ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

शिवनगर सामुदायिक वन द्वारा नन्दिनी गौशालामा गौआहार हस्तान्तरण

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

बुटवल, चैत २१ । बुटवलस्थित शिवनगर सामुदायिक वन उपभोक्ता समूहले नन्दिनी गौशालामा गौआहार हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी गौशालामा संरक्षण गरीएका गाईगोरुका लागि आबश्यक दाना, नुन लगायतका गौआहार हस्तान्तरण गरीएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरू भएको बताए । बजार क्षेत्रबाट करीब ७ सय गाईगोरू गौशालामा ल्याइसकिएको बताउँदै उनले यो अभियानलाई निरन्तरता दिने बताए ।

पूर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएकाले चारै तर्फबाट आएका चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटनासमेत बढेकाले अब नियमित रुपमै छाडा चौपायाको व्यवस्थापनमा उपमहानगरपालिका जुटेको नगर प्रमुख पाण्डेयको भनाई थियो ।

गौशालामा अहिले एउटा मात्रै सेड रहेकाले थप दुई वटा सेड निर्माणका लागि तत्काल काम सुरु हुने उनले बताए । छाडा चौपाया व्यवस्थापनका लागि उपमहानगरको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकोले छिमेकी पालिकाहरूसँग पनि समन्वय गरीने उनले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपायाको दीर्घकालीन व्यवस्थापन थालिएको बताइन् । गौशालालाई व्यवस्थित ढंगले सञ्चालन गर्न यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन् ।

शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचनले बुटवल उपमहानगरपालिकाले सुरु गरेको अभियानमा सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए । गौशालाको दीर्घकालीन सञ्चालनका लागि तत्कालीन नगरप्रमुख शिवराज सुवेदीको योजना अनुसार काम सुरु भएको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिनुपर्ने बताए ।

सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको उनको भनाई थियो । यस्तै वनका सचिव श्यामकला आचार्यले कृषकहरूले दूध दिउन्जेल पाल्ने, त्यसपछि सडकमा छाडिदिँदा सडकमा बर्सेनि गाईंको संख्या बढ्ने गरेको बताइन् ।

कार्यक्रममा शिवनगर सामुदायिक वनका उपाध्यक्ष दिपेन्द्र पराजुली, सहसचिव शिव अधिकारी, कोषाध्यक्ष रविन केसी, पूर्व अध्यक्ष उमाकान्त बस्याल, बुटवल उपमहानगरपालिका ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नं ९ का अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, वडा नं २ का अध्यक्ष सुनिल शाक्य, कार्यपालिका सदस्य राधा पौडेल, वसन्ती वि।क लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन वनका सचिव श्यामकला आचार्यले गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?