ट्रेंडिंग:

>> यी हुन बिआर आई फ्रेमवर्क भित्र परेका १० आयोजना >> बारा र कपिलवस्तुमा करेन्ट लागेर २ जनाको मृत्यु >> चितवनमा रविका समर्थक र प्रहरीबिच झडप (फोटोफिचर) >> राष्ट्रपति पौडेलको प्रोस्टेट शल्यक्रिया सफल, अवस्था सामान्य >> विराटनगरले टस जितेर पहिले बलिङ रोज्यो, लुम्बिनीलाइ जित्ने दाउँमा >> चितवनमा रास्वपाको प्रदर्शन, प्रहरीद्धारा बल प्रयोग >> नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर >> भुटानका राजा भोली नयाँ दिल्ली जाँदै >> एनपीएल : करणको विष्फोटक ब्याटिङमा काठमाडौको पहिलो जित >> पुष्पाः२ फिल्म लामो भए पनि बोर हुने छैन्ः फिल्म समिक्षक >> दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द ‘मार्शल ल’ लगाउने महाअभियोग दर्ता >> कर्णालीले दियो काठमाडौंलाइ १५० रनको लक्ष्य, शिखर धवन एक्लैले जोडे ७२ रन >> रोजगारीको प्रलोभनमा मानव तस्करीको स्वरुप फेरिएको छः सांसद केसी >> माओवादी प्रवासद्दारा बाढी पिडितलाई ५ लाख सहयोग >> एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै >> रूपन्देही डान्स स्टार सिजन–४ फाईनलमा २० प्रतिस्प्रर्धी >> महेशपुर भन्सार राजश्व घटेपछि प्रमुखको सरुवा >> कपिलवस्तु महोत्सवको तयारी पुरा >> जनप्रतिनिधिको तलब सुविधा कटौतीको कुरा >> एनपीएलमा कर्णाली र काठमाण्डौ तथा विराटनगर र लुम्बिनीको खेल आज >> कालीगण्डकी कोरिडोर सडक आजदेखि एक साता बन्द >> सिमेन्ट उद्योगले मूल्य बढाउँदा मर्कामा उपभोक्ता >> चुनौती बन्दै बीस वर्ष वारिका ‘आमा’ >> जाडो बढ्दै, कस्तो रहला आजको मौसम ? >> नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, केरुङ-काठमाडौं रेलदेखि पोखरा र लुम्बिनीमा सीधा उडान >> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

गोरक्षक, वीर गोरखा नेपाली

१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

केही दिनअघि कोशी प्रदेशमा गाई मारिएको विषयले अहिलेसम्म पनि माहोल तताइरहेको छ । माहोल तताइरहेको विषयलाई स्वभाविकै नै मान्नुपर्ने देखिन्छ । किनकि हाम्रो देश नेपालमा बस्ने अधिकांश धर्मावलम्बी हिन्दू, बौद्ध र किराँतहरूले गाईलाई आमा मान्ने गरेका छौँ । परापूर्वकालदेखि नै गाईको दुध माईको जस्तो गरी खाएर शरीर पुष्ट गराएका हामीले गाईलाई आमा मान्नु पनि स्वभाविकै हो । त्यतिमात्र नभएर अझ गहुँत, गोबर आदिको प्रयोग विना हाम्रा धार्मिक कर्महरू पूरा पनि हुँदैनन् । हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द, जिल्लालाई मात्र बुझाउने त्यस्तो संकुचित शब्द भने होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुनाकुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै मानव गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने, जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाई मातालाई मान्ने र उनीहरूको रक्षा गर्ने हामी वीर गोर्खाली विश्वका कुनाकुनामा छरिएर बसेका छौँ । गोरक्षक गोरखा जसले जय जय गोरख जय जय कालीको उद्घोष गर्दै विश्वको सामु गौरवसाथ जिउँदो मान्छे भएर जीवन जिउँछौँ । ती वीर गोरखा नेपाली नै हामी हौँ । हामी विदेशी उपन्यासकारहरूले भनेजस्तो कुनै बाहिरी देशबाट भागेर आएका हैनौँ । यस विषयमा राष्ट्रगुरु योगी नरहरिनाथले यसरी भन्नुभएको छ–
भगुवाभतुवा भाते शरणार्थी नभैकन ।
थरी थानी र रैथानी स्थानी यहौँ सबैजन ।।
हाम्रो शरीर यहीँको माटो, पानी, हावा, आगो एवं आकाशको उपज हो । हाम्रा पिता भगवान् शिव हुनुहुन्छ भने माता पार्वती हुनुहुन्छ । यही तपोभूमि, ज्ञानभूमि, ध्यानभूमिमा हाम्रा पूर्खाहरूले विश्व–कल्याणको चिन्तन गरेका हुन् । यही हिमालको काखमा भावातीत अवस्थामा ध्यान गर्दागर्दै ऋषिहरूले वेदका मन्त्रहरू देखेका हुन् । अहिँसाका प्रतीक भगवान् गौतमबुद्धको बुद्धत्व भूमि नै यही हो भने राजर्षि जनक, आदर्श नारी सीता, दार्शनिक अष्टावक्र, महर्षि पाणिनी आदि पनि यही पवित्र भूमिसँग सम्बन्धित छन् । गोर्खा जातीले असुर र आसुरी प्रवृत्तिको अन्त्यका लागि आफ्नो ज्यानको बाजी थापेर समेत धर्मयुद्ध गरेको इतिहास साक्षी छ । यस विषयमा पनि राष्ट्रगुरुले यसरी भन्नुभएको छ–
श्रीदुर्गाखुकुरी लिएर बलियो चम्काउँदै हातमा
गोर्खा वीर भये समग्र जगमा दिन्मा तथा रातमा ।
गाई धर्म धरा अनाथहरूको रक्षा गरी क्षात्रता
राखे वेदविधानले सकलको पाएर सत्पात्रता ।।
तर अहिले आएर साधु, सज्जन र गाईमाता रक्षाका लागि विश्वमा नाम कमाएको मुलुकका पुर्खाका सन्तान हामीहरूको बुद्धिमा बिर्को लाग्न थालेको छ । हामीले विदेशीहरूले दिएका पहिचानका आधारमा गाईजस्ता सोझा प्राणीहरू मारेर खानु हाम्रो संस्कृति भनेर गौरव गर्न खोजेका छौँ । कुनैपनि स्त्री जातिका पशुहरूको समेत हत्या नगरिने हाम्रो संस्कारका विरुद्ध के बोल्छौँ आफै थाहा पाइरहेका छैनौँ । आधुनिक विज्ञानले समेत प्रमाणित गरेको गाईको महत्व थाहा पाउँदा पाउँदै पनि “बाप बडा न भैया सबसे बडा रुपियाँ” भन्दै विदेशबाट हामीहरूको धर्म संस्कारलाई टुट फुट पार्न आएको पैसा पाउँदाजसो पनि बोल्न तयार छौँ । आमा बेच्न तयार छौँ । आमा बेचेर भतेर गर्ने राक्षसी संस्कारको पृष्ठपोषणका लागि गधामाथि चढेर झण्डा हल्लाउन पनि तछाडमडाड गरिरहेका छौँ । यस्तो हुनुको प्रमुख कारण भनेको यस्तो बताउनु हुन्छ राष्ट्रगुरुले–
विदेशीको सीको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलिइतिहासै हुनभनी ।
पढी लेखी घोकीअरूकन पढाई सव कुरा
अपूरा तीमिथ्या जब हुनगएभ्रान्तजनता ।।
माथिको प्रसङ्ग अनुसार गाईका सम्बन्धमा मानव एवम् प्रकृतिका लागि पनि घातक मानिएको गोहत्या जस्ता संविधानमै लेखिएको विषयमा पनि आतङ्क मच्चाउनेले त मच्चायो ल तर झन् ती आतङ्ककारीका पक्षमा ‘लाटा देशका गाँडा तन्नेरी’ ले अत्यन्तै विवादास्पद कुरो गरिरहेका हुन्छन् । मूर्ख मूर्ख खोजेर विदेशीहरूले विद्वान् भनाइँदा रहेछन् क्यारे यति साह्रो गम्भीर विषयमा पनि यति साह्रो छाडा कसरी बोल्न सकेका हुन् । कुनैपनि धर्मले विनाविधिको शरीर पोषणका लागि गरिने पशु हिँसालाई निषेध गरेको छ । धर्मले भनेको लाक्षणिक कुरालाई नबुझेर खानेले त खाइरहेका छन् । अझ नेपालको एकमात्र मौलिक धर्म हिन्दू (वैदिक, बौद्ध, किराँत) मा त गोहत्या त मनले सोँच्दापनि पाप हुने कुरा बताइएको कुरा माथि पनि बताइयो नै । त्यसमाथि अझै यहाँका पुराना रैथाने मियाहरूले पनि कहिले पनि यस्तो पथभ्रष्ट र राक्षसी कुरा सोँच्दापनि सोँचेनन् । जाने बुझेका मुसलमानहरूले पनि दुध खाइनेहरूको मासु खानै हुन्न भनेर बकाइदा भनिरहेका नै छन् । विदेशी क्रिश्चियन एवम् मुस्लिम देशमापनि दुध खाइने गाईको हत्या हुँदैन । त्यहाँ उनीहरूले मांसादिको लागि प्रयोग गर्ने जनावर गाईजस्ता देखिएता पनि ती भिन्न जातका हुन् । भारत, बङ्गलादेश र पाकिस्तानका केही अनपढ मुसलमानले गाईमाथि विवादित भनाई दिएतापनि त्यहाँका बुद्धिजीवी वर्गका मुसलमान, क्रिश्चियन पनि दुधदिने गाईलाई माताकै कोटीमा राख्नुपर्छ भन्दै आएका छन् । मांसाहार आफैमा घातक आहार हो । त्यसमाथि गाईको मांसाहार गर्ने व्यक्ति पछि छिट्टै नै अतिक्रूर भई मान्छेको मांसाहार पनि गर्न तत्पर हुन सक्तछ । यो विज्ञानले नै प्रमाणित गरेको विषय हो ।
त्यसैले गाईको अमृतरूपी दुध, दही, महीबाट स्वस्थ जीवन बिताऔँ नकि मांसादिको प्रयोग गरेर क्रूर जीवन । दूध जस्तो अमृत चिजबाट हामीहरूको पालनपोषण गर्ने गाई र हामीलाई जन्म दिई पालनपोषण गरेकी माई हामी गोर्खाहरूको लागि बराबरै पूज्य हुन् । त्यसैले देवता हुने प्रयास गरौँ नकि राक्षस । अन्त्यमा राष्ट्रगुरुबाटै रचित यो संस्कृत पद्य सबैले चिन्तनका साथ हत्या हिंसाको जङ्गली युगमा फर्किने हैन कि दया र करुणाले युक्त सभ्य समाजमा प्रवेश गर्ने प्रण गरौँ ।
निषिद्धा गोहत्यापशुपतियुते हिन्दुविषये
ततो हिन्दूराष्ट्रं प्रथितमथपृथ्वीस्थितिजुषाम् ।
क्षमेयं गोरक्षाक्षतिमसहमाना ननु गवा–
मवन्ती स्वं धर्मं हिमवति सदा स्वस्थहृदया ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?