा दोहोरो कर लगाउँदा उपभोक्ताहरू सिधै मर्कामा पर्ने बताएका छन् । खानिमा पुग्दा कर, संकलन गरी निकासी गर्दा कर अन्तत बिक्रिमुल्यमा नै जोडिने हो भने घाटा उपभोक्तालाई नै हुने उनीहरूको भनाई छ ।
गाउँपालीकाले उत्खनन्का लागि वा निकासीका लागि कर उठाउन ठेक्कामा दियो भने ठेक्का रकमको मुल्य अभिबृद्धि कर लिन पाउने आन्तरीक राजश्व कार्यालय तुलसीपुरका सुचना अधिकारी उदयराम केसी बताउँछन् । तर प्रत्येक दिन प्रत्येक सवारीसाधनवाट भने मुअकर लिन नपाईने उनको भनाई छ । गाँउपालीकाले निकासी कर गढवाको कालाकाँटे बाट उठाउँदै आएको थियो भने वडा नं १, ५ र ८ बाट गाडि प्रबेश कर समेत लिदै आएको छ ।तर सरकारी निकायले नै आफै प्रत्येक दिन मुल्य अभिबृद्धि कर उठाउन नपाईने आन्तरीक राजश्व कार्यालय तुलसीपुरले बताएको छ । अदालतले अन्तरीम आदेश जारी गरी कर नउठाउने भन्ने बिषयमा प्रतिकृया लिन खोज्दा गाउँपालीका अध्यक्ष सहजराम यादव सम्पर्कमा आउन चाहेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?