ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

नाच्न नजान्ने, आँगन टेढो ?

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

केही समययता धेरै नागरिकका मुखबाट सुन्न पाइने शब्द हो “व्यवस्था बदलियो अवस्था बदलिएन” । पछिल्लो समय धेरै राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत यही वाक्य भन्न लागेका छन्– व्यवस्था बललियो अवस्था बदलिएन । राप्रपा लगायतका पार्टीहरू त अवस्था बदल्छौं भनेर आन्दोलनको उद्घोष गरेका छन् । निषेधित क्षेत्र तोडने सम्मको प्रयास गरेको पनि देखियो । अन्य दलका शिर्ष नेताहरूले पनि व्यवस्थाको खोट नभएर अवस्थाको खोट भन्न लागेका छन् । केही प्रजातान्त्रिक दलका नेताहरूले पनि निर्वाचन प्रणालीमा समेत खोट देख्न लागेका छन् । उनीहरू भन्दैछन् कि “यो निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत आउँदैन । अव निर्वाचन प्रणाली बारे नयाँ ढंगले सोच्ने हो कि” ? यसै सन्दर्भमा नेकपा एमालेले भने मिसन चौरासी भनेर अगाडि बढेको छ । यसैका नामबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उसले मिसन चौरासी भित्र नेकपा एमालेको बहुमतको सरकारको सपना देखेको छ ।

राजनीतिक दलहरूका आफ्नै चाहना छन् भने नागरिकका आफ्नै चाहनाहरू रहेका छन् । जो निकै वर्षदेखि यथास्थानमा थाँती रहेका छन् । यो वर्ष हुन्छ कि त्यो वर्ष हुन्छ कि भन्दाभन्दै निकै वर्ष वितेको मात्र नभएर केही पुस्ताले पनि बाटो काटीसकेको अवस्था समेत रहेको छ । पुस्ता वितिसक्दासम्म पनि चाहना यथास्थानमा हुने भनेको राम्रो संकेत होइन । यही कुरालाई बदल्न सकेमात्र हाम्रो अवस्था बदलिन सक्छ । आज चारैतिर गुञ्जने कुरा व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने अवस्थामा हामी किन पुग्यौं ? हामीलाई यो अवस्थामा पुयाउने स्वदेशी हुन कि विदेशी हुन् ? हामीलाई यसका वारेमा राम्रो हेक्का छ कि छैन ? हुन त नागरिकबाट सुनिने आवाज भनेको राज्य सञ्चालक वा दल सञ्चालकहरूको कारणले गर्दा यो अवस्था भोगिरहेका छौं भन्ने आवाज सुनिन्छ । राज्य सञ्चालक वा दल सञ्चालकका कुरा सुन्दा यो निर्वाचन प्रणालीको त्रुटी हो भन्नु हुन्छ । निर्वाचन प्रणालीको त्रुटी हो भन्नुको तात्पर्य संविधानमा कहिं त्रुटी छ भन्ने बुझिन्छ ।

निर्वाचन प्रणालीमा वा संविधानमा त्रुटी भएका कारणले कुनैपनि दलको बहुमत आउन नसकेको होइन । यही संविधान वा निर्वाचन प्रणालीमा त्रुटी भएको भए २०७४ को निर्वाचनमा वामपन्थीहरूको बहुमत आउने थिएन । त्यतिवेला आफ्नो चुनाव चिन्हबाट चुनाव लडिएको भए पनि साझा उमेदवारी दिइएको थियो । साझारूपमा मत मागिएको थियो । यसैकारणले नागरिकले पत्याएको हुनाले झण्डै दुई तिहाइ नजिक पुगेको थियो । यसैको आडले नेकपा नामको पार्टी पनि गठन भएको हो । यो इतिहासलाई विर्सन मिल्दैन । यो सबै हेरिसकेपछि निर्वाचनको त्रुटी वा संविधानको त्रुटी कसरी भन्ने ? यो त “नाच्न नजान्ने आँगन टेडो” भनेको जस्तो भयो । निर्वाचन प्रणालीमा खोट भन्नुको तात्पर्य प्रत्यक्ष राष्ट्रपति वा प्रत्यक्ष प्रधानमन्त्री भन्ने बुझिन्छ या समानुपातिक सिट र प्रत्यक्ष निर्वाचन मध्य एक भन्ने बुझिन्छ । हुन त समानुपातिक सिटलाई खासै सदुपयोग गरेको देखिएको छैन । यो त निर्वाचन नलडेका राज्यका अति कामलाग्दा दक्ष व्यक्तिहरू जो निर्वाचनमा होमिन तयार छैनन् हो उनीहरूका निम्ति बनाइएको प्रणाली हो तर हामी कहाँ त्यसमा नाम जसले सिफारिस गर्ने हो त्यसले यसको मर्म बुझेको जस्तो लाग्दैन । नयाँ संविधान २०७२ जारी भए पछि सम्पन्न भएका निर्वाचनहरू हेर्ने हो भने समानुपातिकमा हरेक नेताका श्रीमती वा श्रीमान वा नजिकका आफन्तजनहरूले बढता टिकक पाएको देखिन्छ । यो त्रुटी कसको हो जस्तो लाग्छ ? यो पनि संविधानको त्रुटी हुन सक्छ ? या निर्वाचन प्राणलीको त्रुटी हुन सक्छ र ?

हामीले अवस्थामा सुधार ल्याउन नसक्नुमा वा नदेख्नुमा खोट कहाँ छ भन्ने कुरा त प्रष्ट छ । श्रीमान पार्टीको पोलिटव्यूरो सदस्य छ भने श्रीमती वा श्रीमानलाई समानुपातिक सिटमा राख्नु पनि संविधानको खोट भन्न लाग्ने हो भने त खोट नभएको ठाउँ नै हुँदैन होला ? कुरा यति सिधा छ की दक्षतामा त्रुटी कहाँ रहेछ ? समानुपातिक सदस्यहरूमा ल्याउनुपर्नेमा महिला, दलित, जनजाति, आदिवासी, खसआर्य, मुस्लिम, थारु, मधेसी, पिछडीएको क्षेत्र लगायतका क्षेत्रबाट वन्दसूचिमा नाम समावेश गर्ने र सोही अनुरूप आफ्नो पार्टीले पाएको मतको आधरमा सिट पाउने व्यवस्था हो । यो अनुरूप भयो कि भएन भन्ने प्रश्नको सिधा उत्तरमा यहीनेर ठूलो खोट भयो भन्न सकिने अवस्था रह्यो । यो प्रणालीको दोष होइन । प्रणाली चलाउने जिम्मा पाएका वा जिम्मा खोजेकाहरूको विवेकमा रहेको खोट हो । यही खोटका कारणले नेपालीका मनमस्तिष्कमा चोट पुयाएको छ ।

यी विगतका कुरा भए । तिनै कुराले अहिले पछुतो लाग्नेसम्म भएको छ । यही पछुतोको नजिकमा बस्दै गर्दा आफु सुध्रने र आफन्त सुधार्ने प्रयास गर्ने हो भने आगामी दिनमा अवस्थामा पनि सुधार गर्न सकिन्छ भन्ने अपेक्षा गर्ने ठाउँ प्रसस्त रहेको छ । हामीले दोष जति अरूको थाप्लामा विसाउन चाहन्छौं । सबै दोष उसैको हो भन्ने जस्ता कुरा निकै छिटो र सहज ढंगले भन्न सक्छौं । तर आफूबाट कर्तव्य पुरा गरियो कि गरिएन भन्ने सवालमा हेक्का राख्ने गर्दैनौ । यो पनि एक प्रकारको त्रुटी हो या खोट हो । नेपालमा २०७९ सालमा सम्पन्न निर्वाचन पछि तिनवटा समिकरण बने पहिलो नेकपा एमाले र माओवादी केन्द्र सहितको । दोस्रो नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको र तेस्रो पुनः एमाले र माओवादी केन्द्र सहित अन्यको गठवन्धन बनेको छ । यसै कारणले वर्तमान प्रधानमन्त्रीले तेस्रो पटक संसदबाट विश्वासको मत लिनु भएको छ । यो विश्वासको मत मागेको अन्तिम हो भन्ने केही ग्यारेण्टी छैन । किनकी वर्तमान गठवन्धन पनि कतिवेला कतिवेला धर्मराएको जस्तो आभाष हुन लागेको छ । त्यस्तो नहोस हाम्रो कामना । कति पटक को को संग गठवन्धन गर्ने ? गठवन्धनको रटाईले थकाइ लाग्ला जस्तो भइ सकेको छ । अव तत्काल गठवन्धन धर्मराउने अवस्था आयो भने अव नागरिकाको पनि धैर्यको बाँध टुट्न धेरै समय लाग्ने छैन ।

नयाँ वर्ष २०८१ आरम्भ भएको छ । यो आरम्भ हुनु भन्दा पहिलेदेखि नै नेपालीहरूले शुभकामनाका शब्दहरू प्रवाह गरेको देखियो, सुनियो पनि । यसै प्रसंगमा शुभकामना दिनेहरूले व्यवस्थामा मात्र नभएर अवस्थामा पनि सुधार आएको हेर्न पाइयोस भनेको पनि सुन्न पाइयो भनेपछि यो वास्तविक चाहना हो र यो चाहनाले आम नेपालीको प्रतिनिधित्व गर्दछ । वर्तमान खिचातानीबाट घृणा उत्पन्न भईसकेको छ । यो घृणा अर्को कुनै केहीमा परिणत भयो भने अवस्था परिवर्तन मात्र नभएर व्यवस्था परिवर्तनको बिगुल बज्न सक्छ । किनकी विना मन्दिर यो मुलुकमा घण्टी बजिसकेको छ । खेतमा जोत्न नजान्नेहरू पनि हलो बोकेको अवस्था छ । हामी सिद्धान्तका परिपालक राणा विरोधी आान्दलनमा लागेको धक्कुले अव सफाइ पाइने छैन । नयाँ वर्षसंगै नयाँ सोंचको विकास हुन सकोस् र नयाँ चाहना पूरा हुनु सकुन । आम नेपालीको अपेक्षा पनि यही रहेको छ । यो अपेक्षा पूरा हुनका लागि राजनीतिक स्थिरता चाहिन्छ । जुन हाम्रा माझमा आइपुगेको छैन । यो छिटै आई पुगोस् । अहिलेलाई यत्ति कामना मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?