© २०२३
मंगलबार रातिको अविरल वर्षाका कारण पहिरोमा पुरिएर एकजना वेपत्ता भएका छन्। जिल्लाकै अति दुर्गम क्षेत्रमा पर्ने गौमुखी गाउँपालिका-४ पुँजा जाडगाउँका अन्दाजी ३२ वर्षीय झक बहादुर सुनार वेपत्ता भएका हुन्।पूँजा लिवासेबाट गएको प्रहरी टोलीले उनको खोजी कार्य जारी राखेको प्यूठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। पहिरोले तीनवटा घर बगाएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए। जाडगाउँका स्थानीय देवबहादुर सुनार, रेशम सुनार र रेकम सुनारको घर पहिरोले बगाएको हो।घर बगाएपछि परिवार विचल्लीमा परेका छन्। पहिरोकै जोखिममा रहेका घरहरु बगाएको गिरीले बताए। मंगलबार रातिदेखि जिल्लामा भारी वर्षा भएको छ। झिमरुक खोलाको बहाव समेत बढेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी