ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

(सम्पादकीय) नाग पञ्चमीको महत्व

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

हिन्दु संस्कारमा गरिने एउटा कर्म नाग पूजा हो । साउन महिनाको शुक्ल पञ्चमीका दिन यो पूजा सम्पन्न गरिन्छ । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छ । प्रकृतिमा यसको अहम् महत्व छ भनेर पूजाको माध्यमबाट सबैमा जानकारी गराउँछ । बैज्ञानिकहरूका अनुसार सर्पले बायुमण्डलमा रहेको बिषालु हावा सेवन गर्छ र मानिस लगायतका प्राणीलाई विषाक्त हुने अवस्थाबाट जोगाउँछ । सर्प घर्षने जनावर हो । गर्मी, बर्षायाम यसको लागि उर्बरक समय हो । सन्तानोत्पादन गर्ने, आफ्नो र सन्तानको पालन पोषण गर्ने क्रममा यसले आहारको खोजी गर्छ । मानिसको सन्निकटमा पनि आइपुगेको हुन्छ । सर्प अनेक प्रजातिका हुन्छन् । कोही विषालु हुन्छन् । कोही सामान्य हुन्छन् । कोही सादा रूप र आकारका हुन्छन् कोही ठूलो, खालका रंगी बिरंगी पनि हुन्छन् । मानिसले सबै प्रजातिका सर्पहरू पहिचान गर्न सक्तैन । यसरी उसको निकटमा देखापर्ने असामान्य सर्पहरूलाई नागको संज्ञा दिने गर्दै आएको छ । नागहरू घरमा नआउन् भनेर नागहरू बस्ने खालको स्थानमा गोबरको कुण्ड बनाई दुध राखिदिने, धुवाँआउने गरी धूप बालिदिने गर्दछ । धूपको पिरो गन्धले गर्दा नागहरू स्थान छाडेर टाढा गएर बस्दछन् । आफ्नो नजिक नआउन् भनेर नै त्यो तरिका अपनाइएको हो ।
साउनको शुक्ल पञ्चमी देखि मौसममा केही परिवर्तन आउन थाल्छ । वायुमण्डलमा चीसोपन बढ्छ । शित पर्न थाल्छ । खेतमा धान फूल्न शुरु हुन्छ । बारीमा मकै खानेलायक हुन्छ । त्यो अर्थमा पनि मानिसले विभिन्न पर्बहरूको मिति तोक्ने गरेको छ । पौराणिक कालबाटै यसरी विभिन्न तिथि मितिहरूको आयोजना गरिएको थियो । त्यसको पहिलो कडी नागपञ्चमी हो । रात बिरात हिँड्दा हामीलाई नटोक्नु भनेर मानिसले सर्पलाई पूजा गरेर आफ्नो मनोभाव प्रकट गर्छ । पौराणिक समयमा मानिसले आवश्यकता जति उज्यालो सुमर्न पाउँथेन । टर्च लाइटहरूको उत्पत्ति भएको थिएन । सल्लाको दियालोको उज्यालो बाल्नुपथ्र्यो । मट्टीतेलको अभाव थियो । दिनमा सूर्य र रातमा चन्द्रमाको प्रकाश नै उज्यालोको सहारा थियो । यस्तोबेला शत्रुवर्गका किट पतंगहरूसँग पनि क्षमा मागेर गुजारा चलाउनु पर्ने बाध्यता थियो । नागपञ्चमीमा जुन पूजा गर्ने चलन बसालियो त्यो एकखालको क्षमा याचना नै थियो । सर्पले टोकिहाल्यो भने पनि क्षमा याचना त गरिएको हो, तर, कमी कमजोरी भएछ भनेर मानिसले आफ्नो चित्त बुझाएका हुन्थे । अहिलेजस्तो एण्टीस्नेक भ्याक्सिन बनेको थिएन ।
नागलाई पूज्ने अर्को कारण पनि छ । त्यो भनेको शक्तिको पूजा हो । पौराणिक कालमा विभिन्न ठाउँलाई लोकको रूपमा विभाजन गरिएको थियो । इन्द्र नामका राजा बस्ने इन्द्रलोक, त्यसै गरेर विष्णुलोक, शिबलोक, ब्रह्मलोक, यमलोक आदि एकखालका राज्यहरू विभाजन गरिएका थिए । तिनैमध्येको एउटा नागलोक पनि हो । नागलोकमा राज्य गर्नेले नाग वा सर्पलाई आफ्नो राज्यको प्रतीक वा झण्डा चिन्ह कायम गरेका थिए । जसलाई हामीले राष्ट्रिय झण्डा पनि भन्ने गर्छौँ । नागलोकमा बस्ने राजा शक्तिशाली भएपछि राज्य बिस्तार गर्ने क्रममा अन्य राज्यमा आक्रमण गर्न थाले । कैयौँ बस्तीहरूमा जित हासिल पनि गरे । त्योबेला उनीहरूले पराजितहरूलाई अब देखि हाम्रो प्रतीक नै तिमीहरूको पनि प्रतीक कायम हुन्छ, यसलाई ढोकामाथि सबैले टाँग्नुपर्छ भनेर आफ्नो झण्डा टाँग्न लगाए । त्यो नागपञ्चमीको दिन परेको थियो । यसरी हेर्दा तत्कालीन अवस्थाको नागलोकको झण्डा हामीले टाँग्दै आउने क्रममा नागपञ्चमी मनाउन थालिएको हो भन्ने पनि बुझ्नु पर्ने हुन्छ । यद्यपि यी सबैका पछाडि पर्याप्त ऐतिहासिक कारणहरू भने छैनन् । तर, एउटा सत्य के हो भने मानिसले हरेक जीबलाई मित्र शक्तिको रूपमा मान्दै आएको छ । काग, कुकुर, गाई, गोरु, सर्प, बराह, मेष, बृष, कर्कट, सिंह सबैलाई मानिसले सहयोगीको रूपमा लिने गरेको छ । प्रकृतिका हरेक उत्पादनहरू यो वा त्यो रूपमा सहयोगी सिद्ध हुन्छन् र तिनको जगेर्ना गर्नुपर्छ, संरक्षण गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?