ट्रेंडिंग:

>> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो

सरकारसँगै फेरिन्छन भूमि आयोग

निस्सा हातमा, लालपूर्जाको पत्तो छैन
८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

लमही, ८ बैशाख । सुकुम्बासी, अव्यवस्थित, ऐलानी जग्गाको स्थायी पूर्जा दिने नारा जनप्रतिनिधीको निर्वाचन जित्ने प्रमुख हतियार थियो । निर्वाचन भए लगत्तै जनप्रतिनिधिले प्राथकिताकासाथ अव्यवस्थित बसोवासीको जग्गाधनी पूर्जा दिने तयारी पनि थाले । दाङका सबै पालिकाहरूले पहिलो चरणमा अव्यवस्थित, सुकुम्बासीहरूका लागि निस्सा बितरण पनि गरे । तर उक्त निस्सकाले लालपूर्जाको रूप पाउन सकेको छैन ।

दाङमा अधिकांश बस्तीमा सुकुम्बासी र अव्यवस्थित बसोवास रहेको छ । जसका कारण पालिकाहरूले लगत लिनेदेखि निस्सा बितरण गरे लगत्तै स्थानीयहरूमा पुस्तौंदेखिको समस्या समाधान हुने आशा पलाएको थियो । तर संघीय सरकार बदलिएसँगै भूमि आयोगमा असर पुग्दा यहाँका स्थानीयहरूमा लालपूर्जा पाउने आशा हराउने गरेको छ । सरकार परिवर्तनसँगै भूमी आयोग खारेजीले आफूहरूलाई निरासा बनाएको नागरिक समाज दाङका संयोजक निम बहादुर थापा बताउँछन ।

उनले भने, यो राजनीतिक अस्थिरताका कारण भूमि आयोगमा समेत प्रभाव पर्र्नु बिडम्बना हो । अस्थिरताको अत्य नहुँदासम्म जनताका जनजिबिकामा परिवर्तन देख्न सकिने आशा हराउँदै गएको उनले बताए । भूमि आयोगको खारेजी र नयाँ गठनको विषय त्यसको एउटा ज्वलन्त उदाहरण भएको उनको भनाइ छ । राजनीति नियुक्ति हुन्छ सत्ता परिवर्तन भए लगतै सबै नियुक्ति खारेजी हुन्छ । केही काम गरेको हुन्छ । पून अर्को नियुक्ति हुन्छ अनि फेरि सुरुबाट काम गर्न थाल्छ अनि बीच रोकिन्छ उनले भने । दाङमा हालसम्म राष्ट्रिय भूमि आयोग दाङ घोराही– जम्मा– १६१९६ भुमहिनि दलति–१४६१, भूमिहीन सुकुम्बासी–२१६१ अव्यवस्थित बसोवासी– १२५७ रहेका छन् । जिल्ला भूमिआयोग कार्यालय दाङका निवर्तमान अध्यक्ष लेखराज रेग्मिले बताए । यसको संख्या अझै बढन सक्ने उनले बताए । रेग्मीका अनुसार स्रोत साधनको अभावका बाबजुद आफूहरूले जनतामा देखिने गरि तीब्र रूपमा काम गरेको केही वन क्षेत्र बाहेकका केही स्थानको पूर्जा बनाउने सम्म काम भएको बताए । केही कानुनी जटिलता थियो । सुकुम्बासी तथा अव्यबस्थित बस्ती ब्यबस्थापन गर्न बनेको भूमि आयोग पछिल्लो समयामा अन्यौलमा परेको छ । भूमि ऐन र वन ऐन एकापसमा बाँझिदा आयोगलाई काम गर्न सहज नभएको केही ढिलो भएको बताए । दाङमा बर्षौंदेखि नापी नभएको अर्कोतर्फ नेपाल सरकारले निकुञ्ज घोषण गर्नु भन्दा पहिलो देखि सो क्षेत्रमा बसोबास गर्दै आएका अधिकांस बस्ती अस्तिहरू बन कार्यलयको रेकर्डमा वन क्षेत्रमा देखिन्छन । उदाहरणका लागि भालुबाङ एक हो । २०२८ सालदेखि बसोबास भएको बस्ती हो यस्ता बस्ती यस क्षेत्रका धेरै छन्, उनले भने ।

लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ । हालसम्म २ सय २२ भूमिहीन दलित, १ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासी गरि ७ हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीले बताए ।

२ सय १० भूमिहीन दलित, १ हजार २ सय ४९ भूमिहीन सुकुम्बासी र ३ हजार ७ सय ३ अव्यवस्थित बसोबासी गरि ५ हजार ७ सय ३ वटा निवेदन विभागको प्रणालीमा सुचिकृत भैसकेका छन् । नगरपालिकाको सबै वडाहरूमा नाप नक्साको लागि १ सय ९० वटा नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा १ हजार ६९ विगाह ४ कट्ठा १७ धुर (७२४.१६ हेक्टर ) जग्गा नापजाँच गरिएको छ ।

त्यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाहरूको नक्सा बनाउने कार्य सम्पन्न भएको छ भने ६, ७, ८ र ९ वडाहरूमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सातदिने हकदावीको सूचना प्रकाशनको काम समेत सम्पन्न भएको संयोजक भण्डारीको भनाइ छ ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले देशको राजनीतिक घटनाक्रमका कारण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपुर्जा दिन नसकिएको बताए। ६/६ महिनामा सरकार फेरबदल हुँदा हामीलाई पनि काम गर्न सकस छ’– उनले भने । यो पटक जनताले धेरै आशा गरेका थिए जग्गाको लालपूर्जा पाउने तर फेरी सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको नगर प्रमुख चौधरीको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई के गर्दा छिटो छरितो जग्गाको लालपुर्जा दिन सकिन्छ भन्नेबारे आफू गम्भीर रहेको बताइन । उनले समयमै जग्गा दिन सकियो भने कृषि उत्पादनमा सघाउ पुग्ने गरि अन्य कार्यक्रम ल्याउन सकिने नगर उपप्रमुख योगीको भनाई छ । हामीहरूले स्थानीय पालिकाबाट गर्नु पर्ने सबै कामहरू क्रमश गर्दै गैरहेका छौं तर केन्द्रीय राजनीतिले गर्दा समस्या उत्पन्न भएको छ’– नगर उपप्रमुख योगीले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?