ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

प्रदेश ५ मै रोल्पामा कम गरिब

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

रोल्पा प्रदेश ५ मा सबभन्दा कम गरिब घरधुरी रहेको जिल्लाको रूपमा देखिएको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तरगत गरिव घरपरिवार सहयोग समन्वय वोर्डको सचिवालयले प्रकाशन गरेको अन्तिम सूची अनुसार रोल्पा प्रदेशकै कम गरिव घरधुरी रहेको जिल्लाको रूपमा देखिएको हो  गरिव घर परिवार पहिचान सर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्धारा प्रदेश ५ का ६ जिल्लामा गरिएको सर्वेक्षणका आधारमा रोल्पा जिल्लाको गरिवीको दर सवभन्दा कम देखिएको छ । सर्वेक्षण अनुसार रोल्पामा गरिवी दर ३२.७ प्रतिशत मात्र देखिएको छ । जिल्लाको कुल जनसंख्या २ लाख १२ हजार ९ सय २९ मध्ये ३४ हजार ७६२ अति गरिव देखिएका छन । यसैगरि २० हजार ८६६ मध्ये गरिव तथा १३ हजार ९ सय १० सामान्य गरिवको रूपमा सूचीकृत भएका छन । तीनै थरिका गरिवको संख्या जोड्दा जिल्लामा कुल गरिवको संख्या ६९ हजार ५३८ देखिएको छ ।
सर्वेक्षण गरिएका प्रदेशका ६ जिल्ला मध्ये सवभन्दा धेरै गरिवी दर कपिलवस्तुमा देखिएको छ । कपिलवस्तुमा कुल जनसंख्या ५ लाख ३९ हजार ७८७ मध्ये २ लाख २८ हजार ५९७ गरिवको रूपमा देखिएका छन । यो संख्या ४२.३ प्रतिशत हो । प्रदेशका अन्य जिल्लाहरू क्रमशः प्यूठान ४१.७ प्रतिशत, रुकुम पूर्व ४०.९ प्रतिशत,अर्घाखाँची ३७ प्रतिशत र वर्दिया ३५.२ प्रतिशत गरिवी दर देखिएको छ ।
रेमिट्यान्सका कारण रोल्पा जिल्ला प्रदेशमै कम गरिवी दर देखिएको हुन सक्ने जिल्लावासीहरूले आँकलन गरेका छन । जिल्लामा ४५ हजार वढी युवाहरू रोजगारीमा खाडी गएका छन, खाडीवाट प्राप्त विप्रेशनलाई आयश्रोतको रूपमा जोडिदा यस्तो परिणाम आएको हुन सक्छ स्थानीय राजनीतिक कार्यकर्ता मोहन परियारले भने । विप्रेशन अस्थायी आयश्रोत भए पनि सर्वेक्षणमा सो आमदानीमा उल्लेख हुदा तथ्यांक त्यस्तो देखिएको हुन सक्छ परियारले भने । युवा जनशक्ति पलायन भएको, खेतियोग्य जमिन वाँझिदै गएको तथा वैकल्पीक आमदानीका संभावना समेत ज्यादै न्यून भएपनि गरिवी दर प्रदेशमै कम देखिनु तथ्यांकिय त्रुटी हुन सक्छ परियारले भने ।
वोर्डवाट सूची प्राप्त भए संगै रोल्पाका अधिकांश स्थानीय तहहरूले विशेष कार्यक्रमको आयोजना गरि गरिव घरधुरी परिचय पत्र समेत वितरण गरिरहेका छन । परिचय पत्रको वारेमा सामान्य असन्तुष्टी वाहेक ठूलो मात्रामा विवाद भने आएको छैन । परिचय पत्रको वारेमा अधिकांशलाई सूचना नभएकाले पनि यस वारे प्रतिकृया नआएको हुन सक्ने वताइएको छ ।
२०७० सालमा गरिव घरपरिवार पहिचान कार्यक्रमका लागि देशभरमा २६ जिल्ला छनौट भएका थिए । सोही वमोजिम विभिन्न सूचकहरूको आधारमा गरिव घरपरिवार पहिचान गरिएको वताइएको छ । संपूर्ण घरपरिवारको तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरि पहिचानका संपूर्ण चरण पार गर्दै मन्त्री परिषदले स्वीकृती गरे पश्चात उक्त सूची सार्वजनिक गरेको वोर्डले जनाएको छ । सूची सार्वजनिक संगै स्थानीय तहहरूले गरिव घरधुरी परिचय पत्र वितरण गरेका हुन ।आर्थिक सामाजिक रूपमा वंचितिकरणमा परेकाहरूलाई लक्षित गरि प्रभावकारी कार्यक्रम संचालन गर्न गरिव घरधुरी पहिचान गरिएको वताइएको छ । गरिव परिचय पत्रका आधारमा सरकारी तथा गैरसरकारी निकायले गरिव लक्षित कार्यक्रम संचालन गर्न परिचय पत्रले सघाउ पु¥याउने अपेक्षा गरेको वताइएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?